Dictionary

All Word

60201 प्रेमकटारी ना. सुर्ती, गाँजा आदि काट्ने काममा ल्याइने, बाङ्गो आकारको धारिलो फलामे साधन।
60202 प्रेमधप्के ना. ठुला र लाम्चा पात हुने, हिमाली भेकमा उम्रने एक जातको रुख नीलवृक्ष।
60203 प्रेमपात्र वि. आफूलाई ज्यादै मन परेको, प्यारो, आत्मीय।
60204 प्रेमपात्र वि. ना. २. प्यारो मानिस प्रिय व्यक्ति।
60205 प्रेमपाश ना. प्रेमको कसाइ वा बन्धन, प्रेमका कारणले उत्पन्न भएको बन्धन।
60206 प्रेमबन्धन ना. प्रेमपाश।
60207 प्रेमालाप ना. प्रेमपूर्वक गरिने कुराकानी वा बातचि।
60208 प्रेमालाप ना. २. प्रेमीप्रेमिकाका बिचमा हुने प्रेमसम्बन्धी कुराकानी।
60209 प्रेमालाप ना. ३. तरुनी र तन्नेरी अथवा प्रेमीप्रेमिका वा पतिपत्नीका बिचमा प्रेम व्यापारलाई लिएर हुने कुराकानी।
60210 प्रेमालिङ्गन ना. प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने अँगालो, प्रेमासक्त वा कामासक्त भएर स्त्रीपुरुषले परस्परमा गर्ने आलिङ्गन।
60211 प्रेमाश्रु ना. प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आफ्नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि उम्लिएर आएको प्रेम वा हर्षले गर्दा निक्लेको आँसु, हर्षाश्रु।
60212 प्रेमास्पद वि. प्रेम भएको, प्रेमवाला प्रेमयुक्।
60213 प्रेमिका ना. आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी।
60214 प्रेमी ना. आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष, प्रियतम।
60215 प्रेमी ना. वि. २. प्रेम भएको, प्रेमयुक्।
60216 प्रेमी ना. ३. माया बसेको, पिरती गाँसिएको।
60217 प्रेमी ना. ४. स्नेही आत्मीय।
60218 प्रेय वि. धेरै मन पर्ने अति प्रिय प्रिय।
60219 प्रेय वि. ना. २. प्रिय वस्तु मन परेको विषय, व्यक्ति वा वस्तु।
60220 प्रेयसी ना. प्रियतमा, प्रेमिका।
60221 प्रेरक वि. कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने, प्रेरणा दिने, उत्तेजक।
60222 प्रेरक वि. २. कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने, ठेल्ने।
60223 प्रेरक वि. ३. पेल्ने।
60224 प्रेरक तत्त्व ना. नृतत्त्व - शास्त्रअनुसार, प्रेरित गर्ने वस्तु, विषय, गुण, धर्म आदि।
60225 प्रेरणा ना. कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह।
60226 प्रेरणा ना. २. मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना।
60227 प्रेरणा ना. 3. उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन, उद्दीपन।
60228 प्रेरणार्थक वि. कसैलाई कुनै विषय वा उद्देश्यप्रति प्रवृत्त वा उत्तेजित गराउने।
60229 प्रेरणार्थक वि. २. व्याकरणमा गर्न लगाउने' भन्ने अर्थ व्यक्त गर्ने क्रियाव्यापार (गराउनु, हलाउनु, छोपाउनु इ.) सँग सम्बन्धित, त्यस्तो क्रियाव्यापार जनाउने।
60230 प्रेरणार्थक क्रिया ना. व्याकरणअनुसार क्रियाको व्यापार, कसैका प्रेरणाबाट भएको भनी सूचित गर्ने क्रियाको रूप (जस्तै- गराउनु, भनाउनु इ.)।
60231 प्रेरणीय वि. प्रेरणा दिन वा लिन लायक प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य।
60232 प्रेरित वि. प्रेरणा गरिएको, कामविशेषमा प्रवृत्त गराइएको उत्तेजि।
60233 प्रेरित वि. २. पेलिएको, ठेलिएको, घचेटिएको।
60234 प्रेषक वि. कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने।
60235 प्रेषक वि. ना. २. त्यस्तो काम गर्ने व्यक्ति।
60236 प्रेषण ना. कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम।
60237 प्रेषण ना. २. कसैलाई कुनै विषयमा प्रेरणा दिने काम।
60238 प्रेषण ना. ३. विचार वा भावको अभिव्यक्ति, सम्प्रेषण।
60239 प्रेषण पत्र ना. पठाउन ठिक पारिएको वा पठाइने पत्र।
60240 प्रेषण पत्र ना. २. कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र।
60241 प्रेषणीय वि. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य।
60242 प्रेषणीय वि. २. कसैलाई कुनै कार्यविशेषमा प्रेरणा दिन योग्य।
60243 प्रेषणीयता ना. कुनै लेखक वा विचारकले आफ्ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने क्रिया वा प्रक्रिया।
60244 प्रेषणीयता ना. २. अभिव्यक्ति - धर्म, सम्प्रेषणीयता।
60245 प्रेषित वि. कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको।
60246 प्रेषित वि. २. कसैलाई कुनै कार्यविशेषमा प्रेरित गरिएको।
60247 प्रेषितव्य वि. हे. प्रेषणीय।
60248 प्रेष्य वि. पठाउन योग्य।
60249 प्रेष्य वि. २. पठाउन सकिने।
60250 प्रेष्यता ना. प्रेष्य हुनाको भाव वा स्थिति; दूतत्व।