Dictionary

All Word

55151 पाश्चात्य वि. २. पछिल्लो पछिल्तिर परेको।
55152 पाश्चात्य वि. ३. पश्चिम दिशातिर रहने।
55153 पाश्चात्य वि. ४. पश्चिमी महादेश (युरोप र अमेरिका ) अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने।
55154 पाश्चात्य कला ना. युरोप, अमेरिका आदि महादेशमा विकसित भएको कला।
55155 पाश्चात्य दर्शन ना. पश्चिमी मुलुकका दार्शनिकहरूबाट अँगालिएको दर्शन।
55156 पाश्चात्य देश / मुलुक ना. युरोप वा अमेरिकाको कुनै देश।
55157 पाश्चात्य सभ्यता ना. पश्चिमेली सभ्यता।
55158 पाश्चात्य साहित्य ना. युरोप, अमेरिका आदिमा विकसित भएको साहित्य।
55159 पाश्चात्यीकरण ना. पूर्वीय देश वा त्यहाँका निवासी उपर क्राइस्टेली बिसौं शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव।
55160 पाश्चात्यीकरण ना. २. त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया- प्रक्रिया।
55161 पाषण्ड ना. पाखण्डी।
55162 पाषण्डी ना. / वि हे. पाखण्ड।
55163 पाषाण ना. ढुड्गो; पत्थर, शिला।
55164 पाषाण तह ना. पृथ्वीमा वा त्यसको भित्र रहेका ढुङ्गाहरूको तह।
55165 पाषाणदारक ना. छिनो।
55166 पाषाण भेद ना. बाटुला किसिमका ठुलठुला पात हुने सेता वा राता फूल फुल्ने एक जातको बुटी।
55167 पाषाण भेद ना. २. त्यसैको कन्द वा जरो।
55168 पाषाण भेद ना. (यसका चार किसिम छन्।
55169 पाषाण भेद ना. आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ्र, पत्थरी आदि रोगलाई नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ।
55170 पाषाण भेद ना. ३. एक स्वादिष्ठ फल, पाखनबे।
55171 पाषाण युग ना. झन्डै पाँच लाख वर्षपूर्वका आग्नेय मानवको पालादेखि आरम्भ भएको ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्ने एक आदिम युग मानिसहरूले धातु पत्ता लाउनुभन्दा पहिलेको युग; ताम्रयुगभन्दा पहिलेको युग।
55172 पाषाण युग ना. २. निम्नपुरापाषाण, मध्यपुरापाषाण, अपरपुरापाषाण, मध्यपाषाण र नवपाषाणको साझे नाम।
55173 पाषाण रोग ना. मूत्राशय, मिर्गौला, पित्तथैली आदिमा पत्थर जम्ने रोग; पत्थरी।
55174 पाषाणवत् वि. ढुङ्गाजस्तो।
55175 पाषाणवत् वि. २. जड।
55176 पाषाणवत् वि. ३. मूर्ख।
55177 पाषाणवत् वि. ४. मरेको।
55178 पाषाणवत् वि. ५. बेहोस।
55179 पाषाणवत् वि. ६. निश्चल।
55180 पाषाण हृदय वि. पत्थरजस्तो कठोर हृदय भएको, निष्ठुर, निर्दयी, निर्माया, निर्मोही।
55181 पास ना. यो. नजिक, नेर, निकट, निर।
55182 पास ना. यो. २. साथ सँग , सि।
55183 पास ना. यो. ना / क्रि.वि. ३. निकट, नजिक।
55184 पास ना. हे. पाश।
55185 पास ना. परीक्षा वा अन्य कुनै जाँचमा उत्तीर्ण हुने प्रक्रिया; सफलता (चार पास, छ पास )।
55186 पास ना. २. पार हुने वा छिर्ने काम।
55187 पास ना. ३. प्रतिबन्ध लागेका ठाउँमा विनारोकटोक जानका निम्ति दिइने टिकट।
55188 पास ना. वि. ४. निपुण, दक्ष, सिपालु।
55189 पास ना. ५. स्वीकृत, मन्जुर पारि।
55190 पासपोर्ट ना. विदेशमा जानका निम्ति आफ्नो सरकारले दिने अनुमतिपत्र, राहदानी।
55191 पास फेल ना. परीक्षामा होइने सफलता असफलता।
55192 पास फेल ना. वि. २. पास वा फेल भएको, उत्तीर्णानुत्तीर्ण।
55193 पास बुक ना. ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याकले रुपियाँको हरहिसाब लेखिदिने पुस्तिका, समर्थनपुस्तिका।
55194 पास४ भन्ज्याङ (खैवर पास, नाथुला पास)।
55195 पासलपुसल/पासलीपोसली ना. नेपालमा चलेको एक प्रकारको बालखेल।
55196 पास हुवाइ अ.क्रि. छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया।
55197 पास हुवाइ अ.क्रि. २. कुनै सभा, बैठक आदि गरिएका प्रस्तावहरू पारित हुने क्रियाप्रक्रिया।
55198 पास हुवाइ अ.क्रि. ३ एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पारहुवाई।
55199 पासा ना. पच्चिस खेलमा झैं थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल।
55200 पासा ना. २. सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को।