Dictionary

All Word

56051 पुछार ना. २. अन्तिम स्थान, आखिरी ठाउँ।
56052 पुछार ना. ३. पहाड, वृक्ष आदिको फेदी।
56053 पुछारी ना. कुरा सोधपुछ गर्ने काम, सोध्ने काम; प्रश्न।
56054 पुछारी ना. २. कुनै कुराका सम्बन्धमा चासो राख्ने काम, वास्ता प्रयोजन; खोजी, पुछनी।
56055 पुछिनु क.क्रि. पुछ्ने काम गरिनु।
56056 पुछिनु क.क्रि. २. सोधिनु।
56057 पुछिनु क.क्रि. अ.क्रि. ३. मेटिनु, सफा हुनु।
56058 पुछुवा ना. कुनै वस्तु पुछी सफा गर्ने वा पुछ्ने साधन रुमाल।
56059 पुछुवा ना. वि. २. पुछ्ने, पुछेर साफ गर्ने (व्यक्ति वा साधन)।
56060 पुछौनी ना. हे पुछाउनी।
56061 पुज्नु स.क्रि. देव-देवी, पितृ आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाउनु, श्रद्धा-भक्तिपूर्वक पूजा गर्नु, अर्चना गर्नु।
56062 पुज्नु स.क्रि. २. मान्य वा आदरणीय जनको मान गर्नु, सत्कार गर्नु, आदर गर्नु।
56063 पुजाइ ना. पुज्ने भाव, क्रिया वा प्रक्रिया।
56064 पुजाइनु क.क्रि. पुज्न लाइन, पूजा गर्न लाइनु।
56065 पुजाउनु प्रे.क्रि. पूजा गर्न लाउनु, पूजा गराउनु।
56066 पुजारी ना. देवताको पूजाआजा गर्ने व्यक्ति।
56067 पुजारी ना. २. जागिर वा देवस्वको आम्दानी खाएर जीवनयापनका निम्ति देवताको पूजा गर्ने व्यक्ति।
56068 पुजिनु क.क्रि. पुज्ने काम गरिनु, पूजा गरिनु।
56069 पुञ्ज ना. वस्तुहरूको समूह, थुप्रो, रास।
56070 पुञ्जित वि. रास लागेको, थुप्रिएको; सम्मिलि।
56071 पुञ्जी ना. पुञ्ज।
56072 पुञ्जी ना. २. पुँजी।
56073 पुञ्जीभूत वि. थुप्रिएको, पुञ्ज बनेको।
56074 पुट ू ना. एउटा कुरालाई महत्त्व वा पुष्टि दिने अर्को भिन्न कुरो।
56075 पुट ू ना. २. कथन आदिको पुष्टि वा सहारा।
56076 पुट ना. आयुर्वेदिक प्रक्रियाअनुसार रसादि औषधी भस्म गर्ने माटाको कचौरा वा हाँडीजस्तो भाँडो।
56077 पुट ना. २. त्यस्तो भाँडामा राखी औषधी भस्म गराउने काम।
56078 पुट ना. ३. कटौरा वा दुनाका आकारको भाँडो।
56079 पुट ना. ४. दुनु।
56080 पुट ना. ५. अँजुली।
56081 पुट ना. ६. कोसा।
56082 पुट ना. ७. दाप।
56083 पुट ना. ८. खोल।
56084 पुटपाक ना. औषधीलाई जामुनु, बर आदिका पातले बेरी गिलो माटोले पोतेर डल्लो पारी डढाएर भस्म पार्ने प्रक्रिया।
56085 पुटपाक ना. २. माटाको सानो पालाभित्र औषधी राखी माथिबाट पालैले छोपी दुइटा पालाको जोर्नीमा माटो पोती बन्द गरेर पोल्ने क्रिया।
56086 पुटपाक ना. ३. त्यस्तो प्रक्रियाबाट तयार पारिएको औषधी।
56087 पुटपुट क्रि.वि. पुट्ट भाँचिरहने गरी।
56088 पुटपुट क्रि.वि. २. पुट्ट मोटाइरहने गरी।
56089 पुटपुटती क्रि.वि. पुटपुट, पुटुपुटु।
56090 पुटपुटाइ ना. पुट्ट भाँचिरहने वा फुलिरहने क्रियाप्रक्रिया।
56091 पुटपुटाउँदो वि. पुट्ट भाँचिरहने वा फुलिरहने।
56092 पुटिका ना. औषधी आदिको पुरिया।
56093 पुटिका ना. २. सानो पोको।
56094 पुटिका ना. ३. पुटुक्क परेको कुनै गाँठो।
56095 पुटिका ना. ४. जन्मोत्सवमा बाँधिने त्यस्तो ग्रन्थि।
56096 पुटित वि. दुवै तर्फबाट बन्द गरिएको।
56097 पुटित वि. २. पुटपाक गरिएको।
56098 पुटित वि. ३. अघि र पछि कुनै मन्त्र पढेर आदिदेखि अन्तसम्म पाठ गरिएको (चण्डी आदि )।
56099 पुटिन ना. खापामा ऐना अड्याउन वा प्वालहरू टानका निम्ति सिकर्मीहरूले प्रयोग गर्ने लेदो मसला, पुल्टिन।
56100 पुटी ना. सानो दुनु।