Dictionary

All Word

60601 फट्टिनु अ.क्रि. ३. जमिन आदि चिरिएर धाँजा पर्नु।
60602 फट्टी वि. फटाहा; फट्टिक।
60603 फट्टीचर वि. १. फाटेको लुगा लगाएर हिँड्ने; केही नभएको; तन्नम।
60604 फट्टीचर वि. २. फटाहा स्वभावको; फट्याइँ गर्ने।
60605 फट्याइँ ना. १. फटाइँ।
60606 फट्याइँ ना. २. नभएको कुरा; झुट।
60607 फट्याकफुटुक ना. १. आकाशबाट फाटफुट पानी पर्ने चाल।
60608 फट्याकफुटुक ना. २. एकदुई जना आउने वा निस्कने प्रक्रिया।
60609 फट्याकफुटुक ना. ३. सामान्य रूपले फड्का मार्ने काम।
60610 फट्याकफुटुक ना. क्रि.वि. ४. कहिलेकाहीँ; आकलझुकल; एकदुइटा मात्र।
60611 फट्याक्क क्रि.वि. १. फट्कने वा फट्का हाल्ने गरी।
60612 फट्याक्क क्रि.वि. २. कुनै वस्तु फुट्ता एकै खेपमा आवाज निस्केर।
60613 फट्याङ्ग्रो ना. १. फटेङ्ग्रो।
60614 फट्याङ्ग्रो ना. २. कलमा सिलाइको धागो मिलाउने पुर्जा।
60615 फड्कनु स.क्रि. फट्कनु।
60616 फड्काइ ना. फड्कने क्रिया वा प्रक्रिया।
60617 फड्काइनु क.क्रि. फड्कन लाइनु।
60618 फड्काउनु प्रे. क्रि. फड्कन लाउनु।
60619 फड्किनु क.क्रि. फट्किनु।
60620 फड्के ना. १. हे. फट्के।
60621 फड्के ना. २. साक्षीहरूको सही भएको तमसुकको किनारा।
60622 फड्के ना. ३. बसोबास गरेका ठाउँदेखि टाढा गएर गरिने कमाइ वा जग्गा कमाउने काम।
60623 फड्को ना. १. फट्को।
60624 फड्को ना. २. मूर्च्छा पर्ने एक रोग; जरो वा अन्य कुनै रोगबाट नातागत भएर हुने भाउन्न।
60625 फण/फणा ना. फँडा पनि।
60626 फण/फणा ना. विशेष जातिका सर्पको हर्षले वा क्रोधले फुकेर छाताजस्तो बनेको शिरको भाग; फटा।
60627 फणिर ना. फँडिर; फलिँट; जामुनु; फगीर।
60628 फणी ना. फणा फुलाउने एक जातको सर्प।
60629 फणीन्द्र ना. १. शेषनाग।
60630 फणीन्द्र ना. २. ठुलो सर्प।
60631 फणीमुख ना. टुप्पो चेप्टो र धारिलो भएको खन्ने काममा आउने एक प्रकारको फलामे साधन; गल; खन्ती।
60632 फतक्क क्रि.वि. १. ज्यादा पाकेर वा गलेर गिलो हुने किसिमले।
60633 फतक्क क्रि.वि. २. परिश्रमले ज्यादै थकित भएर।
60634 फतफत ना. १. अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोऱ्याउने क्रिया; कचकच; गनगन।
60635 फतफत ना. २. कसैले सुने पनि नसुने पनि र जवाफ दिए पनि नदिए पनि एकोहोरो बोलिरहने कुरा; फतरफतर।
60636 फतफत ना. क्रि.वि. ३. माथिबाट गिलो वस्तु झर्दा शब्द निस्कने किसिमले।
60637 फतफत ना. ४. खुबसँग फत्कने गरी।
60638 फतफत ना. ५. ज्यादा पाकेर वा गलेर बारबार झर्ने गर्दै।
60639 फतफताइ ना. फतफताउने क्रिया वा प्रक्रिया।
60640 फतफताइनु क.क्रि. फतफताउन लाइनु।
60641 फतफताउनु अ.क्रि. अरूलाई झर्को लाग्ने गरी वा मन नपर्ने गरी बारबार उही कुरो दोहोऱ्याउनु; गनगन गर्नु; कचकच गर्नु; फतरफतर गर्नु।
60642 फतफती क्रि.वि. अझै फतफत गरेर वा भएर।
60643 फतफते वि. फतफत गर्ने; गनगने; कचकचे।
60644 फतरफतर क्रि.वि. फतफ।
60645 फतरिनु अ.क्रि १. अर्कालाई झर्को लाग्ने गरी नचाहिँदो कुरा गर्नु।
60646 फतरिनु अ.क्रि २. फतफताउनु।
60647 फतरे वि. १. फतरफतर गर्ने; गनगने; कचकचे।
60648 फतरे वि. ना. २. ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई झैं बजाउने एक जातको बोट।
60649 फतरो वि. फतरफतर कुरा गर्ने; अर्कालाई झर्को लाग्ने गरी बोलिरहने।
60650 फतर्को ना. फतरफतर गर्ने बिकामे कुरा (ततर्कोसँग जोडिएर आउने)।