Dictionary

All Word

55901 पीपल ना. हे. पिपल।
55902 पीपलु ना. हे. पिपलु।
55903 पीयूष ना. सुधा, अमृ।
55904 पीयूष ना. २ बिहाएको सात दिनभित्रको गाईको दुध, सात दिनभित्रको लैनु गाईको बिगौते दुध।
55905 पीर ना. हे. पिर।
55906 पीरो ना. हे. पिरो।
55907 पीलु ना. साधारणतः पात, फल, फूल ओखरका जस्तै हुने विशेष प्रकारको ओखर, दाँते ओखर।
55908 पीवर वि. पीन, मोटो, विशालकाय, बडेमाको।
55909 पुं वि.बो. शङ्ख वा त्यस्तै किसिमले फुकेर बज्ने बाजा बजाउँदा शब्द आउने किसिम।
55910 पुं ना. पानी आदि पेय पदार्थलाई वा पिउने क्रियालाई बुझाउने शब्द।
55911 पुं ना. २. बालबोलीमा पानी खाने क्रिया।
55912 पुं ना. 3. पानी आदि पेय पदार्।
55913 पुंगीफल ना. पूगीफल ] सुपारी, सुपाडी।
55914 पुँजी ना. कुनै व्यक्ति वा संस्थाको जीवननिर्वाहको आवश्यकताबाट जोगिएको धन, जीवन धान्नका लागि खर्च गरेर उब्रिएको धन सञ्चित धन बचत धन।
55915 पुँजी ना. २. उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन, व्यापार, उद्योग आदिको साउँ।
55916 पुँजी ना. ३ रुपियाँपैसा, सुनचाँदी, नगद, सम्पत्ति।
55917 पुँजी ना. ४. धन।
55918 पुँजीगत वि. पुँजीका रूपमा परिणत भएको, धनका रूपमा बदलिएको।
55919 पुँजीगत वि. २. पुँजीसम्बन्धी।
55920 पुँजीगत व्यय ना. पछि प्रतिफलका रूपमा लाभ दिने रेल, नहर, बिजुली, कलकारखानाजस्ता व्यवसायको निर्माणमा गरिने खर्च, उन्नति वा धनोपार्जनका लागि तत्काल गरिने व्यय।
55921 पुँजीपति ना. कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति, उद्योगपति।
55922 पुँजीपति ना. २. पर्याप्त पुँजी भएको व्यक्ति धनी व्यक्ति।
55923 पुँजीपति ना. वि. ३. धनी।
55924 पुँजी परिचालन ना. उचित वा लाभप्रद किसिमले गरिएको पुँजीको परिचालन कुशलतापूर्वक गरिएको सम्पत्तिको विनियोजन।
55925 पुँजी लगानी ना. पुँजीलाई उद्योग, व्यवसाय आदिमा लगाउने काम, पूँजीको विनियोजन।
55926 पुँजीवाद ना. कार्लमार्क्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था, उत्पादनमा भूमि, श्रम आदिका अपेक्षा पुँजीकै सर्वोपरि भूमिका मान्ने आर्थिक व्यवस्था।
55927 पुँजीवादी वि. पुँजीवादमा विश्वास गर्ने, पुँजीवादको समर्थक।
55928 पुंडे वि. सबै आङ एक रङको र निधारदेखि थुतुनोसम्म अर्को रङको पुँडो भएको (गाईबस्तु)।
55929 पुंडो ना. गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो।
55930 पुंडो / ढो ना. यो. उता; त्यता; पर।
55931 पुंडो / ढो ना. यो. (उदा.- घरपुंडो एउटा रुख छ)।
55932 पुंडो / ढो ना. यो. क्रि.वि. २. परतिर टाढा (उदा.- धेरै पुंडो जाऊ, नजिकै बस )।
55933 पुँपैं ना. बालबोलीमा मोटरलाई बुझाउने शब्द, मोटर।
55934 पुंरत्न ना. पुरुषरत्न श्रेष्ठ वा उत्तम पुरुष।
55935 पुंलिङ्ग ना. पुरुषको पुंसत्वको चिह्न, पुरुषको जननेन्द्रिय।
55936 पुंलिङ्ग ना. २. व्याकरणमा भाले वा पुरुष जातिलाई बुझाउने तत्त्व।
55937 पुंश्चिह्न ना. पुरुषको चिह्न।
55938 पुंश्चिह्न ना. २. पुरुषको जननेन्द्रिय।
55939 पुंसत्व ना. . पुरुषत्व, मर्दपना।
55940 पुंसत्व ना. २. वीरता, बहादुरी, पुरुषार्थ, पराक्रम।
55941 पुंसवत् वि. पुरुष वा भालेजस्तो।
55942 पुंसवत् वि. २. वीर, पराक्रमी, आँटी।
55943 पुंसवन ना. गर्भाधानदेखि लिएर मृत्युपर्यन्त गरिने द्विजातिका षोडश संस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार, गर्भवती स्त्रीले छोरो पाओस् भनी गरिने संस्कार, षोडश संस्कारमध्ये द्वितीय संस्कार।
55944 पुंस्त्व ना. पुरुषको भाव, पुरुषत्व।
55945 पुंस्त्व ना. २. पुरुषको स्त्रीसमागम र सन्तानोत्पत्ति गर्न सक्ने शक्ति।
55946 पुंस्त्व ना. ३. पुरुषको गुण, स्वभाव वा विशेषता।
55947 पुईं / पुइँ ना. अपानवायु चल्दाको मसिनो ध्वनि।
55948 पुइँक्क क्रि.वि. अपानवायु चल्दा तिखो मसिनो आवाज आउने गरी।
55949 पुइँक्याइ ना. पुइँक्याउने क्रिया वा प्रक्रिया।
55950 पुइँक्याइनु क.क्रि. पुइँक्याउने काम गरिनु।