Dictionary

All Word

60451 फकौटे वि. १. कसैलाई लोभलालच देखाएर आफूपट्टि तान्ने; फकाउने काम गर्ने।
60452 फकौटे वि. २. फकिने वा फकाउने (व्यक्ति)।
60453 फकौटो वि. १. अर्काका फकाइमा विश्वास गर्ने; फकिने।
60454 फकौटो वि. २. लालोपोतो देखाउने; चेपारे; खुसामदी।
60455 फकौरी वि. १. फकाउने काम।
60456 फकौरी वि. २. 'ललौरी' - को पूरक, जस्तै - ललौरीफकौरी।
60457 फकौरी वि. ३. फकौटी।
60458 फकौरे वि. फकाउने; फकौटे।
60459 फकौरो वि. फकाइमा पर्ने; फकौटो।
60460 फक्कड ना. १. फकडा गाउने व्यक्ति।
60461 फक्कड ना. २. फकिर; फकरा।
60462 फक्कडदास वि. १. फकिरहरूको अभिनय वा अनुसरण गर्ने; फकिरहरूका पछि लागेर तिनकै आचरण गर्ने।
60463 फक्कडदास वि. २. तातोछारो केही नभएको; हरिटट्टु।
60464 फक्किका ना. १. शास्त्रार्थमा कठिन ठाउँलाई सुगम तुल्याउनका निम्ति उपस्थित गरिने पूर्वपक्ष वा पूर्वाधार।
60465 फक्किका ना. २. कपटपूर्ण वा नराम्रो व्यवहार; धोका; छल।
60466 फक्कु वि. कसैको नराम्रो व्यवहारमा लागेको; धोका वा कपटमा परेर पनि नचेतेको।
60467 फक्क्याइ ना. फाँको मार्ने क्रिया।
60468 फक्क्याइनु क.क्रि. फँक्याइनु।
60469 फक्क्याउनु स.क्रि. १. फाँको मार्नु; फँक्याउनु।
60470 फक्क्याउनु स.क्रि. २. केस्रा छुट्ट्याउनु वा छोडाउनु।
60471 फक्रनु अ.क्रि. कोपिला पूर्ण रूपले विकसित हुनु; मुख खुलेर वा उघ्रेर राम्ररी फुल्नु; प्रस्फुटित हुनु।
60472 फक्रक्क क्रि.वि. मुकुलित वा कोपिलैमा रहेको वस्तु पूर्ण विकसित हुने गरी; प्रस्फुटित भएर; फक्रिएर।
60473 फक्रन्ता वि. फक्रन लागेको; फक्रिने।
60474 फक्राइ ना. फक्रने क्रिया वा प्रक्रिया।
60475 फक्राइनु क.क्रि. फक्रने पारिनु।
60476 फक्राउनु प्रे.क्रि. फक्रने पार्नु।
60477 फक्रिनु अ.क्रि. फक्रने काम हुनु; फक्रनु।
60478 फक्रास ना. डाँफेको आकारको तर लामो र तिखो चुच्चो हुने, हिमाली भेकमा पाइने एक जातको चरो।
60479 फक्लक्क क्रि.वि. कुनै वस्तु सहजै फुक्लने चालसँग; सजिलैसँग फुक्लिने गरी।
60480 फगटो ना. एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समान रूपले पानी नपट्ने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै बनाइएको सानो गरो; फोगटो।
60481 फगत क्रि.वि. यत्ति नै; मात्र; केवल; खालि; फक।
60482 फगल्टा क्रि.वि. १. बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति।
60483 फगल्टा क्रि.वि. ना. २. बिनसित्तिको काम; व्यर्थको काम।
60484 फगल्टा क्रि.वि. वि. ३. यता न उताको; बिनसित्तिको; फोस्रो।
60485 फगीर ना. हे. फणिर।
60486 फगेटो ना. एक जातको सानो माछोविशेष।
60487 फग्लेँटो/फग्ल्याँटो ना. १. काठ, बाँस आदिको आधा भएको वा छुट्टिएको चेप्टो भाग; खापा।
60488 फग्लेँटो/फग्ल्याँटो ना. २. दैलाको दुई पल्लामध्ये एक पल्ला; द्वारको एक भाग।
60489 फग्लेँटो/फग्ल्याँटो ना. ३. अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग।
60490 फग्लेँटो/फग्ल्याँटो ना. ४. जाँतो, घट्ट आदिको एक चक्का।
60491 फच्चिनु अ.क्रि. फच्चे हुनु; लेनदेन बाँकी नरहनु।
60492 फच्चे ना. १. लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता।
60493 फच्चे ना. २. बाजी राखेर खेल्दा हारेको धन अर्को पटक जितेर तिर्ने काम।
60494 फच्च्याइ ना. फच्चिने तथा फच्च्याउने क्रिया वा प्रक्रिया।
60495 फच्च्याइनु क.क्रि. फच्चिने पारिनु; फच्च्याउन लाइनु।
60496 फच्च्याउनु स.क्रि. लेनदेन बाँकी नराख्नु, चुक्ता गर्नु; फछ्र्याउनु।
60497 फच्च्याकफुच्चुक ना. लेनदेन सबै चुक्ता गर्ने काम; फच्चे।
60498 फच्छे ना. फच्चे; चुक्ता।
60499 फच्छ्याइ ना. फच्च्याइ।
60500 फच्छ्याइनु क.क्रि. फच्च्याइनु।