Dictionary

All Word

60151 प्रीतिभोज ना. बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आफ्ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज।
60152 प्रुफ ना. छापाखानामा पुस्तकपुस्तिकाहरू छान्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना।
60153 प्रुफ ना. २. प्रमाण, सबु।
60154 प्रुफ मेसिन ना. प्रुफ उतार्ने यन्त्र।
60155 प्रुफ रिडर ना. प्रुफमा रहेका अशुद्धि संशोधन गर्ने व्यक्ति।
60156 प्रुफ रिडिङ ना. प्रुफमा रहेका अशुद्धिको संशोधन।
60157 प्रेक्षक वि. देख्ने वा हेर्ने दर्शक।
60158 प्रेक्षक वि. ना. २. सभा - सम्मेलनमा सदस्यता प्राप्त नभएको भए तापनि चासो राख्ने कारणले हेर्नवर्नका लागि विशेष रूपमा निम्त्याइएको व्यक्ति।
60159 प्रेक्षण ना. हेर्ने वा देख्ने काम हेराइ, देखाइ।
60160 प्रेक्षण ना. २. आँखा, नेत्र।
60161 प्रेक्षण ना. ३. तमासा दृश्य।
60162 प्रेक्षणीय वि. हेर्न योग्य देख्न लायक; दर्शनीय।
60163 प्रेक्षा ना. हेर्ने वा देख्ने काम।
60164 प्रेक्षा ना. २. दृश्य।
60165 प्रेक्षा ना. ३. बुद्धि, प्रज्ञा।
60166 प्रेक्षा ना. ४. शोभा, सुषमा।
60167 प्रेक्षागृह ना. राजामहाराजाहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर।
60168 प्रेक्षागृह ना. २. नाट्यशाला, नाचघर।
60169 प्रेक्षालय ना. प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा।
60170 प्रेक्षालय ना. २. नाटकको अभिनय आदि गर्नका निम्ति बनाइएको रङ्गमञ्च।
60171 प्रेक्षालय ना. ३. दृश्यावलोकनका निम्ति बनाइएको घर।
60172 प्रेक्षालय ना. ४. आफ्ना देश विभिन्न स्थानका उद्योग, व्यवसाय आदिबाट तयार पारिएका मालसामान, चित्र तथा तथ्याङ्कहरू राखिएको घर, समीक्षालय।
60173 प्रेक्षित वि. राम्ररी हेरिएको वा देखिएको।
60174 प्रेङ्खण वि. कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया।
60175 प्रेङ्खण वि. २. डोली।
60176 प्रेङ्खण वि. ३. झोलुङ्गो, कोक्रो।
60177 प्रेङ्खण वि. ४. पिङ।
60178 प्रेङ्खा ना. पिङ।
60179 प्रेङ्खा ना. २. डोली।
60180 प्रेत वि. मरेको, स्वर्गे भएको, मृ।
60181 प्रेत वि. ना. २. मानिस मरिसकेपछि प्राप्त हुने कल्पित योनि।
60182 प्रेत वि. ३. मृतक व्यक्तिको आत्मा मृतात्मा।
60183 प्रेत वि. ४. पिशाचको जस्तो एक जुनी।
60184 प्रेत वि. ५. भयङ्कर आकारको मानिस।
60185 प्रेत वि. ६. दुष्ट मानिस।
60186 प्रेतकर्म/कार्य/कृत्य ना. मृतक प्रेतयोनिबाट मुक्त होस् भनी गरिने दाहसंस्कार आदिदेखि सपिण्डीसम्मका कर्म।
60187 प्रेतगृह ना. मसान; चिहान।
60188 प्रेतता ना. प्रेतत्व।
60189 प्रेतत्व ना. प्रेतको अवस्था वा धर्म।
60190 प्रेतत्व ना. २. मृत्यु मरण; निधन।
60191 प्रेतदेह ना. मरेदेखि लिएर सपिण्डी नगरेसम्म मृतकले धारण गर्ने दयनीय वा भयङ्कर लाग्ने कल्पित शरीर।
60192 प्रेतपिण्ड ना. दाहसंस्कार गरेदेखि लिएर सपिण्डीसम्म प्रेतका उद्देश्यले दिइने पिण्ड।
60193 प्रेतभूमि ना. मसान, स्मशान, प्रेतगृह।
60194 प्रेतलोक ना. यमलोक।
60195 प्रेतविद्या ना. तन्त्रमन्त्र आदिद्वारा प्रेतात्मालाई बोलाएर त्यससित प्रश्नोत्तर गर्ने, प्रेतलाई काम आदि गर्न लगाउने, एक तान्त्रिक विद्या, धम्यौली।
60196 प्रेतश्राद्ध ना. मरेदेखि लिएर वर्ष दिनसम्म प्रेतका उद्देश्यले गरिने श्राद्ध।
60197 प्रेताशौच ना. मरेका व्यक्तिको आशौच, मानिस मर्दाखेरि बारिने वा लाग्ने जुठो।
60198 प्रेम ना. कुनै विषय वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता, अनुराग।
60199 प्रेम ना. २. रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री-पुरुषमा परस्पर हुने अनुराग, प्यार, प्रीति।
60200 प्रेम ना. ३. कृपा दया माया।