Dictionary

All Word

60301 प्रौढा ना. तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री, तिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री।
60302 प्रौढा ना. २. शृङ्गाररसअनुसार नायकलाई यौनतृप्ति दिन ज्यादै चतुर स्त्री।
60303 प्रौढा ना. वि. ३. प्रौढ अवस्थामा पुगेकी।
60304 प्रौढा अधीरा ना. आफ्ना नायकमा परस्त्रीसमागमका चिह्नहरू देखेर प्रत्यक्ष रूपमा रिस गर्ने नायिका।
60305 प्रौढा धीरा ना. आफ्ना नायकमा परनायिकाका साथ भएका विलासका चिह्नहरू देखेर व्यङ्ग्यपूर्वक रिस गर्ने नायिका।
60306 प्रौढा धीराधीरा ना. आफ्ना पुरुषमा परनायिकासँग समागम भएका प्रत्यक्ष चिह्नहरू देखेर केही व्यङ्ग्य र केही प्रत्यक्ष रूपमा र गर्ने नायिका।
60307 प्रौढि ना. व्यक्तिमा निहित शक्ति, सामर्थ्य।
60308 प्रौढि ना. २. पूर्ण रूपले भएको वृद्धि, परिपक्वता।
60309 प्रौढि ना. ३. साहस, आँट, हिम्म।
60310 प्रौढि ना. ४. धृष्टता ढिटोपन।
60311 प्रौढोक्ति ना. स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ, प्रबल उक्ति।
60312 प्रौढोक्ति ना. २. नाहक कतै उत्कर्षका कारणको कल्पना गर्दा हुने एक अर्थालङ्कार।
60313 प्रौद्योगिक वि. विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित, ठुलठुला उद्योगसँग सम्बन्ध रहेको।
60314 प्रौद्योगिक वि. २. विज्ञान एवं उद्योगमूलक विषयसँग सम्बन्धि।
60315 प्रौद्योगिक शिक्षा ना. विशिष्ट किसिमले दिइने वा लिइने कलात्मक एवं व्यावहारिक शिक्षा, रचनात्मक एवं निर्माणात्मक शिक्षा।
60316 प्रौद्योगिकी ना. प्राविधिक ज्ञान वा सिप।
60317 प्रौद्योगिक हस्तान्तरण ना. प्राविधिक सम्बन्धी ज्ञान वा सिपको आदानप्रदान।
60318 प्लट ना. कथा, उपन्यास, नाटक, काव्य, महाकाव्य आदिको मुख्य कथावस्तु, कथासार।
60319 प्लट ना. २. षड्यन्त्र।
60320 प्लट ना. ३. जमिनको सम्म परेको ठुलो भाग चक्ला।
60321 प्लवन ना. पानीमा खेलिने पौडी खेल।
60322 प्लवन ना. २. उफ्रने क्रिया वा प्रक्रिया।
60323 प्लवन ना. ३. फाल हाल्ने क्रिया वा प्रक्रिया।
60324 प्लवन ना. ४. पानीभित्रको डुबाइ, पानीद्वारा भएको डुबाइ।
60325 प्लाइउड ना. पेलेर बनाइएको, पातलो र फराकिलो पत्रदार काठ।
60326 प्लाजा ना. सहरका बिचमा रहेको खुला ठाउँ, चोक।
60327 प्लाटिपस ना. स्तनधारी जीवहरूको समूह, सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव, पानीमा बस्ने, बिस इन्च लामो, हाँसको चुच्चोजस्तो थुतुनु हुने, अस्ट्रेलिया, तसमानिया, न्युगिनी आदिमा पाइने जन्तुविशेष।
60328 प्लाटुन ना. सेनाको एक विभाग, सेनामुख।
60329 प्लाव ना. बाढी।
60330 प्लाव ना. २. डुबाइ।
60331 प्लाव ना. ३. डुबुल्की।
60332 प्लावन ना. पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया।
60333 प्लावन ना. २. जलप्रलय, जलाम्मे हुने क्रिया वा प्रक्रिया।
60334 प्लावित वि. डुबेको वा डुबाइएको, पानीमा चोपलेको।
60335 प्लास्टर ना. घरको भित्तो भुइँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम।
60336 प्लास्टर ना. २. भाँचिएका अङ्गहरूमा सिमन्टी, कपडा आदिले बाँधेर कसिलो पार्ने काम।
60337 प्लास्टिक ना. विभिन्न उपयोगमा आउने अथवा भाँडा, थैला आदि बनाउन काम लिइने एक रासायनिक पदार्।
60338 प्लास्टिक सर्जरी ना. क्षतविक्षत छालालाई शल्यक्रियाद्वारा दुरुस्त गर्ने अभ्यास वा सिप नराम्रो रूपलाई राम्रो बनाउने प्रक्रिया।
60339 प्लिडर ना. वकिल।
60340 प्लिडर ना. २. कसैका तर्फबाट बहस वा वादविवाद गर्ने व्यक्ति; अधिवक्ताभन्दा तल्लो तहको वकिल अभिवक्ता।
60341 प्लुत वि. माथि उफ्रिएको।
60342 प्लुत वि. २. तीन मात्रा भएको (स्वर वा वर्ण)।
60343 प्लुत वि. ३. पानी आदिले ढाकिएर जलाम्मे भएको।
60344 प्लुत वि. ना. ४. डुब्ने वा भिज्ने क्रिया।
60345 प्लुत वि. ५. उफ्रने वा फाल हान्ने क्रिया।
60346 प्लुत गति ना. उफ्रेर हिँड्ने क्रिया, भ्यागुतो उफ्राइ।
60347 प्लेग ना. एक किसिमको भयानक सङ्क्रामक रोग।
60348 प्लेग ना. २. उपियाँ, मुसा आदिबाट मानिसमा फैलिई काखी, खुट्टाका जोर्नी आदिमा डल्लो निस्केर त्यसको वेदनाले ज्वरो आई मृत्यु हुने एक रोग; महामारी।
60349 प्लेट ना. अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी।
60350 प्लेट ना. २. फोटो, मुद्रण-सामग्री आदिको नेगेटिभ आउने काँच, प्लास्टिक, कागज आदिको पातो।