Dictionary

All Word

59901 प्राणहारी वि. प्राण लिने प्राण हरण गर्ने ना. २. प्राणघातक तत्त्व विष।
59902 प्राणाधार ना. प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब।
59903 प्राणाधार ना. २. प्राणका आधारभूत प्रियतम, पति।
59904 प्राणान्त ना. प्राणको हुन लागेको अन्त्य वा नाश, मृत्यु मरण।
59905 प्राणान्त ना. २. ठुलो सङ्कट वा कष्ट, प्राणसङ्कट।
59906 प्राणान्त ना. वि. ३. मरणान्त, मलन्ति।
59907 प्राणान्तक वि. प्राणको अन्त्य गर्ने, प्राण हरण गर्ने; ज्यान लिने।
59908 प्राणान्तक वि. ना. २. यमराज।
59909 प्राणायाम ना. श्वासप्रश्वासका गतिलाई नियमित पार्ने क्रिया; योगका आठ अङ्गहरूमध्ये एक।
59910 प्राणायामी वि. श्वासप्रश्वासलाई नियमित राख्ने, प्राणायाम गर्ने।
59911 प्राणी वि. प्राण भएको, प्राणयुक्त, सास भएको।
59912 प्राणी वि. ना.।
59913 प्राणी भूगोल ना. विभिन्न स्थानका जीवजन्तुको अध्ययन गर्ने भूगोल।
59914 प्राणीविज्ञान ना. विभिन्न जीवजन्तुको परिचय एवं वैज्ञानि विश्लेषण गरिएको शास्त्र, जीवविज्ञान।
59915 प्राणीशास्त्र ना. विभिन्न जीवजन्तुका सम्बन्धमा विश्लेषणात्मक परिचय दिने शास्त्र, प्राणीविज्ञान।
59916 प्राणेश्वर ना. प्राणरूपी देवता; पति, स्वामी।
59917 प्राणेश्वर ना. २. परम प्रिय व्यक्ति प्रियतम प्रेमी।
59918 प्राणेश्वर ना. ३. शैथिल्य वा अन्त्य अवस्थामा खुवाइने एक प्रकारको प्रसिद्ध आयुर्वेदीय औषधी।
59919 प्राणेश्वरी ना. प्राणरूपी देवी, स्त्री पत्नी।
59920 प्राणेश्वरी ना. २. प्रियतमा, प्रेमिका।
59921 प्राणोत्सर्ग ना. प्राणत्याग, मृत्यु।
59922 प्रातः ना. बिहानीपखको समय; प्रातःकाल।
59923 प्रातः ना. क्रि.वि. २. सबेरै, सखारै बिहानै।
59924 प्रातःकर्म ना. प्रातःकालमा गरिने नित्यकर्म, प्रातःकृत्य।
59925 प्रातःकाल ना. बिहानको समय, प्रभा।
59926 प्रातःकालिक वि. प्रातःकालसम्बन्धी ; प्रातःकालको।
59927 प्रातःकालीन वि. प्रातःकालको, प्रभातकालीन, बिहानी।
59928 प्रातःकृत्य ना. प्रातःकालमा गरिने कर्म।
59929 प्रातः सन्ध्या ना. बिहान गरिने सन्ध्या वा जप।
59930 प्रातः सन्ध्या ना. २. बिहानको समय।
59931 प्रातः स्नान ना. बिहान गरिने स्नान।
59932 प्रातःस्मरण ना. प्रातःकालमा गरिने देवता वा पूज्य व्यक्तिको स्मरण।
59933 प्रातःस्मरणीय वि. प्रातःकालमा सम्झन लायक।
59934 प्रातःस्मरणीय वि. २. आदरणीय मननीय सम्मान्य।
59935 प्रातिनूतनाश्मयुग ना. आजभन्दा पचास लाखदेखि चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग, मानवयुग प्रारम्भ भएका सम युग।
59936 प्रातिपदिक ना. क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द; मूलपदमा अर्को कुनै तत्त्व थपिइसकेपछिको (नाम, विशेषण आदि शब्दको) अवस्था।
59937 प्राथमिक वि. सुरुको थालनीको प्रथम तहको शिक्षासम्बन्धी।
59938 प्राथमिक वि. २. पहिलेको, प्रथम 3 सबभन्दा बढी महत्त्व को सबभन्दा पहिलो क्रममा आउने।
59939 प्राथमिक उद्योग ना. सुरु-सुरुमा गरिने सानोतिनो वा प्रारम्भिक उद्योग।
59940 प्राथमिक उपचार ना. . चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार, प्रारम्भिक स्तरको उपचार (फस्ट एड); प्रथमोपचार।
59941 प्राथमिक उपचार ना. २. उक्त उपचारसम्बन्धी औषधी।
59942 प्राथमिक उपचार बाकस ना. प्राथमिक उपचारका सामग्रीहरू राखिने बाकस।
59943 प्राथमिक काल ना. कुनै निश्चित समयका तीन खण्डमध्ये पहिलो खण्ड वा निश्चित समयका तीन भागमध्ये पहिलो भाग प्रारम्भिक काल।
59944 प्राथमिकता ना. कार्य, व्यक्ति वा वस्तुलाई प्राप्त हुने पहिलो स्थान वा अवसर, अग्रावसर, अग्राधिकार।
59945 प्राथमिकता सूची ना. योग्यता, दर्जा, गुण आदिका क्रमले पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने क्रम वा सूची; आवश्यकताअनुसार क्रमैले राखिने कार्य वा त्यसको सूची।
59946 प्राथमिक वर्ग ना. वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी, शाखामृगका लागि एक सामूहिक संज्ञा, शाखामृग।
59947 प्राथमिक विद्यालय ना. ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला, एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको विद्यालय, प्राथमिक पाठशाला।
59948 प्रादुर्भाव ना. कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया।
59949 प्रादुर्भाव ना. २. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव।
59950 प्रादुर्भाव ना. ३. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम।