Dictionary

All Word

61001 फस्टाइ ना. फस्टाउने क्रिया वा प्रक्रिया।
61002 फस्टाइनु अ.क्रि. पुष्ट होइन; हलक्क बढिनु।
61003 फस्टाइलो वि. फस्टने खालको; फस्टने।
61004 फस्टाउनु अ.क्रि. १. पुष्ट वा पोटिलो हुन्; मोटाउनु; हलक्क बढ्नु।
61005 फस्टाउनु अ.क्रि. २. विकसित हुनु; मौलाउनु; झाङ्गिनु।
61006 फस्टिनु अ.क्रि. १. फस्टनु।
61007 फस्टिनु अ.क्रि. २. फस्टने होइनु।
61008 फस्ट्याइँ ना. फस्टिने ढाँचा वा पन।
61009 फस्ट्याइ ना. फस्टिने क्रिया वा प्रक्रिया।
61010 फस्फोरस ना. बालीनालीमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल।
61011 फस्याक ना. फस्काइको चाल।
61012 फस्याकफुसुक क्रि.वि. १. सानातिना वस्तुमा बन्द रहेको हावा अलि-अलि गर्दै फुस्कने गरी।
61013 फस्याकफुसुक क्रि.वि. २. हलुको गाँठो फुस्कने वा फस्को वस्तु खस्ने चालसँग।
61014 फस्याक्क क्रि.वि. कुनै फस्को वस्तु फुट्ने वा बाँधिएको वस्तु फुस्कने गरी।
61015 फस्याङफुसुङ ना. १. वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम।
61016 फस्याङफुसुङ ना. २. फकाउने वा वशमा पार्ने चाल।
61017 फस्याङफुसुङ ना. ३. सारहीन कामकुरो।
61018 फस्याङफुसुङ ना. ४. सानातिना मालमत्ता; खत्र्याकखुत्रुक।
61019 फस्याङफुसुङ ना. क्रि.वि. ५. कुनै काम हतारहतार गरेर सामान्य रूपले टुङ्ग्याउने गरी; कुनै कामकुरो आउने र त्यसै हराउने भएर।
61020 फस्योल ना. प्रशस्त; थुप्रै; फसेल।
61021 फहराइ ना. १. फहराउने वा नङ, काँडा आदिले कोर्ने क्रिया-प्रक्रिया।
61022 फहराइ ना. २. फहराउने वा फरफराउने क्रिया- प्रक्रिया।
61023 फहराइनु क.क्रि. १. फहराउने वा नङ, काँडा आदिले कोर्ने काम गरिनु।
61024 फहराइनु क.क्रि. २. फहराउने वा फरफराउने काम गरिनु।
61025 फहराउनु १ स.क्रि. नङ, काँडा आदिले अलि- अलि कोर्नु; चिथोर्नु; दरफऱ्याउनु।
61026 फहराउनु २ स.क्रि. फरफराउनु।
61027 फहराहट ना. फहराउने वा दरफर्याउने भाव, क्रिया वा प्रक्रिया; फहराइ।
61028 फा ना. फल्ने काम; मिल्काइ (बालबोलीमा)।
61029 फाँक्नु स.क्रि. मुखमा चिउरा, चामल, खट्टे आदिको फाँक मार्नु; फाँको हाल्नु।
61030 फाँक ना. १. मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस।
61031 फाँक ना. २. मुखमा हालिने सुर्ती वा खैनीको एक पटकको अंश।
61032 फाँकमुठी ना. थोरबहुत भुटे - कुटेको खाने कुरो वा गेडागुडी; माग्ने आदिलाई दिइने पसरभर वा मुठीभरको अन्न।
61033 फाँकिनु १ अ.क्रि. १. अरूलाई मन परे पनि नपरे पनि अघि- अघि सरेर कुरो गर्नु।
61034 फाँकिनु १ अ.क्रि. २. धेरै जान्नेजस्तो भएर बतुरिनु।
61035 फाँकिनु २ क.क्रि. खट्टे, चामल आदिको फाँको हालिन; फाँको मारिनु।
61036 फाँकी ना. १. लय वा छन्दको आधारमा गीत, श्लोक आदिको भाग वा खण्ड; चरण।
61037 फाँकी ना. २. शब्दका अगाडि वा पछाडि लागेर आउने द्वित्वशब्द (जस्तै- घरसर, कामसाम, चालमाल इ.)।
61038 फाँको ना. मुखभरिको गाँस; फाँक।
61039 फाँच ना. १. चारैतिर फैलिएको वा बढेको वस्तुको अवस्था; विस्तार; फाँज।
61040 फाँच ना. २. फैलिएका दई बाहाँभित्र अटाउने वस्तु वा भाँडाकुँडाका ठाउँ।
61041 फाँच ना. ३. पिँधको फैलावट वा विस्तार।
61042 फाँच ना. ४. कुनै वस्तुका बिचको वा पेटको फैलावट; फाँज।
61043 फाँच ना. ५. गाई, भैँसी आदिका दुध भरिएर फैलिएको कल्चौंडो।
61044 फाँच ना. ६. नदीको तर्न सकिने फिँजिएको जँघार।
61045 फाँच ना. ७. हलाको टुँडादेखि मास्तिर र टाउकादेखि मुन्तिरको भाग।
61046 फाँचे वि. ठुलठुला फाँचा भएको ( भैंसी आदि)।
61047 फाँचो ना. १. मालमत्ताको ठुलो गठरी वा पोको।
61048 फाँचो ना. २. रुपियाँ-पैसा आदिको ठुलो थैलो वा पोको।
61049 फाँचो ना. ३. धेरै वस्तु हालिएको ठुलो पोल्टो।
61050 फाँचो ना. ४. गाईभैँसी आदिको ठुलो कल्भैँडो।