Dictionary

All Word

60651 फतऱ्याइ ना. फतरिने भाव, क्रिया वा प्रक्रिया।
60652 फतऱ्याइनु क.क्रि. फतरिन लाइनु; फतरिने पारिनु।
60653 फतऱ्याउनु प्रे.क्रि. फतरिन लाउनु; फतरिने पार्नु।
60654 फतल्नु स.क्रि. १. गिलो वा खोले वस्तुमा पानी हालेर हुँडल्नु।
60655 फतल्नु स.क्रि. २. फाउनु; फेट्नु; फाँड्नु।
60656 फतलाइ ना. फतल्ने क्रिया वा प्रक्रिया।
60657 फतलाइनु क.क्रि. फतल्न लाइन; फतल्ने पारिनु।
60658 फतलिनु क.क्रि. फतल्ने काम गरिनु।
60659 फताँ ना. घलेकको कमरमा गाँठो पार्दा दोब्रिएको ठाउँमा खाल्टो परी पेटमा गोजीजस्तो बन्ने, केही सामान राख्न हुने ठाउँ; खोकिलो।
60660 फतुर ना. अर्कालाई लगाइने बिनसित्तिको दोष; नभएको आरोप; फरेब; फतुरो; फत्तुर।
60661 फतुरो वि. फतरो; फतफते।
60662 फतौरे वि. फतरो; फतुरो।
60663 फतौरो वि. फतरो; फतफते।
60664 फत्कनु अ.क्रि. भात, खोले आदि फतफत गरेर छड्कनु; फत्किनु।
60665 फत्काइ ना. फत्कने क्रिया वा प्रक्रिया।
60666 फत्काइनु क.क्रि. फत्कने पारिनु।
60667 फत्काउनु प्रे.क्रि. फत्कने पार्नु।
60668 फत्किनु अ.क्रि. फतफत गरेर उम्लिनु वा पाकिनु।
60669 फत्को ना. एकचोटिको फत्काइ; फत्कने काम।
60670 फत्त क्रि.वि. कुनै गलेको वस्तु झर्ने वा खस्ने र त्यसरी झर्दा वा खस्ता आवाज आउने गरी।
60671 फत्तलफाँडो ना. ज्यादै पाकेर फाँडो जस्तै भएको अवस्था।
60672 फत्तु ना. प्राय: बाहुला नहुने एक प्रकारको भोटो वा दौरा।
60673 फत्तुर ना. हे. फतुर।
60674 फत्ते / फत्य ना. १. कुनै काममा भएको सफलता वा सिद्धि।
60675 फत्ते / फत्य ना. २. कुनै प्रतिद्वन्द्विता वा कार्यविशेषको विजय।
60676 फत्ते मुबारक ना. सफलतामा बधाइ।
60677 फत्याकफुतुक क्रि.वि. १. बढी मात्रामा पाक्ने वा गल्ने गरी।
60678 फत्याकफुतुक क्रि.वि. २. गलेर वा सडेर झर्ने किसिमले; गल्याकगिलिक।
60679 फत्रक ना. कुनै सानातिना वस्तुका खसाइको चाल।
60680 फत्रकफत्रक क्रि.वि. त्यस्तो वस्तु पटक- पटक गरेर भुईंमा खस्ने गरी।
60681 फत्रक्क क्रि.वि. १. कुनै वस्तु एकै खेप बिस्तारै खस्ने गरी।
60682 फत्रक्क क्रि.वि. २. शरीर वा हातगोडा चलाउन नहुने गरी गलेर; लस्त हुने किसिमले।
60683 फत्र्याक ना. छटपटी वा दुखाइले उफ्रने चाल।
60684 फत्र्याकफत्र्याक क्रि.वि. १. साह्रै कष्ट पर्दा सहन नसक्नाले उचालिँदै-पछारिँदै भएर।
60685 फत्र्याकफत्र्याक क्रि.वि. २. कुनै कामको दृढ निश्चय गर्न नसकी यसो कि उसो गरुँ हुने चालसँग।
60686 फत्र्याकफत्र्याक क्रि.वि. ३. सिकिस्त भएर वा गोली आदि लागेर मानिस वा अन्य प्राणी मरणासन्न स्थितिमा पुग्दा छटपटाउने गरी।
60687 फत्र्याकपुत्रक क्रि.वि. १. थोरथोरै उफ्रने गरी।
60688 फत्र्याकपुत्रक क्रि.वि. २. उफ्री उफ्री खेल्ने चालसँग।
60689 फत्र्याक्क क्रि.वि. १. कुनै वस्तु भुईंमा एकै खेपमा बिस्तारै खस्ने गरी।
60690 फत्र्याक्क क्रि.वि. २. परिश्रमले शरीर थकित हुने किसिमले।
60691 फत्र्याक्क क्रि.वि. ३. कुनै वस्तु झर्ने स्थितिमा गलेर पुग्ने गरी।
60692 फत्ल्याक ना. पानीमा कुनै चिज खस्ता आवाज आउने चाल।
60693 फत्ल्याकफुत्लुक क्रि.वि. १. पानीमा ससाना माछा उफ्रने किसिमले।
60694 फत्ल्याकफुत्लुक क्रि.वि. २. पानीमा मसिना गिर्खा, गेडा आदि खस्ता आवाज आइरहने गरी।
60695 फत्ल्याक्क क्रि.वि. पानीमा एकै चोटि आवाज आउने गरी ठुलो माछा आदि उफ्रेर वा कुनै गह्रौँ वस्तु खसेर।
60696 फनक्क क्रि.वि. १. कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
60697 फनक्क क्रि.वि. २. क्रोध वा रिसले झनक्क हुने किसिमले।
60698 फनक्क क्रि.वि. ३. एकोहोरो गतिले गइरहेको वस्तु वा व्यक्ति एकाएक फर्किएर।
60699 फनफन क्रि.वि. १. कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी।
60700 फनफन क्रि.वि. २. क्रोध वा रिसले आकुल हुने किसिमले।