Dictionary

All Word

59851 प्राज्ञ परिषद् ना. विश्वविद्यालयको शिक्षण-प्रशिक्षण आदिका क्रियाकलापसँग सम्बन्धित विनियम निर्माण गर्ने उच्चस्तरीय प्राज्ञिक समिति।
59852 प्राज्ञी ना. विशिष्ट प्रतिभा एवं विद्वत्ता भएकी स्त्री अत्यन्त दक्ष बुद्धि भएकी आइमाई, विदुषी।
59853 प्राञ्जल वि. परिष्कृत, शुद्ध।
59854 प्राञ्जल वि. २ नम्र, विनम्र, हात जोडेको, भद्र।
59855 प्राञ्जलि / प्राञ्जली वि. दुई हातका दसै औंला जोडेको, अञ्जलि बाँधेको, बद्धाञ्जलि।
59856 प्राञ्जलि / प्राञ्जली वि. ना. २. अँजुली, दुई हातको खोचो, अञ्जलि।
59857 प्राड्विवाक ना. न्यायाधीश, न्यायकर्ता।
59858 प्राड्विवाक ना. २. कुनै विशेष मुद्दामाथि न्याय अन्यायको विचार गरी उक्त मुद्दा छिन्नका निम्ति सरकारका तर्फबाट नियुक्त गरिएको व्यक्ति वा विचारपति, न्यायाधीश।
59859 प्राण ना. शरीरभित्र रहेको जीवनको आधारभूत वायु शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)।
59860 प्राण ना. २. हावा, वायु।
59861 प्राण ना. ३. सास, श्वास, पौन।
59862 प्राण ना. ४. ज्यान; जीवन।
59863 प्राण ना. ५. जीव आत्मा।
59864 प्राण ना. ६. शक्ति, सामर्थ्य।
59865 प्राण ना. ७. परब्रह्म।
59866 प्राण ना. ८. ज्यादै प्रिय वा आत्मीय व्यक्ति।
59867 प्राणकष्ट ना. प्राण जाने वा मर्ने बेलामा हुने कष्ट, मरणकालको यातना वा वेदना।
59868 प्राणघात ना. जीवहत्या; ज्यानहरण।
59869 प्राणघातक वि. प्राण लिने, ज्यानमारा।
59870 प्राणत्याग ना. प्राण छाड्ने काम, मर्ने क्रिया, मृत्यु।
59871 प्राणद ना. पानी।
59872 प्राणद ना. २. रगत रक्त; रुधिर।
59873 प्राणद ना. वि. ३. प्राण दिने; प्राण राखिदिने।
59874 प्राणदण्ड ना. ठुलठुला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिइने ज्यानको सजाय मृत्युदण्ड, ज्यानसजाय।
59875 प्राणदाता वि. कसैको ज्यान बचाइदिने, मृत्यून्मुख स्थितिबाट जोगाइदिने प्राण दिने; जीवनदान दिने।
59876 प्राणदान ना. मृत्युबाट बचाउने काम; ज्यान जोगाउने क्रिया; जीवनदान।
59877 प्राणधन ना. प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति।
59878 प्राणधन ना. २. अत्यन्त प्यारो व्यक्ति।
59879 प्राणधारण ना. प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह।
59880 प्राणधारण ना. २. जीवनशक्ति।
59881 प्राणधारण ना. ३. बाँच्ने क्रिया।
59882 प्राणधारण ना. ४. सनातनी विश्वासअनुसार, मरेका व्यक्तिले ढिकुरो उठेका दिनदेखि प्रेतयोनि त्याग गरी कुनै प्राणीको अर्को जुनीमा प्रवेश गर्ने क्रिया।
59883 प्राणधारी ना. प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिज आदि जीवधारण गर्ने प्राणी, वनस्पतिलगायत प्राणधारी कुनै पनि सृष्टि जीव प्राणी।
59884 प्राणनाथ ना. प्राणका नाथ, लोग्ने, पोइ, पति।
59885 प्राणनाथ ना. २ प्रेमी; प्रियतम।
59886 प्राणनाथ ना. ३. यमराज धर्मराज।
59887 प्राणपखेरु ना. प्राणरूपी पक्षी, प्राण नै पक्षी।
59888 प्राणपखेरु ना. २. आत्मा जीवतत्त्व।
59889 प्राणप्रण ना. ज्यान हत्केलामा राखेर काम गरिने प्रक्रिया; प्राणको बाजी; ज्यानको बाजी।
59890 प्राणप्यारी वि. प्राण जस्तै प्यारी ज्यादै आत्मीया, गहिरो माया बसेकी।
59891 प्राणप्यारी वि. ना. २. स्वास्नी पत्नी।
59892 प्राणप्यारो वि. प्राण जस्तै प्यारो, ज्यादै आत्मीय ज्यादै मायालु।
59893 प्राणप्यारो वि. ना. २. प्राणधन; लोग्ने; पति।
59894 प्राणप्रतिष्ठा ना. कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने क्रिया, मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने काम।
59895 प्राणप्रतिष्ठा ना. २. तन्त्रमन्त्रद्वारा मृतकको देहमा भएको मानिने, प्राणको पुनः प्रवेश।
59896 प्राणप्रिय वि. प्राणसमान प्यारो, ज्यादै प्यारो, प्रियतम।
59897 प्राणप्रिय वि. ना. २. लोग्ने; पति, श्रीमान्।
59898 प्राणप्रिया वि. ज्यादै प्यारी, प्राणभन्दा पनि प्यारी, प्राणजत्तिकै प्यारी।
59899 प्राणप्रिया वि. ना. २. स्वास्नी पत्नी।
59900 प्राणवायु ना. शरीरभित्र रहेको जीवनको आधारभूत वायु, जीवनाधार वायु।