Dictionary

All Word

60351 प्लेटफार्म ना. रेलबिसौनीमा यात्री आदिलाई ओर्लन, उक्लन वा हिँड्न सजिलो होस् भनी रेल रोकिने ठाउँमा ढेपा र बनाइएको फराकिलो र लामो पेटी।
60352 प्लेटफार्म ना. २. भाषण गर्ने मञ्च।
60353 प्लेटफार्म ना. ३. विचार व्यक्त गर्ने वा काम गर्ने अनुकूल वातावरण; त्यसो गर्न पाउने माध्यम।
60354 प्लेटिनम ना. सेतो रङको एक कडा र गह्रौं ज्यादै बहुमूल्य धातु।
60355 प्वाँख ना. चराको भुत्ला।
60356 प्वाँख मुङ्ग्री ना. ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट।
60357 प्वाँख मुङ्ग्री ना. २. ब्याडमिन्टनको खेल।
60358 प्वाँले ना. शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख।
60359 प्वाँले ना. २. जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग।
60360 प्वाँले ना. ३. आगलागी।
60361 प्वाँले ना. वि. ४. प्वाँलोको जस्तो रङ भएको; पुवाँले।
60362 प्वाँलो ना. पुवाँलो, नक्कली किसिमको मुगा।
60363 प्वाइन्ट ना. टेलिफोनमा प्रत्येक सेटका लागि गरिएको छुट्टै लाइन व्यवस्था।
60364 प्वाइन्ट ना. २. अक्षरहरूको नाप।
60365 प्वाइन्ट ना. ३. बुँदा।
60366 प्वाकल ना. ढिकी, ओखली आदिको खोबिल्टो।
60367 प्वाकल ना. २. खोबिल्टो; खोप्लो।
60368 प्वाक्क क्रि.वि. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट।
60369 प्वाक्क क्रि.वि. २. अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क।
60370 प्वाक्क क्रि.वि. ३. कुराको सिलसिला नटुङ्गिदै बिचैमा अमिल्दो कुरा भनेर अर्काको कुरा काटेर।
60371 प्वाक्क क्रि.वि. ४. जे मनमा आयो त्यही भनेर।
60372 प्वाक्लाक्क क्रि.वि. हलुका किसिमबाट एकैचोटि उक्किने गरी।
60373 प्वाक्लाक्क क्रि.वि. २. एकै चोटि उखेलिए।
60374 प्वाक्लाक्क क्रि.वि. ३. एकाएक मर्ने गरी।
60375 प्वाङ्ङ क्रि.वि. फुटेर उछिट्टिने किसिमले।
60376 प्वाङ्ङ क्रि.वि. २. भाँडा, गाग्रा आदि फुट्दा-फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी।
60377 प्वाल ना. पुवाल, दुलो; छिद्र।
60378 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये बाइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको दोस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; छोरी बोक्यो फ।
60379 फँकिनु अ.क्रि. १. फाँको हुनु; फाँको हालिनु।
60380 फँकिनु अ.क्रि. क.क्रि. २. फाँको मारी खाइनु।
60381 फँक्याइ ना. फँकिने वा फँक्याउने क्रियाप्रक्रिया।
60382 फँक्याइनु क.क्रि. फाँको मारिनु; फाँको हालिनु।
60383 फँक्याउनु स.क्रि. १. फाँको मार्नु; फाँको हाल्नु।
60384 फँक्याउनु स.क्रि. २. चिउरा, सातु आदि मुखभरि हुने गरी हाल्नु।
60385 फँजाइ ना. फाँज्ने क्रिया वा प्रक्रिया।
60386 फँजाइनु क.क्रि. फँजाउन लाइनु; फँजाउने पारिनु।
60387 फँजाउनु स.क्रि. फाँजो हाल्नु; फाँज्न लगाउनु।
60388 फँडाइ ना. १. फाँड्ने वा छिमल्ने क्रियाप्रक्रिया।
60389 फँडाइ ना. २. फाँड्ने वा फाउने क्रियाप्रक्रिया।
60390 फँडाउनु प्रे. क्रि. १. फाँड्न लाउनु; छिमलाउनु।
60391 फँडाउनु प्रे. क्रि. २. फाँड्न वा फाउन लाउनु।
60392 फँडानी ना. फाँड्ने काम; जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम।
60393 फँडिर ना. जामुनुविशेष।
60394 फँदाइ ना. १. फाँदेर वा उफ्रेर नाघ्ने क्रिया-प्रक्रिया।
60395 फँदाइ ना. २. फाँद्ने वा फसाउने भाव, क्रिया वा प्रक्रिया।
60396 फँदाइनु क.क्रि. १. फाँद्न वा उफ्रेर नाघ्न लाइनु।
60397 फँदाइनु क.क्रि. २. फाँद्न वा फसाउन लगाइनु।
60398 फँदाउनु प्रे. क्रि. १. फाँद्न वा उफ्रेर नाघ्न लगाउनु।
60399 फँदाउनु प्रे. क्रि. २. फाँद्न वा फँदाउन लगाउनु।
60400 फकडा ना. १. जोगी।