Dictionary

All Word

60251 प्रेष्या ना. नोकरचाकर सेवक।
60252 प्रेष्या ना. २. दू।
60253 प्रेष्या ना. ३. हलकारा।
60254 प्रेस ना. किताब, समाचार आदि छाप्ने यन्त्र।
60255 प्रेस ना. २. उक्त यन्त्रसमेत भएको छपाइघर, मुद्रणालय।
60256 प्रेस ना. ३. पटुवा आदिको ठुलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र, जुटप्रेस।
60257 प्रेस ना. ४. त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र।
60258 प्रेस ना. ५. समाचार।
60259 प्रेस ना. ६. समाचारपत्र।
60260 प्रेस काउन्सिल ना. पत्रपत्रिकाको हित तथा विकासका निम्ति गठित समिति।
60261 प्रेस काउन्सिल ना. २. समाचार समिति, संवाद समिति।
60262 प्रेसरकुकर ना. ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्कन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्केभाँडो बाफौडी।
60263 प्रेस रिपोर्ट ना. समाचारपत्रमा छपाउन तयार गरिएको खबर आदि संवाद।
60264 प्रेस रिपोर्टर ना. समाचारपत्रमा छपाउनका लागि खबरहरू सङ्कलन गर्ने व्यक्ति, संवाददाता।
60265 प्रेसवक्तव्य ना. पत्रपत्रिकामा छाप्नका निम्ति पत्रकार भेला गरी दिइएको वक्तव्य।
60266 प्रेसवक्तव्य ना. २. पत्रकारहरूले प्रचार गरून् भनी मुद्रित रूपमा वितरण गरिएको वक्तव्य।
60267 प्रेसविज्ञप्ति ना. कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी।
60268 प्रेससचिव ना. राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस- सेक्रेटरी)।
60269 प्रेससम्मेलन ना. सम्मेलने प्रेस वक्तव्य सुन्न निम्त्याइएका पत्रकारहरूसहित सो वक्तव्य दिने पक्षका व्यक्तिहरूसमेतको मेला।
60270 प्रेसिडेन्ट ना. कुनै संस्था, सभा वा समितिको प्रधान व्यक्ति, अध्यक्ष, सभापति।
60271 प्रेसिडेन्ट ना. २. गणतान्त्रिक राष्ट्रको राष्ट्रपति।
60272 प्रोजेक्टर ना. सिनेमा, भिडिओ, स्लाइड, बाइस्कोप आदि देखाउने यन्त्र।
60273 प्रोजेक्टर ना. २. प्रकाश फैलाउने यन्त्र।
60274 प्रोज्ज्वल वि. खुब चम्किलो, ज्यादै उज्यालो, तेजस्वी।
60275 प्रोटिन ना. सम्पूर्ण जीवित प्राणीको सुपोषणका निम्ति आवश्यक तथा एमिनो नामक अम्लबाट निर्मित एक पोष्य तत्त्व (मासु, भटमास आदिमा धेरै पाइने )।
60276 प्रोत्साह ना. प्रबल उत्साह, हौसला, ठुलो उम्मेद।
60277 प्रोत्साह ना. २. जाँगर।
60278 प्रोत्साहक वि. कसैलाई कुनै कार्यविशेषमा प्रोत्साहन दिने वा उत्साह बढाइदिने।
60279 प्रोत्साहन ना. कसैलाई कुनै कार्यविशेषप्रति उत्साह एवं हौसला बढाइदिने क्रियाप्रक्रिया; उत्साह।
60280 प्रोत्साहित वि. खुबसँग उत्साह बढाइएको, हौसला बढाइएको, प्रोत्साहन दिइएको।
60281 प्रोप्राइटर ना. कुनै उद्योगधन्दाको संस्थापक एवं सञ्चालक।
60282 प्रोफेसर ना. प्राध्यापक (पहिलो दर्जाको)।
60283 प्रोषित वि. परदेशमा गएर बसेको ; प्रवासी।
60284 प्रोषितपतिका ना. पति परदेशमा बसेका कारणले दुःखित भएकी स्त्री प्रोषितभर्तृका।
60285 प्रोषितभर्तृका ना. प्रोषितपतिका।
60286 प्रोषितभर्तृका ना. २ नायिकाका भेदहरूमध्ये एक।
60287 प्रौढ वि. राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको प्रवृद्ध।
60288 प्रौढ वि. २. युवावस्था पार गरेको; तिसदेखि पचास वर्षभित्रका अवस्थाको।
60289 प्रौढ वि. ३. धेरै अनुभव भएको पाको।
60290 प्रौढ वि. ४. परिपक्व।
60291 प्रौढ वि. ५. बलवान्, शक्तिशाली।
60292 प्रौढ वि. ६. निपुण, चतुरो।
60293 प्रौढ वि. ७. गम्भीर, गूढ।
60294 प्रौढ वि. ना. ८. परिपक्व उमेर भएको व्यक्ति प्रबुद्ध व्यक्ति।
60295 प्रौढ वि. ९. तान्त्रिकहरूमा चलेको चौबिस अक्षरबाट बनेको मन्त्र।
60296 प्रौढता /त्व ना. प्रौढ बन्नका निम्ति आवश्यक गुण एवं स्वभाव।
60297 प्रौढ विद्यालय ना. प्रौढ अवस्थामा पुगेका स्त्रीपुरुषहरूलाई शिक्षा दिने पाठशाला।
60298 प्रौढ शिक्षा ना. प्रौढ व्यक्तिहरूलाई दिइने वा त्यस्ता व्यक्तिले लिने शिक्षा।
60299 प्रौढ साक्षरता ना. प्रौढ व्यक्तिहरूलाई अक्षर चिनाएर साक्षर तुल्याउने क्रिया वा कार्यक्रम।
60300 प्रौढ सङ्गठन ना. प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति गठन गरिएको वा प्रौढ व्यक्तिहरू मिलेर बनाइएको सङ्गठन।