Dictionary

All Word

61201 फाल १ ना. हलाका टुँडामा जोडिने तिखो फलामे साधन; फाली।
61202 फाल २ ना. १. फाल्ने वा आफल्ने काम।
61203 फाल २ ना. २. विशेष काम सम्पन्न गर्नका निम्ति मिल्ने अवसर; मौका; अनुकूलता।
61204 फाल २ ना. ३. लामो फट्को।
61205 फाल २ ना. ४. अग्ला ठाउँबाट उफ्रेर तलतिर झर्ने काम; हामफलाइ।
61206 फाल हनाइ/हलाइ ना. फाल हाल्ने क्रिया वा प्रक्रिया।
61207 फाल हानाहान ना. पालैपालोसित फाल हाल्ने काम।
61208 फालहानी ना. केही अग्ला ठाउँबाट फाल हाल्ने गरी खेलिने केटाकेटीको एक खेल।
61209 फालहान्नु / हाल्नु अ.क्रि. माथिबाट उफ्रेर तलतिर झर्नु; हाम्फाल्नु; फाल हाल्नु।
61210 फालाफाल ना. १. कुनै वस्तु परस्परमा यताउति फाल्ने वा मिल्क्याउने काम; फ्याँकाफ्याँक।
61211 फालाफाल ना. २. चाहिएभन्दा धेरै भएर गरिने मिल्कामिल्की; आफलताफल।
61212 फालाफाल ना. ३. बेथितिसँग फाल्ने वा हुत्त्याउने स्थिति।
61213 फालिनु क.क्रि. फाल्ने काम गरिनु; आफलिनु।
61214 फाली १ ना. गाई-भैँसी दुहुँदा लात्ती नचलाउने वा नउफ्रिने पान पछाडिको खुट्टो बाँध्ने डोरी; छाँद; फाले।
61215 फाली २ ना. १. हलाका टुप्पापट्टि जडिने फलामको तिखो अवयव; फाल।
61216 फाली २ ना. २. रन्दामा लगाएर ताछ्ने धारिलो वस्तु।
61217 फाली घर ना. हलाका टुँडामा फाली अड्याउन खोपेर बनाइएको ठाउँ।
61218 फाले ना. घोडा वा भैँसीका अगाडि वा पछाडिका खुट्टा बाँध्ने डोरी; छाँद; फाली।
61219 फाले पाथी ना. बालीमा काम लगाउने गरिए तापनि फाली कमाएर ल्याएबापत मङ्सिरमा दिइने एक पाथी अन्न।
61220 फाल्गुन ना. सौरमानअनुसार वर्षको एघारौं महिना; माघ र चैतका बिचको महिना; फागुन।
61221 फाल्गुनी ना. १. फाल्गुन शुक्ल पूर्णिमा; फागुपूर्णिमा।
61222 फाल्गुनी ना. २. पूर्वाफाल्गुनी वा उत्तराफाल्गुनी नक्षत्र।
61223 फाल्टु/फाल्तु वि. १. नचाहिँदो; अनावश्यक।
61224 फाल्टु/फाल्तु वि. २. आवश्यक काम टरेर उम्रेको।
61225 फाल्टु/फाल्तु वि. ३. रद्दी; बेकम्मा।
61226 फाल्टु/फाल्तु वि. ४. चानचुने; खुद्रा; फुटकर।
61227 फाल्सा १ ना. ठुलठुला खस्रा पात, पहेँला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक वृक्ष वा सोही वृक्षको फल।
61228 फाल्सा २ /फाल्सो ना. १. जमेको रगतको डल्लो।
61229 फाल्सा २ /फाल्सो ना. २. लुगाफाटाको सानोतिनो टुक्रो।
61230 फावर गीत ना. दैनिक जीवनको रामरउस र मायापिर्ती लगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगी।
61231 फावा ना. फाउ; फागु।
61232 फास न फुस/फासफुस ना. १. काम नलाग्ने वा महत्त्वहीन भई कुनै वस्तु त्यसै बिलाउने वा हराउने काम; फास्स न फुस्स।
61233 फास न फुस/फासफुस ना. २. बन्द हावा अलिअलि गरेर फुस्कने प्रक्रिया।
61234 फासफुसे वि. १. विनाप्रयोजनको; विशेष महत्त्व नभएको।
61235 फासफुसे वि. २. हावा फुस्कने खालको।
61236 फासफुसे वि. ३. महत्त्व नभएको।
61237 फासलाङफुसलुङ ना. १. अलमलमा पारेर झुक्याउने काम।
61238 फासलाङफुसलुङ ना. २. फकाउने काम।
61239 फासिज्म ना. १. प्रभुसत्ता कुनै निरङ्कुश शासकमा केन्द्रित हुने एक शासनव्यवस्था; अधिनायकवाद; तानाशाही।
61240 फासिज्म ना. २. मुसोलिनीका समयको इटालीमा प्रचलित त्यस प्रकारको कट्टर राष्ट्रवादी शासनव्यवस्था।
61241 फासिस्ट वि. १. फासिज्मका सिद्धान्तलाई मान्ने।
61242 फासिस्ट वि. २. सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर निरङ्कुशताको विरोध गर्नेहरूको निर्दयतापूर्वक दमन गर्ने; अधिनायकवादी।
61243 फासिस्ट वि. ना. ३. फासिज्मका सिद्धान्तलाई आधार मानेर बनेको इटालीको एक राजनीतिक दलका सदस्य।
61244 फास्टो ना. १. छोइपासो।
61245 फास्टो ना. २. नचाहिँदो झमेला; झन्झट।
61246 फाहा ना. १. शोभाका निम्ति अत्तरका सिन्कामा फूलका आकृतिमा बेरिने, विभिन्न रङको कपासको डल्लो।
61247 फाहा ना. २. पाउडर आदि घस्ने भुवा।
61248 फाहा ना. ३. मुखमा घस्ने पाउडर।
61249 फाहा ना. ४. गहनामा हीरा, माणिक आदिलाई चम्किलो पार्न जडिने वस्तु वा त्यसरी चम्किलो पार्ने काम।
61250 फिँज ना. पानीका ससाना थोपा वा फोकाहरूको समुदाय; पानीमा साबुन, सोडा आदि पर्दा निस्कने गाज।