Dictionary

All Word

60401 फकडा ना. २. चिलिम वा सुल्फामा गाँजा वा कक्क्ड भरी आगो हालिसकेपछि सर्को तान्नुभन्दा पहिले गाँजाको वा शिवजीको लयबद्ध किसिमले गरिने स्तुति।
60402 फकफक क्रि.वि. १. लेसाइलो नभई बुरबुराउँदो हुने किसिमले।
60403 फकफक क्रि.वि. २. धमाधम फाँको हालेर खाने गरी; फकाफक।
60404 फकफक क्रि.वि. ३. सरासर कुनै काम गर्ने चालसँग; सुरुसुरु।
60405 फकफक क्रि.वि. ४. इन्जिनबाट धुवाँ निस्कँदा शब्द आउने गरी।
60406 फकफक क्रि.वि. ५. कुनै कमलो वस्तु काट्ता झैँ आवाज निस्केर।
60407 फकफकती क्रि.वि. फकफक।
60408 फकफकाइ ना. फकफकाउने क्रिया वा प्रक्रिया।
60409 फकफकाइनु अ.क्रि. १. फकफक पर्ने होइनु।
60410 फकफकाइनु अ.क्रि. क.क्रि. २. फकफक पारिनु; फकफक शब्द निकालिनु।
60411 फकफकाउँदो वि. १. फकफक परेको; बुरबुराउँदो।
60412 फकफकाउँदो वि. २. राम्ररी पाकेर फुरफुराउँदो भएको (आलु, पिँडालु आदि)।
60413 फकफकाउनु अ.क्रि. लेसाइलो किसिमको नभएर बुरबुर परेको हुनु; फकफकाउँदो हुनु वा पर्नु।
60414 फकफकाउनु अ.क्रि. स.क्रि. फकफक शब्द गर्नु वा निकाल्नु।
60415 फकफकाहट नि. फकफकाउने भाव, स्थिति वा क्रियाप्रक्रिया।
60416 फकफकिनु अ.क्रि. १. फकफक गर्ने हुनु; बुरबुर पर्नु।
60417 फकफकिनु अ.क्रि. क.क्रि. २. फकफक शब्द निकालिनु।
60418 फकफकी क्रि.वि. फकफक; फकफकती।
60419 फकफक्याइ ना. फकफकिने क्रिया वा प्रक्रिया।
60420 फकफक्याहट ना. फकफकिने भाव, स्थिति वा क्रियाप्रक्रिया।
60421 फकत क्रि.वि. हे. फग।
60422 फकरताउलो वि. कुनै प्रसङ्ग नभएको सारविहीन कुरा गर्ने; गुदीविनाका कुरा गर्ने।
60423 फकरताउलो वि. स्त्री. फकरताउली।
60424 फकाइ ना. फकाउने क्रिया वा प्रक्रिया।
60425 फकाइनु क.क्रि. फकिने पारिनु; फुस्ल्याइनु।
60426 फकाउनु स.क्रि. १. कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु।
60427 फकाउनु स.क्रि. २. मानसिक अशान्ति वा तुलबुल्याइँ हटाई सान्त्वना दिनु।
60428 फकाउनु स.क्रि. ३. कसैलाई लोभलाचल देखाएर आफ्नो कार्य सिद्ध गर्ने प्रयत्न गर्नु; लोभ्याउनु, लोभमा पार्नु।
60429 फकाउनु स.क्रि. ४. फुस्ल्याउनु; लहस्याउनु।
60430 फकाफक क्रि.वि. १. धमाधम फाँको हालेर खाने गरी।
60431 फकाफक क्रि.वि. २. फकफक शब्द निकाल्ने किसिमले।
60432 फकाफक क्रि.वि. ३. कुनै काम सरासर गर्ने चालसँग।
60433 फकाफकी क्रि.वि. फकाफक।
60434 फकार्नु स.क्रि. अनार, दारिम आदिका बिजुला केलाउनु वा छोडाउनु।
60435 फकाराइ ना. फकार्ने क्रिया वा प्रक्रिया।
60436 फकारिनु क.क्रि. फकार्ने काम गरिनु।
60437 फकार ना. फ' अक्षर; पवर्गको दोस्रो वर्ण।
60438 फकावट ना. फकिने एवं फकाउने काम; फकाइ; फक्याहट।
60439 फकिनु क.क्रि. फकाइमा परिनु; अर्काका फुस्ल्याइँमा लाग्नु।
60440 फकिर ना. १. पारिवारिक वा गृहस्थी धर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी।
60441 फकिर ना. २. भिख मागेर जीविका गर्ने व्यक्ति; भिखारी; भिक्षुक।
60442 फकिर ना. ३. ज्यादै गरिब व्यक्ति; निर्धन व्यक्ति।
60443 फकिरफकिरा ना. भिखमङ्गा आदिको समूह।
60444 फकिरफकिरा ना. २. जोगीसन्न्यासीको बटुलो।
60445 फकिरी ना. १. फकिरले गर्ने काम; फकिरपना।
60446 फकिरी ना. वि. २. फकिरसम्बन्धी; फकिरको।
60447 फकुल्लो वि. १. अर्काले फकाउने बित्तिकै विश्वासमा पर्ने; फकिने स्वभावको।
60448 फकुल्लो वि. २. बुद्धि नभएको।
60449 फकौटी वि. १. अर्काको फकाइ-फुल्याइमा पर्ने; फकिने (स्त्री)।
60450 फकौटी वि. २. लोलोपोतो देखाउने; चेपारे; खुसामदी (स्त्री)।