Dictionary

All Word

56001 पुगाउनु स.क्रि. / प्रे. क्रि. पुग्ने पार्नु वा पार्न लगाउनु, पुऱ्याउनु।
56002 पुगीसरी ना. धनसम्पत्ति, सुखसुबिस्ता साधन आदिको पर्याप्तता; छेलोखेलो; समृद्धि।
56003 पुगेसपुगेस वि. नाममात्रले पुग्ने वा पुग्यो भन्न मात्र सुहाउने, पर्याप्त मात्रामा नपुगेको, अल्प मात्रामा मात्र पुगेको वा पुग्ने।
56004 पुगेसपुगेस वि. ना. २. नपुग्ला कि भन्ने भय।
56005 पुङ ना. जाँड, रक्सी आदि राख्ने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो, पुङवाङ, पुङमाङ।
56006 पुङ ना. २. ठेकी, ढुङ्ग्रो, भाँडो आदिको मुख।
56007 पुङ ना. ३. प्राणी वा भाँडा आदिको सिरानतिरको भाग।
56008 पुङ न पुच्छर टु सिरानदेखि पुछारसम्म केही न केहीको स्थिति।
56009 पुङ न पुच्छर टु २. कुनै उक्ति वा कथनको निरर्थकता, फेदटुप्पो केही नहुनाको अवस्था।
56010 पुङमाङ ना. मुख र पिंध खुला भएको ढुङ्ग्रोजस्तो भाँडो, दुवैपट्टि खुला भएको ढुङ्ग्रो।
56011 पुङमाङ ना. वि. २. बेकामको रद्दी, बेकम्मा।
56012 पुङमाङ ना. ३. मूर्ख, हुस्सु, पुङवाङ।
56013 पुङमाडे वि. सिद्धान्त नभएको र बेकामे (मानिस); पुङमाङ।
56014 पुङ्गव ना. कुनै जाति, वर्ग वा समुदायलाई बुझाउने शब्दका पछिल्तिर लागी त्यस जाति, वर्ग वा समुदायमा श्रेष्ठ भन्ने अर्थ बुझाउने शब्द (जस्तो- नरपुङ्गव, ऋषिपुङ्गव, वीरपुङ्गव इ.)।
56015 पुङ्गव ना. २. कुनै जाति, वर्ग वा समुदायमा श्रेष्ठ व्यक्ति।
56016 पुच्च क्रि.वि. . मुख खोकल्दा ओठले पानी फालेर, कुलकुल गरी थुकेर।
56017 पुच्च क्रि.वि. २. प्रेम जनाउँदा दुवै ओठ चोसे पारेर, म्वाइँ खाएको जस्तो आवाज निकालेर।
56018 पुच्छ ना. पुच्छर।
56019 पुच्छकपि ना. अफ्रिकामा पाइने एक प्रकारको पुच्छे वानर।
56020 पुच्छकपि ना. २. कुनै पनि पुच्छ्रे बाँदर।
56021 पुच्छकपि अनुगण ना. कपि वा श्वकपि र त्यस्तै प्रकारका वानरको सामूहिक नाम।
56022 पुच्छर ना. पशु, पक्षी वा किराहरूका शरीरको पछिल्लो भागबाट निस्केको लामो अवयव, कुनै वस्तुको पछिल्लो भाग, पुच्छ।
56023 पुच्छर ना. वि. २. अर्काको पछि लाग्ने, पछौटे।
56024 पुच्छे वि. पुच्छर भएको, पुच्छर हुने।
56025 पुच्छे वि. २. कुनै कागतको पुछारमा गरिने वा लगाइने ( हस्ताक्षर वा छाप )।
56026 पुच्छे वि. ३. पुछारको खुरे (पुच्छे टिपोट : खुरे टिपोट )।
56027 पुच्छे वि. ना. ४. गोठालो।
56028 पुच्छे वि. ५. अनुचर।
56029 पुच्छ्रे टिपोट ना. पाद-टिप्पणी, खुरे टिपोट।
56030 पुच्छ्रे तारो ना. रातमा कहिलेकाहीँ आकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो, उल्का धूमकेतु।
56031 पुच्छ्रे तारो ना. (यो देखिनु अनिष्टकारी मानिन्छ )।
56032 पुच्छे भाग ना. गाई-भैंसी आदि चौपाया बिक्री गर्दा गोठालो लाग्ने केटाकेटी वा गोठालोलाई दिइने मोहररुपियाँको दस्तुर।
56033 पुच्छे सही ना. कुनै कागजको पुछारमा गरिने हस्ताक्षर वा लगाइने छाप।
56034 पुच्छ्यौली ना. कुनै ग्रन्थ वा रचना आदिको पछिल्लो अंश, परिशिष्ट अवशेष।
56035 पुछ्नु स.क्रि शारीरिक अङ्ग वा कुनै वस्तुमा लागेको मयल वा दाग हटाउनु, मेट्नु, सफा गर्नु।
56036 पुछ ना. कुनै कुरा सोध्ने काम, सोधपुछ पूछनी।
56037 पुछ ना. २. खबर।
56038 पुछ ना. ३. वास्ता।
56039 पुछताछ ना. कुनै कुरा सोधपुछ गर्ने काम, सोधखोज।
56040 पुछपाछन ना. पुछपाछ गर्ने काम, पुछपाछ।
56041 पुछनी ना. कुनै कुरा सोधपुछ गर्ने काम, सोध्ने काम, प्रश्न, सोधी।
56042 पुछनी ना. २. पुछाइ सफाइ।
56043 पुछपाछ ना. शारीरिक अङ्ग वा कुनै वस्तुलाई सफा पार्ने काम, चिसो कपडा, कागत आदि दलेर कुनै वस्तुलाई सफा गर्ने काम।
56044 पुछाइ ना. पुछ्ने भाव, क्रिया वा प्रक्रिया।
56045 पुछाइनु क.क्रि. . पुछ्न लाइन मेटाइनु।
56046 पुछाउनी ना. कसैको कुनै हानिनोक्सानी हुँदा आँसु पुछाउन वा सन्तुष्ट गराउनका निम्ति दिइने वस्तु, पुछौनी।
56047 पुछाउनी ना. २ पुछ्ने वा मेट्ने साधन।
56048 पुछाउनी ना. ३. प्रश्न गरेबापत दिनुपर्ने दस्तुर, उत्तरशुल्क।
56049 पुछाउनु प्रे.क्रि. पुछ्न वा मेट्न लगाउनु।
56050 पुछार ना. कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग, पछाडिको अंश अन्तिम भाग।