Dictionary

All Word

55851 पीठ ना. ७. विद्यार्थीहरूले पढ्ने ठाउँ।
55852 पीठ ना. ८. देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु।
55853 पीठक ना. बस्ने आसन (चौकी, चकटी, पिर्का इ.)।
55854 पीठ मर्द ना. संस्कृत साहित्यशास्त्रअनुसार आफ्ना कुराका चातुर्यले नायिकाको मानभङ्ग गर्न जान्ने नायकको मित्र।
55855 पीठ मर्द ना. २. नटीलाई नाच सिकाउने उस्ताद।
55856 पीठ मर्द ना. ३. लामो प्रासङ्गिक कथाको नायक, पताकाको नायक, मुख्य नायकभन्दा गुणमा केही कम भएको उपनायक।
55857 पीठस्थविर ना. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदि संस्थाको छात्रसम्बन्धी विवरण तथा अन्य कागतपत्र राख्ने र तिनीहरूको शिक्षादीक्षाको राम्रो प्रबन्ध गर्ने प्रमुख (वृद्ध) पदाधिकारी, कुलसचिव, रजिष्ट्रार।
55858 पीठाध्यक्ष ना. राजाका आसनहरूको बन्दोबस्त गर्ने व्यक्ति।
55859 पीठासीन वि. अध्यक्षको आसनमा बसेको; पीठमा बसेको (व्यक्ति)।
55860 पीठासीन वि. २. गद्दीमा बसेको (व्यक्ति)।
55861 पीठिका ना. पिरा, पिर्का।
55862 पीठिका ना. २. कथा आदिका पुस्तकहरूको परिच्छेद, अध्याय (पूर्वपीठिका, उत्तरपीठिका इ.)।
55863 पीठिका ना. ३. देवमूर्ति कुनै खम्बाको आधार।
55864 पीठो ना. हे. पिठो।
55865 पीडक वि. अरूलाई वा स्वयम्‌लाई कष्ट पुऱ्याउने वा दुःख दिने; पीडा पुयाउने।
55866 पीडक वि. ना. २. पीडा दिने व्यक्ति।
55867 पीडक वि. प.स. ३. धेरैजसो अरू शब्दका पछाडि आउने र पीडा दिने' भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- आत्मपीडक, परपीडक इ.)।
55868 पीड़न ना. पीडा वा दुःख दिने क्रिया वा काम; सताउने क्रिया वा काम पिरोलाइ।
55869 पीड़न ना. २. अन्याय, अत्याचार।
55870 पीड़न ना. ३. कुनै व्यक्ति वा वस्तुलाई थिच्ने काम, पेल्ने काम।
55871 पीड़न ना. ४. अँठ्याउने काम।
55872 पीडा ना. शरीरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा सचेत व्यक्तिका मनमा हुने दुःखको अनुभूति; शारीरिक वा मानसिक दुःखको अनुभव, वेदना; व्यथा; तकलिफ कष्ट।
55873 पीडा ना. २. रोग; व्याधि।
55874 पीडा ना. ३. बाधा; अडकाउ।
55875 पीडाकर/ जनक वि. शारीरिक वा मानसिक दुःख दिने, पीडा दिने, कष्टप्रद।
55876 पीडाल्पक वि. दुःख कम गराउने (औषधीविशेषः सिडेटिन, पेनकिलर आदि)।
55877 पीडित वि. दुःख दिइएको वा दुःख पाएको, सताइएको।
55878 पीडित वि. \ २. दबाइएको, थिचिएको।
55879 पीडित वि. ३. सिकिस्त पारिएको।
55880 पीढी ना. हे. पिंढी।
55881 पीत वि. पहेँलो।
55882 पीत वि. २. पिइएको, पान गरिएको।
55883 पीत वि. ना. ३. पहेँलो रङ।
55884 पीतकण ना. वनस्पतिमा हुने पहेँलो रञ्जक वस्तु।
55885 पीतचन्दन ना. चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड।
55886 पीतचन्दन ना. २. चन्दनका रूपमा लगाइने माटो, गोपीचन्दन, रामतिलक।
55887 पीतमणि ना. हे. पुष्पराज।
55888 पीतमूली ना. पदमचाल्नु (बुटी)।
55889 पीतल ना. हे. पित्तल।
55890 पीतलीय वि. पित्तलको; पित्तलको जस्तो; पहेँलो।
55891 पीतले वि. हे. पित्तले।
55892 पीताम्बर ना. पूजापाठ आदि गर्दा लगाइने रेसम वा पाटको धोती।
55893 पीताम्बर ना. २. पहेँलो वस्त्र।
55894 पीताम्बर ना. 3 पहेँलो वस्त्र धारण गर्ने विष्णु।
55895 पीताम्बर ना. ४. पहेँलो फुल्ने एक प्रकारको फूल।
55896 पीताम्बर ना. वि. ५. पहेँलो वस्त्र लगाउने वा पहेँलो वस्त्र भएको।
55897 पीन वि. मोटो जिउ भएको, मोटो, स्थूल, स्थूलकाय।
55898 पीन वि. २. पुष्ट।
55899 पीन वि. ३. ठुलो, विशाल, भीम।
55900 पीप ना. हे. पिप।