Dictionary

All Word

61351 फिर्ती वि. फिर्ता आउने; फर्कने।
61352 फिर्ती चिठी ना. पाउने व्यक्तिको पत्तो नलागेर फेरि पठाउने व्यक्तिकै हातमा फर्किएर आएको चिठी।
61353 फिर्ती चिठी केन्द्र ना. पाउने व्यक्ति वा ठेगानाका गडबडीले टुङ्गो लाग्न नसकेका चिठीपत्रसम्बन्धी काम गर्ने हुलाककार्यालय।
61354 फिर्ती डाँक ना. तत्काल फर्कने डाँक वा चिठीपत्र।
61355 फिर्ती रसिद ना. रजिस्टरी आदि पठाइएको वस्तु सम्बन्धित व्यक्ति वा संस्थाले बुझेको प्रमाणस्वरूप फर्किएर आउने रसिद; पहुँच; प्राप्तिस्वीकार।
61356 फिर्ती सवारी ना. कुनै यात्राबाट फर्किने काम।
61357 फिर्र क्रि.वि. कागत, कपडा, पात आदि हलुको हावामा हल्लने गरी।
61358 फिलखाना ना. हात्ती बाँध्ने ठाउँ; हस्तिशाला; हात्तीसार।
61359 फिलफिल क्रि.वि सानो र पातलो वस्तु हावामा हल्लने गरी।
61360 फिलफिली / फिलफिल्ती क्रि.वि. फिलफिल।
61361 फिलफिले वि. १. हलुको किसिमबाट हल्लने।
61362 फिलफिले वि. २. चिप्लो परेको।
61363 फिलवान ना. माहुते।
61364 फिलाटिलिस्ट वि. १. हुलाक टिकटहरूको सङ्कलन गर्ने; टिकट-सङ्कलक।
61365 फिलाटिलिस्ट वि. ना. २. फिलाटेलीसँग सम्बन्धित व्यक्ति।
61366 फिलाटेलिक ना. हुलाकटिकटको सङ्कलनसम्बन्धी काम; हुलाकटिकटको टिकटहरूको सङ्ग्रह गर्ने क्रिया।
61367 फिलाटेली ना. हुलाकटिकटको सङ्कलन; टिकटसङ्कलन गर्ने काम।
61368 फिलिङ्गी वि. आँखा तथा कपाल कैलो र जिउ गोरो भएकी; कैली, गोरी (स्त्री); मीम।
61369 फिलिङ्गे ना. फिलिङ्गो भएको; फिलुङ्गे।
61370 फिलिङ्गे बाँस ना. एक जातको बाँस।
61371 फिलिङ्गो ना. काठ वा दाउरा बलेको झर्झराउँदो आगो; बल्दो अँगार वा कोइला।
61372 फिलुङ्गे ना. १. हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको कार।
61373 फिलुङ्गे ना. २. कमला र खोक्रा डाँठ हुने, पहेँलो फूल फुल्ने र सयपत्री फूलका जस्ता बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने बाली।
61374 फिलुङ्गे झार ना. फिलुङ्गे।
61375 फिलुङ्गे फूल ना. फिलुङ्गेका जस्ता पातला पत्र भएका फूल फुल्ने एक जातको फूल।
61376 फिलो ना. १. चाकका दुईतिरका चक्का वा मांसपिण्ड।
61377 फिलो ना. २. खुट्टाका पछाडिपट्टि जोर्नीमा रहेका भुक्क उठेका दुईतिरका भाग; पुट्ठा।
61378 फिल्ड ना. १. बालीनाली लगाइने जग्गा; खे।
61379 फिल्ड ना. २. समथर मैदान; चौर।
61380 फिल्ड बुक ना. १. जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका।
61381 फिल्ड बुक ना. २. जग्गाधनी र मोहीले कमाएको जग्गाको विवरण लेखिएको किताब; क्षेत्रीय पुस्तिका।
61382 फिल्ड मार्सल ना. फौजी अतिरथी दर्जा।
61383 फिल्म ना. १. फोटो वा छायाचित्र खिच्न रासायनिक प्रक्रियाले बनाइएको सेलोलाइड आदिको लामो पत्र वा पट्टी।
61384 फिल्म ना. २. उक्त प्रकारको पट्टीमा खिचिएको चित्र वा त्यसैको सहायताले देखाइने चलचित्र।
61385 फिल्म क्यान ना. चलचित्रका रिल राख्ने धातुको डब्बा।
61386 फिस १ ना. १. शिक्षक, डाक्टर, वकिल आदिलाई दिइने पारिश्रमिक।
61387 फिस १ ना. २ विद्यालय, क्याम्पस आदि संस्थालाई अध्ययन गरेबापत बुझाउनुपर्ने शुल्क।
61388 फिस १ ना. ३. कुनै कामका लागि कार्यालयमा लाग्ने रकम; दस्तुर।
61389 फिस २ वि. १. अति तुच्छ; फुस्सा।
61390 फिस २ वि. २. ज्यादै थोरै; पितिक्क।
61391 फिसफिस क्रि.वि. १. कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी।
61392 फिसफिस क्रि.वि. २. ज्यादै फस्को र कमलो भई हलुकोसँग चुँडिने वा खुस्किने किसिमले।
61393 फिसफिसती क्रि.वि. फिसफिस; फिसफिसी।
61394 फिसफिसाउँदो वि. फिसफिस जाने; फिसफिस गर्दो।
61395 फिसफिसी क्रि.वि. फिसफिस।
61396 फिसफिसे वि. फिस्सफिस्स जाने, च्यातिने वा चुँडिने।
61397 फिसिक्क क्रि.वि. १. मन नलागी- नलागी र दाँत नदेखाईकनै ओठले मात्र हाँस्ने गरी।
61398 फिसिक्क क्रि.वि. २. पातलो र कमलो वस्तु हलुको किसिमले च्यातिएर।
61399 फिसोल्नु स.क्रि. १. कसैलाई आलेटाले गरेर काममा अल्झाउनु वा झुलाउनु।
61400 फिसोल्नु स.क्रि. २. कुनै काम बन्न वा सप्रन नदिनु।