Dictionary

All Word

60901 फलाउनु प्रे. क्रि. २. फल्न लाउनु, चामल आदि ढिकीमा कुटाउनु।
60902 फलाक्नु अ.क्रि. १. ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु।
60903 फलाक्नु अ.क्रि. २. कसैलाई सरापेर गाली गर्नु।
60904 फलाक्नु अ.क्रि. ३. धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु।
60905 फलाकाइ ना. फलाक्ने क्रिया वा प्रक्रिया।
60906 फलाकाङ्क्षा ना. फल प्राप्त गर्ने आशा; फलप्राप्तिको इच्छा।
60907 फलाकिनु अ.क्रि. फलाक्ने काम गरिनु; धेर बोलिनु; भट्याइनु।
60908 फलाको ना. १. ठूलो स्वरले भनिएको वा बोलिएको कुरो; भट्याइ।
60909 फलाको ना. २. कसैलाई सरापेर गरिएको गाली; सत्तो न सराप ३. ठुलो स्वर; डाँको।
60910 फलाको ना. ४. लयबद्ध सामूहिक स्वर; नारा।
60911 फलागम ना. दृश्य वा श्रव्य काव्यका अन्तमा सङ्घर्ष सकिएर प्राप्त हुने शुभ वा अशुभ फल; फलप्राप्तिको स्थिति।
60912 फलाटिन ना. एक किसिमको भुवादार, न्यानो र नरम खालको कपडा।
60913 फलादेश ना. ग्रहगतिअनुसार शुभाशुभ फल बताउने कार्य।
60914 फलानी सर्व. फलानाको स्त्रीरूप; अमुक; ढिस्कानी।
60915 फलानु / फलानो सर्व. यही हो भनी निश्चय वा किटान नभएको वस्तु वा व्यक्ति; अमुक; ढिस्कानो।
60916 फलाम ना. कालो रङको र साह्रो, विभिन्न प्रकारका अस्त्र, हतियार, भाँडाकुँडा, यन्त्र आदि बनाइने, अपारदर्शी एक प्रसिद्ध खनिज धातु; लोहा लौह।
60917 फलामकाँडे ना. निबुवाका जस्ता तर साना पात हुने, घाँस-सेउलाको काममा आउने एक काँडेदार रुख।
60918 फलामको गुहु ना. कीट।
60919 फलाम खानी ना. फलाम भएको ठाउँ वा पहरो।
60920 फलामे वि. फलामको; फलामबाट बनेको; फलामसम्बन्धी।
60921 फलामे कुर्सी ना. फलामबाट तयार भएको मेच।
60922 फलामे भाँडो ना. फलामबाट तयार भएको भाँडो।
60923 फलालिन/फलालेन ना. हे. फलाटिन।
60924 फलालो वि. नभरिएको; थोतो; फोस्रो (बाला, घोगो, कोसो आदि)।
60925 फलावाङ ना. नेपालको सल्यान जिल्लामा रहेको एक प्राचीन राज्य।
60926 फलाहार ना. १. व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना।
60927 फलाहार ना. २. रोपेर हरवर्ष फल्ने र काँचै पनि खान हुने मेधावर्धक एवं सुपाच्य वस्तु।
60928 फलाहारी वि. फलफूल एवं कन्दमूलको आहारा गर्ने; अन्न नखाने।
60929 फलिको ना. हे. फरिको।
60930 फलित वि. १. फल लागेको; फलेको।
60931 फलित वि. २. सफल भएको; सिद्धि मिलेको।
60932 फलित ज्योतिष ना. ग्रहनक्षत्रका स्थितिका आधारमा शुभ तथा अशुभ फल बताउने ज्योतिषको एक अङ्ग।
60933 फलिनु अ.क्रि. १. फल लागिनु।
60934 फलिनु अ.क्रि. क.क्रि. २. ढिकीमा चामल आदि फल्ने काम गरिनु।
60935 फलिफाप ना. १. राम्ररी फाप्ने वा सप्रने काम; कुनै वस्तु फल्दा वा कुनै काम गर्दा बढी लाभप्रद हुने स्थिति।
60936 फलिफाप ना. २. सुब्बेफाब्बे; दिनदशाको सुधार।
60937 फलिफाप ना. ३. अनुकूलता; उन्नति।
60938 फलियो ना. १. लेख्ने काठ आदिको पाटी; धुलौटो।
60939 फलियो ना. २. फलेक।
60940 फलिलो ना. फल लागेको; फलाइलो।
60941 फली १ ना. काठका फलेक आदि खुर्केर चिल्लो पार्ने एक प्रकारको धारिलो हतियार; रन्दामा लगाइने फाली; रन्दाको धार।
60942 फली २ वि. फल लागेको; फलयुक्त; फलवान्।
60943 फलीभूत वि. फल वा परिणाम प्रत्यक्ष भएको; फलि।
60944 फलीश ना. पिपलका जस्ता पात हुने, सेतो फूल फुल्ने तथा साह्रो काठ हुने एक जातको रुख; काठेपिपल।
60945 फलुवा वि. १. राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने।
60946 फलुवा वि. २. ढिकी, ओखली आदिमा चामल आदि राम्ररी फलिएको वा भुस, बियाँ आदि निखारिएको।
60947 फलेक ना. डोलो वा सिगो काठ चिरानी गरेर चेप्टो, पातलो र चौडा पारी ताछिएको टुक्रो ; फल्याक।
60948 फलेदो ना. ठुलठुला पात हुने, रातो फूल फुल्ने सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने एक जातको रुख।
60949 फलेदो ना. (खुकुरीका दाप बनाउन उपयुक्त काठ)।
60950 फलैंचा घरको दलानमा र बाटाघाटाका चौतारा आदिमा धेरै मानिस अडेस लागेर बस्न, सुस्ताउन हुने गरी बनाइएको फलेकको आसन।