Dictionary

All Word

60501 फच्छ्याउनु स.क्रि. फच्च्याउनु।
60502 फजित ना. १. गर्न थालेको काम असफल भएर हुने बेचैनी; हैरानी।
60503 फजित ना. २. कुनै आपत्ति आइलाग्ने अवस्था; सङ्कट।
60504 फजित ना. ३. चारित्रिक वा क्रियात्मक गल्तीले गर्दा हुने बदनामी; अबगाल।
60505 फजिती ना. फसाद; मुस्किल।
60506 फजिर ना. बिहान।
60507 फजुल वि. १. व्यर्थको; बिनसित्तिको।
60508 फजुल वि. २. आवश्यकताबाहिरको; चाहिनेभन्दा बढी।
60509 फजुल खर्च ना. चाहिनेभन्दा बढी खर्च हुने काम; व्यर्थको व्यय; बिनसित्तिको खर्च।
60510 फजुल खर्ची वि. चाहिनेभन्दा बढी खर्च गर्ने; बिनसित्तिको खर्च गर्ने; अपव्ययी।
60511 फट् ना. १. तन्त्रशास्त्रअनुसार मन्त्रसँगै वा मन्त्र पढिसकेपछि भनिने शब्द।
60512 फट् ना. २. अघमर्षण, अङ्गन्यास, करन्यास आदिको एक अनुकरणशब्द।
60513 फट ना. १. पराजय; हार।
60514 फट ना. वि. २. अलग्ग; फुट्टा; छुट्टा।
60515 फटक्क क्रि.वि. १. उफ्रेर नाघ्ने किसिमले; फड्कने गरी।
60516 फटक्क क्रि.वि. २. कुनै वस्तु निफन्दा औँलाले नाङ्लाका पछाडि हानेको शब्द आउने गरेर।
60517 फटफट क्रि.वि. १. चराचुरुङ्गीले पखेटा चलाउँदा शब्द निस्कने गरी; भटभट।
60518 फटफट क्रि.वि. २. पशुहरूले कान हल्लाउँदा आवाज आए झैँ; फ्याटफ्याट।
60519 फटफट क्रि.वि. ३. कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी।
60520 फटफट क्रि.वि. ४. लामा-लामा फड्का हालेर हिँड्ने किसिमले; फटाफट।
60521 फटफट क्रि.वि. ५. चाँडोचाँडो कुनै काम गर्ने वा बोल्ने गरी।
60522 फटफटती क्रि.वि. फटफटको छिटो चालसँग।
60523 फटफटाइ ना. फटफटाउने क्रिया वा प्रक्रिया।
60524 फटफटाइनु क.क्रि. फटफट पारिनु; फटफटाउन लाइनु।
60525 फटफटाउनु अ.क्रि. १. चराचुरुङ्गीले पखेटा चलाउँदा वा गाईबस्तुले कान चलाउँदा शब्द निस्कनु।
60526 फटफटाउनु अ.क्रि. २. हडबडमा पर्नु; हतपताउनु।
60527 फटफटाउनु अ.क्रि. ३. तुलबुल लाग्नु; फिटिफिटी हुनु।
60528 फटफटिनु अ.क्रि. १. हडबड हुनु; हतपत हुनु।
60529 फटफटिनु अ.क्रि. २. तुलबुली लाग्नु; फिटिफिटी पर्नु।
60530 फटफटिनु अ.क्रि. ३. कुनै कामबाट अलग्ग हुन खोज्नु।
60531 फटफटी क्रि.वि. फटफटती।
60532 फटफट्याइ ना. फटफटिने क्रिया वा प्रक्रिया।
60533 फटा ना. हे. फणा।
60534 फटाइँ ना. १. फाटो गराउने काम।
60535 फटाइँ ना. २. फटाहा चाल; धूर्तता।
60536 फटाइ ना. फाट्ने क्रिया वा प्रक्रिया।
60537 फटाइनु क.क्रि. फाट्ने पारिनु; फटाउन लाइनु।
60538 फटाउनु प्रे. क्रि. १. फाट्ने पार्नु; फाट्न लगाउनु।
60539 फटाउनु प्रे. क्रि. स.क्रि. २. मिलेका दुई वा अधिक वस्तुलाई अलग पार्नु; छुट्ट्याउनु।
60540 फटाउनु प्रे. क्रि. ३. मिलेका दुई वा दुईभन्दा बढी व्यक्तिमा बेमेल गराउनु; फाटो गराउनु।
60541 फटाउनु प्रे. क्रि. ४. च्यात्नु; फार्नु।
60542 फटाउनु प्रे. क्रि. ५. धाँदो पार्नु; चिरा पार्नु।
60543 फटाटोप ना. १. सर्पले फणा फुलाउने काम।
60544 फटाटोप ना. २. सर्पले फणा फुलाए झैँ गरी अरूलाई तर्साउने काम।
60545 फटाटोप ना. ३. देखावटी तडकभडक; आडम्बर।
60546 फटाफट क्रि.वि. १. लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी।
60547 फटाफट क्रि.वि. २. कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग।
60548 फटाहा वि. १. साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए-नभएको कुरा गर्ने।
60549 फटाहा वि. २. झुटो बोल्ने; नचाहिँदा गफ हाँक्ने।
60550 फटाहा वि. ३. झुटो काम वा व्यवहारद्वारा सोझासिधा जनतालाई दुःख दिने (व्यक्ति)।