Dictionary

All Word

61501 फुकुन्डो ना. १. शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको।
61502 फुकुन्डो ना. २. स्त्रीजातिको पाठेघर फर्किएर निस्केको भुक्क उठेको अंश।
61503 फुकुन्डो ना. ३. बेलुन।
61504 फुकुवा वि. १. फुक्ने खालको; धेरै खर्च गर्ने; फुकाउरो।
61505 फुकुवा वि. २. बन्धन वा नियन्त्रणबाट मुक्त भएको; छुटकारा पाएको।
61506 फुकुवा पुर्जी ना. कुनै ठाउँमा आवतजावत गर्ने, कुनै कामका विषयमा लेनदेन गर्ने तथा कुनै स्थानविशेषमा हुनुपर्ने तर कारणवश रोकिएका काम - कुरा उपरको बन्देज फुकेको जनाउने पुर्जी।
61507 फुको वि. १. कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे।
61508 फुको वि. २. घिउ-तेल आदि चिल्लो नपरेको पानीले नमुछिएको; सुक्खा; फुस्रो।
61509 फुको वि. ३. सितन, तर्कारी आदि नभएको, निस्तो।
61510 फुकौरो वि. फुकाउरो।
61511 फुक्का वि. १. बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्।
61512 फुक्का वि. २. नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन।
61513 फुक्काफुक्की ना. १. केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द।
61514 फुक्काफुक्की ना. ( जस्तै- धरीचोट खेलमा भनिने काँकरीफुक्की)।
61515 फुक्काफुक्की ना. २. फुक्का।
61516 फुक्को वि. फुक्का।
61517 फुक्लनु अ.क्रि. कुनै वस्तु जोडिएको वा जडिएको ठाउँबाट छुट्टिन; उखेलिनु, फुस्कनु; खुस्कनु।
61518 फुक्लाइ ना. फुक्लने क्रिया वा प्रक्रिया।
61519 फुक्लाइनु क.क्रि. फुक्लने पारिनु।
61520 फुक्लिनु अ.क्रि. उखेलिनु; खुस्किनु।
61521 फुक्लो वि. फुको; निस्तो।
61522 फुङ ना. फुग्गे भोटो, दौरा, चोलो आदिका फेरमा गाँसिने कपडा।
61523 फुङो ना. पेटारो।
61524 फुङ्कार ना. सर्प आदिले वेगले सास छोड्दा निस्कने शब्द; फूत्कार।
61525 फुङ्ग क्रि.वि. १. चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले फुड्ङ।
61526 फुङ्ग क्रि.वि. २. रुख, पात केही नभई खुला भएर।
61527 फुङ्ग क्रि.वि. ३. दङदङती धुलो उड्ने चालमा।
61528 फुङ्गिन/फुङ्गिन वि. १. धनसम्पत्ति सबै उडाएर तन्नम भएको; गरिब; निर्धन।
61529 फुङ्गिन/फुङ्गिन वि. २. फुकाउरो।
61530 फुङ्गिने / फुङ्गिने वि. फुङ्गिन।
61531 फुङ्ङ क्रि.वि. हे. फुङ्ग।
61532 फुचा वि. / ना. हे. फुच्चो।
61533 फुचाफाची / फुची ना. फुच्चा फुच्ची।
61534 फुची ना. फुच्ची।
61535 फुचुना ना. / वि. हे. फुचुनु।
61536 फुचुनाफुचुनी ना. ससाना केटाकेटी; मसिना भुराभुरी।
61537 फुचुनी ना. सानी फुच्ची।
61538 फुचुनु / फुचुनो वि. १. साह्रै सानो र होचो ; फुच्चो।
61539 फुचुनु / फुचुनो वि. ना. २. सानु फुच्चो वा केटो।
61540 फुचे वि. हे. फुच्चो।
61541 फुचो ना. / वि. हे. फुच्चो।
61542 फुच्चा वि. १. सानो दकदको; फुच्चो।
61543 फुच्चा वि. ना. २. सानो बच्चा।
61544 फुच्चाफाच्ची/फुच्ची ना. ससाना केठाकेटी; भुराभुरी।
61545 फुच्ची ना. १. कान्लाका झासभुसमा गुँड लगाउने भँगेराजस्तो एक जातको चरो।
61546 फुच्ची ना. २. सानी केटी वा बच्ची।
61547 फुच्चे वि. हे. फुच्चो।
61548 फुच्चो वि. १. सानो कदको ; होचो।
61549 फुच्चो वि. ना. २. सानो केटो वा बच्चो।
61550 फुच्चो वि. ३. होचो वा पुड्को मान्छे।