Dictionary

All Word

60551 फटाही वि. १. व्यर्थका झूटा गफ हाँक्ने।
60552 फटाही वि. २. झुटो बोल्ने; साँचो व्यवहार नगर्ने (स्त्री)।
60553 फटिक ना. काँच जस्तै पारदर्शी सेतो पत्थर; फट्टिक।
60554 फटेङ्ग्रो ना. उफ्रेर वा फड्केर हिँड्ने लामा - लामा खुट्टा भएको एक जातको किरो; फट्याङ्ग्रो।
60555 फट्कनु स.क्रि. १. कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु।
60556 फट्कनु स.क्रि. २. उइँटा वा धनुद्वारा कपास धुनु।
60557 फट्कनु स.क्रि. ३. अन्नहरू नाङ्लाले निफन्नु।
60558 फट्कनु स.क्रि. ४. धोइएका लुगा झट्कार्नु र त्यसमा भएको पानीको अंश फ्याँक्नु।
60559 फट्कनु स.क्रि. ५. लुगा आदिमा टाँसिएको धुलो झड्कारेर फ्याँक्नु।
60560 फट्कनु स.क्रि. अ.क्रि. ६. उफ्रेर जानु; फड्को हाल्नु।
60561 फट्कनु स.क्रि. ७. उछिट्टिनु; उम्कनु।
60562 फट्काइ ना. फट्कने क्रिया वा प्रक्रिया।
60563 फट्काइनु क.क्रि. फट्कन लगाइनु।
60564 फट्काउनु प्रे. क्रि. फट्कन लगाउनु।
60565 फट्कार्नु स.क्रि. १. कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु।
60566 फट्कार्नु स.क्रि. २. भिजेको वा धुलो लागेको लुगा टकटक्याएर पानी वा धुलो झार्नु।
60567 फट्कार्नु स.क्रि. ३. अमिलो, पिरो आदिको स्वाद पाउँदा जिभ्रो बजाउनु; जिभ्रो छिटछिटो चलाउनु।
60568 फट्कार ना. १. फटकार्ने काम; हप्काइ; हप्की।
60569 फट्कार ना. २. लुगा टकटक्याउने काम; झट्कार।
60570 फट्कार ना. ३. कुनै कुरामा तिरस्कार गरिने चाल।
60571 फट्काराइ ना. फट्कार्ने क्रिया वा प्रक्रिया।
60572 फट्कारिनु क.क्रि. फट्कार्ने काम गरिनु।
60573 फट्किनु क.क्रि. १. फट्कने काम गरिनु; नाघिनु।
60574 फट्किनु क.क्रि. स.क्रि. / अ.क्रि. २. फट्कनु।
60575 फट्किरी ना. खल्लो एवं टर्रो स्वादको मिस्रीजस्तो एक प्रकारको खनिज पदार्थ; फिट्किरी।
60576 फट्के ना. १. सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेछ्याएर तर्न सकिने बनाइएको साँघु।
60577 फट्के ना. २. गाईबस्तुले नाघ्न नसक्ने मानिसचाहिँ उक्लेर फड्कन सक्ने गरी गौँडागल्छेँडामा लगाइएको बार।
60578 फट्के ना. ३. जग्गाजमिन, कागजपत्र आदिको एउटै तह भए पनि क्रम छुट्टिएर रहेको खण्ड वा भाग; किनारा; छेउ।
60579 फट्के ना. वि. ४. फड्कोसम्बन्धी; फड्केर हिँड्ने; फड्केर गर्ने वा गरिने।
60580 फट्के साँघु ना. सानातिना खोलामा लामालामा काठ तेर्छ्र्याएर बनाइएको साँघु; फट्के।
60581 फट्केका साक्षी ना. कागजका छेउमा जनाइएका साक्षी।
60582 फट्को ना. १. टाढाटाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस प्रकारको पाइलोचलाइ ; फड्को।
60583 फट्को ना. २. मुटु आदिको दुरत गतिको चाल; धड्कन।
60584 फट्को ना. ३. भित्री व्यथाद्वारा हुने छटपटी; उँभर्को; खरो।
60585 फट्ट क्रि.वि. १. फट्कने वा नाघ्ने गरी।
60586 फट्ट क्रि.वि. २. कुनै वस्तु फुट्ताका शब्द निस्केर।
60587 फट्ट क्रि.वि. ३. कुनै काम चाँडोभन्दा चाँडो गरिहाल्ने किसिमसँग।
60588 फट्टफट्ट क्रि.वि. क्रमिक रूपमा फट्ट हुने गरी।
60589 फट्टा वि. १. कुन लिखत वा कागतलाई प्रभावहीन तथा बेप्रमाणको बनाउन च्याती रद्दी पारिएको; फटाइएको।
60590 फट्टा वि. २. फिर्ता लिइएको।
60591 फट्टा वि. ना. ३. परस्परको व्यवहार मिलिसकेपछि कुनै कागतपत्र फार्ने वा च्यात्ने काम।
60592 फट्टा वि. ४. त्यसरी च्यातिएको तमसुक आदि कागतपत्र।
60593 फट्टाइ ना. फाट्ने क्रिया वा प्रक्रिया।
60594 फट्टाइ ना. फट्टाउने भाव, क्रिया वा प्रक्रिया।
60595 फट्टाइनु क.क्रि. फट्टिने पारिनु।
60596 फट्टाउनु प्रे.क्रि. १. फट्टिने पार्नु।
60597 फट्टाउनु प्रे.क्रि. स.क्रि. २. जोडिएको वा टाँसिएको वस्तुलाई अलिक वरपर पार्नु; छुट्ट्याउनु।
60598 फट्टिक ना. हे. फटिक।
60599 फट्टिनु अ.क्रि. १. दोब्रिएका धातुका कडा वस्तु नलेप्सिईकन रहनु।
60600 फट्टिनु अ.क्रि. २. चिरिएका काठ, ढुङ्गा आदि अलिक टाढा हुनु।