Dictionary

All Word

60751 फरफरी क्रि.वि. अझ छिटो फरफर हुँदै; फरफरती।
60752 फरफरे वि. १. फरफर गरेर हल्लने; फरफराइरहने।
60753 फरफरे वि. २. फरफर गर्ने, फरफराउने।
60754 फरफरे वि. ३. फकफकाउँदो; बुरबुरे।
60755 फरफरे वि. ना. ४. आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु।
60756 फरफारख ना. लेनदेनको हिसाब बाँकी नरहने गरी फर्छिने काम; लिनुदिनु वा बुझाइनुपर्ने कुराको सबै चुक्ती।
60757 फरबरी ना. हे. फेब्रुअरी।
60758 फराँस १ ना. क्रमैले तीन-तीन चक्की बाँडेर खेलिने,तासको एक खेल।
60759 फराँस २ ना. हे. फरास।
60760 फराँसखाना ना. फरासखाना।
60761 फराइ ना. फार्ने क्रिया वा प्रक्रिया।
60762 फराइनु क.क्रि. फार्ने पारिनु; फार्न लाइनु।
60763 फराउनु प्रे.क्रि. फार्न लाउनु; फार्ने पार्नु।
60764 फराक १ वि. १. अलग; भिन्न।
60765 फराक १ वि. २. कुनै विषयबाट निवृत्त भएको; कर्तव्य पूरा गरी छुट्टी पाएको (जस्तो- धर्मफराक)।
60766 फराक २ वि. १. टाढासम्म फैलिएको; विस्तृत; फराकिलो।
60767 फराक २ वि. २. चौडा।
60768 फराकत ना. १. कुनै बन्धन वा प्रतिबन्धबाट छुटकारा; मुक्ति।
60769 फराकत ना. २. कुनै शोकसुर्ता नभई निस्फिक्री हुने स्थिति; निश्चिन्तता।
60770 फराकिलो वि. धेरै फराक भएको; चारैतिर फैलिएको; विस्तृ।
60771 फरार वि. १. गिरफ्तारी वा कारबाईबाट बच्न गुप्त रूपले भागेको; लुकीछिपी बसेको।
60772 फरार वि. २. कुनै अपराध गरेर बेपत्ता भएको; पलायित (अपराधी)।
60773 फरास ना. बिछ्‌याउनासम्बन्धी काम गर्ने नोकर; फराँस।
60774 फरासखाना ना. बिछ्याउना र अरू आसन राख्ने एवं तत्सम्बन्धी काम गर्ने अड्डा।
60775 फरासिलो वि. १. हँसिलो मुख लगाएर मिठा बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने।
60776 फरासिलो वि. २. स्पष्टवक्ता; साँचो बोल्ने।
60777 फरासिलो वि. ३. उदार स्वभावको।
60778 फरासिलो वि. स्त्री. फरासिली।
60779 फरासी ना. गाउनका रूपमा र फरियाका रूपमा प्रयोग गरिने एक खालको कपडा।
60780 फराहा ना. इजिप्ट देशका पिरामिड बनाउने प्राचीन शासक।
60781 फरिको ना. छाप्रो, गोठ, कटेरो आदिमा हालिने बाँसका झक्रा, चित्रा आदिको ढोका; फलिको।
60782 फरिफार्छे/फरिफार्से ना. हे. फार्से।
60783 फरिया ना. स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष।
60784 फरियाको नाता/साहिनु ना. १. स्वास्नी वा आइमाईतिरको सम्बन्ध।
60785 फरियाको नाता/साहिनु ना. २. त्यसै जरियाले दर्जा वा धन पाउँदा भनिने हेलाको बोली।
60786 फरुई ना. सिरौला भुटेर वा फूल उठाएर बनाइएको खट्टे।
60787 फरुवा ना. ठूलो फाँच भएको र लामो बिँड हाली उठीउठी खन्न हुने विशेष खालको कोदालो; चपरा।
60788 फरेप/ फरेब ना. १. अनाहकमा वा विनाकसुर लगाइएको दोष; फत्तुर; आरोप।
60789 फरेप/ फरेब ना. २. छलकपट; जालझेल।
60790 फरेपी / फरेबी वि. १. फरेब लाउने; फत्तुर लगाउने।
60791 फरेपी / फरेबी वि. २. जालझेल गर्ने; छलकपट गर्ने।
60792 फरेपी / फरेबी वि. ३. फटाहा; बकम्फुस।
60793 फर्कनु अ.क्रि. १. गइरहेको बाटाबाट फेरि पछाडि आउनु; प्रत्यागमन गर्नु।
60794 फर्कनु अ.क्रि. २. एकापट्टिबाट अर्कापट्टि पल्टनु वा लेप्सिएर बसेको वस्तु उल्टो हुनु; उल्टिनु।
60795 फर्कनु अ.क्रि. ३. गुमिसकेको वस्तु फेरि हात लाग्नु।
60796 फर्कनु अ.क्रि. ४. एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु।
60797 फर्कनु अ.क्रि. ५. एक कोल्टेबाट अर्को कोल्टे हुनु।
60798 फर्काइ ना. फर्कने क्रिया वा प्रक्रिया।
60799 फर्काइनु क.क्रि. फर्कन लाइनु।
60800 फर्काउनु प्रे. क्रि. फर्कन लाउनु।