Dictionary

All Word

60001 प्राप्त मनोरथ वि. इच्छापूर्ण भएको इच्छा पुगेको, सन्तुष्ट।
60002 प्राप्त यौवन वि. युवा अवस्थामा पुगेको, नौजवान तन्नेरी उमेरको।
60003 प्राप्तव्य वि. पाउनुपर्ने; पाउन लायक; प्राप्त गर्न योग्य।
60004 प्राप्ताङ्क ना. परीक्षामा निर्धारित पूर्णाङ्कअनुसार परीक्षार्थीले प्राप्त गरेको अङ्क वा नम्बर।
60005 प्राप्ताङ्क तालिका ना. प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखेर राखिने फाराम।
60006 प्राप्ताङ्क सूची ना. प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखिएको सूची।
60007 प्राप्ताधिकार ना. कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार, कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा।
60008 प्राप्ताधिकार ना. वि. २. अख्तियारप्राप्त; अख्तियारवाला।
60009 प्राप्ति ना. प्राप्त हुने क्रिया; पाउने काम।
60010 प्राप्ति ना. २. फायदा, लाभ, उपलब्धि।
60011 प्राप्ति ना. ३. कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया।
60012 प्राप्ति ना. ४. आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक।
60013 प्राप्तिकर्ता ना. कुनै वस्तु वा विषय प्राप्त गर्ने व्यक्ति; प्राप्तकर्ता।
60014 प्राप्य वि. पाउन सकिने; प्राप्त गर्न योग्य।
60015 प्राप्य वि. २. पाइने पाउनुपर्ने।
60016 प्राप्यक ना. मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र, मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल।
60017 प्राबल्य ना. बलियोपना, दरिलो अवस्था, प्रबलता।
60018 प्रामाणिक वि. कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको, सबुतबाट ठहरिएको।
60019 प्रामाणिक वि. २. ठिक, सत्य।
60020 प्रामाणिक वि. ३. प्रमाणसम्बन्धी प्रमाण भएको।
60021 प्रामाणिक वि. ४. कानुनले प्रमाणित गरेको वा मान्यताप्राप्त (कुरा, ग्रन्थ, नाप, तौल आदि)।
60022 प्रामाणिक समय ना. देशको केन्द्रीय मध्याह्नरेखाको आधारमा निकालिएको मुख्य समय।
60023 प्रायः / प्राय वि. समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द (जस्तै- नष्टप्राय, कष्टप्राय)।
60024 प्रायः / प्राय वि. ना. २. मृत्यु मरण।
60025 प्रायः / प्राय वि. ३. कुनै कार्यसिद्धिका निम्ति अनशन बस्ने क्रिया।
60026 प्रायः / प्राय वि. ४. सबभन्दा ठुलो अंश वा भाग।
60027 प्रायः / प्राय वि. ५. आधिक्य, विपुलता।
60028 प्रायः / प्राय वि. ६. जीवनको अवस्था।
60029 प्रायः / प्राय वि. क्रि.वि. ७. धेरै मात्रामा धेरैजसो अक्सर, पुग नपुग झन्डै।
60030 प्रायद्वीप ना. तीनतिर पानीले घेरिएको स्थलभाग, प्रायद्वीप, प्रायद्वीप।
60031 प्रायश: क्रि.वि. प्रायः।
60032 प्रायश्चित्त ना. गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य, आफूले ठुलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य।
60033 प्रायश्चित्त ना. २. भुल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य।
60034 प्रायश्चित्ती वि. प्रायश्चित्त गर्ने।
60035 प्रायोजक वि. प्रायोजन गर्ने व्यक्ति वा संस्था।
60036 प्रायोजन ना. अन्य संस्था वा व्यक्तिका कार्यक्रम सञ्चालनमा आर्थिक आदि दायित्व वहन गर्ने प्रक्रिया।
60037 प्रायोगिक वि. प्रयोग गरिने।
60038 प्रायोगिक वि. २. प्रयोगसम्बन्धी प्रयोगको।
60039 प्रायोगिक वि. ३. क्रियात्मक, व्यावहारिक।
60040 प्रायोगिक वि. ४. प्रयोगबाट प्राप्त हुने।
60041 प्रारब्ध वि. कुनै कार्यविशेषको आरम्भ गरिएको, थालिएको आरब्ध।
60042 प्रारब्ध वि. ना. २. भाग्य, किस्म।
60043 प्रारब्ध वि. 3. पूर्वजन्मको मानिने कर्मको फल।
60044 प्रारब्धी वि. प्रारब्ध भएको, राम्रो भाग्य भएको, भाग्यवान्।
60045 प्रारम्भ ना. कुनै कार्यविशेषको आरम्भ, सुरु, थालनी, श्रीगणेश।
60046 प्रारम्भिक वि. प्रारम्भ-सम्बन्धी प्रारम्भको सुरुको।
60047 प्रारम्भिक वि. २. प्रारम्भमा हुने, गरिने वा गर्नुपर्ने अवस्था, कार्य, योजना इ.)।
60048 प्रारूप ना. पहिलो रूप पहिले भएको रूप।
60049 प्रारूप ना. २. खेसा, मस्यौदा।
60050 प्रारूप ना. ३. कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा।