Dictionary

All Word

61151 फानस/फानुस ना. काँचका वा अन्य धातुका कमलपत्र वा गिलासजस्ता वस्तु एउटै डन्डीमा जडिएको, बत्ती बाल्ने विशेष साधन; पानस।
61152 फान्नु ना. तेल पेल्ने क्रममा चौथो पटक पेलिएको पिना।
61153 फाप्नु अ.क्रि. आफू लागेको काम- कुरामा विघ्नवाधा वा पिरपिराउ नभएको हुनु; फलिफाप हुनु; फाप हुनु।
61154 फाप ना. १. पिरबाधा, दुःख आदि नहुने स्थिति; फाप्ने काम।
61155 फाप ना. वि. २. फापेको वा फाप्ने; छुकी; शुभ।
61156 फाप ना. ३. सबै कुरा राम्रो हुँदै गएको; अनुकूल लाभ भएको।
61157 फाप वि. अफापको उल्टो; शुभ; फाप्ने।
61158 फापर ना. १. पानपाते छाँटका पातला केही लाम्चा परेका पात, प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक जातको सानो बोट।
61159 फापर ना. २. त्यसैको तीनकुने वा तीनधारे परेको, कालो बोक्रा र सेतो गुदी हुने फल वा गेडा।
61160 फापरचरी ना. फापरबारीमा चर्ने वा फापर खान मन पराउने, टाउकामा पङ्खा जस्तै सिउर भएको, भँगेरोभन्दा केही सानो, लाम्चो र कालो, सेतो रङ हुने, रूपी चराका छाँटको चरो।
61161 फापिनु अ.क्रि. फाप होइनु।
61162 फाप्रे वि. १. फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको।
61163 फाप्रे वि. २. कोर्काली; काँठे; असभ्य।
61164 फाप्रे चरो ना. फापरचरी।
61165 फाम ना. १. दुध, दही, मोही आदि राख्ने भाँडो; काठको गबुवा ; काठे ढुङ्ग्रो।
61166 फाम ना. २. सरकारी छाप एवं नम्बर भएको, अन्न भर्ने पाथी।
61167 फायदा ना. हे. फाइदा।
61168 फायर ना. पिस्तोल, बन्दुक, तोप आदि पड्काउने वा गोली हान्ने काम; गोली चलाइ।
61169 फार्नु स.क्रि. १. कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्ट्याउनु।
61170 फार्नु स.क्रि. २. धस्काउनु; फटाउनु; रद्दी तुल्याउनु।
61171 फारक/फारख ना. १. आफूले बुझाउनुपर्ने बही बुझाइसकेपछि रकमीले पाउने छुटकारा; रकमकलमबाट हुने छुट्टी वा निस्साका रूपमा दिइने त्यस्तो काग।
61172 फारक/फारख ना. २. कामकाजबाट पाइएको छुट्टी; फुर्सत; अवकाश।
61173 फारकती/फारखत/फारखती ना. सम्बन्धित व्यक्तिका जिम्मामा रहेका सबै नगदी वा जिन्सी बुझेर लिई प्रमाणका रूपमा लेखिदिने कागज; हिसाबकिताबसम्बन्धी बही बुझाइसकेपछि बुझ्ने अड्डाले कमीलाई लेखिदिने कागज।
61174 फारधर्ती ना. धर्ती फारिनुजत्तिकै ठुलो सङ्कट; विषम अवस्था।
61175 फारफेर ना. यताको उता; उताको यता पार्ने काम; सारफेर; फेरफार।
61176 फारफोर ना. फार्ने र फोर्ने काम; छुट्टयाई, काटी चोक्ट्याउने काम; फोरफार।
61177 फारस ना. अफगानिस्थानको पश्चिमपटि रहेको एक देश; वर्तमान इरान।
61178 फारसी वि. १. फारस देशको; फारससम्बन्धी।
61179 फारसी वि. २. त्यसै देशको भाषा; फार्सी।
61180 फारा १ ना. खाने चुन बनाउने काममा प्रयोग गरिने कडा खालको फग्ल्याँटे सिपी।
61181 फारा २ ना. योनिको डिल; भगोष्ठ।
61182 फाराम ना. १. आवश्यक रूपमा एकरूपता ल्याउने दृष्टिले निर्धारित ढाँचामा तयार पारिएको आवेदनपत्र, रसिद आदिको नमुना वा ढाँचा।
61183 फाराम ना. २. प्रार्थी वा निवेदकले भर्नुपर्ने मुख्यमुख्य वा व्यक्तिसम्बन्धित कुरा छाडेर अन्य कुरा लेखिएको पत्र।
61184 फारिनु क.क्रि. फार्ने काम गरिनु।
61185 फारु ना. मितव्ययिता; फारो।
61186 फारु तिनु ना. फारोतिनो।
61187 फारो ना. थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा; कम खर्च; मितव्ययिता; फारु।
61188 फारोतिनो ना. परिमित वस्तु वा थोरै खर्चले भ्याउने काम; फारो गर्ने कामकाइदा; जोगारका साथ पुऱ्याएर गरिने खर्चबर्च।
61189 फार्छे ना. हे. फार्से।
61190 फार्छे पत्र ना. फार्सेपत्र; राजीनामा।
61191 फार्दिङ ना. सबैभन्दा सानो ब्रिटिस मुद्रा।
61192 फार्म ना. १. योजनाबद्ध रूपमा बालीनाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खे।
61193 फार्म ना. २. त्यसरी नै निश्चित रूपमा वस्तुपालन वा अन्य कुनै व्यवसाय चलाइएको खास ठाउँ वा कार्यस्थान।
61194 फार्म ना. (कृषि फार्म, बागवानी फार्म, भेडापालन फार्म इ.)।
61195 फार्से ना. १. लेनदेनसम्बन्धी व्यवहारको छिनाफाना; फस्र्योट।
61196 फार्से ना. २. बिर्ता जग्गाको खरिदबिक्री आदिको टुङ्गो; सुक्रीबिक्री।
61197 फार्से पत्र ना. बिर्ता जग्गाको बेचबिखन गर्दा राजीनामाका बेहोराले हकदाबी छाडिदिने गरी लेखिदिएको कागज; राजीनामा।
61198 फाल्नु स.क्रि. १. कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु।
61199 फाल्नु स.क्रि. २. हुऱ्याउनु; हुत्त्याउनु।
61200 फाल्नु स.क्रि. ३. नलिनु; त्याग्नु।