Dictionary

All Word

59701 प्रहरी विभाग ना. २. प्रहरी सेवाअन्तर्गतको कुनै पनि तहको विभाग।
59702 प्रहरी सेवा ना. प्रहरीको जागिर।
59703 प्रहरी सेवा पद ना. प्रहरीसेवामा अविछिन्न रूपले बाह्र वर्षसम्म सेवा गर्ने प्रहरीलाई गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
59704 प्रहर्ष ना. मनोकामना पूरा भएर वा अरू त्यस्तै खुसियालीका कारणले गर्दा मनमा भएको ठुलो हर्ष, अत्यधिक प्रसन्नता, हार्दिक प्रफुल्लता।
59705 प्रहर्षण ना. मनमा भएको ठुलो हर्ष, अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया, हार्दिक प्रफुल्लता।
59706 प्रहर्षण ना. २. हर्षबाट उत्पन्न भएको रोमाञ्च।
59707 प्रहर्षण ना. ३. इच्छा पूर्ति हुँदा हुने हर्षोल्लासको स्थिति।
59708 प्रहर्षण ना. ४. प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
59709 प्रहर्षिणी ना. भगण, नगण, जगण, रगण तथा एक गुरु भएको अतिजगती छन्दको एक भेद।
59710 प्रहर्षित वि. अत्यन्त हर्षित, अतिप्रसन्न।
59711 प्रहर्षित वि. २. अत्यन्त रोमाञ्चित ज्यादै पुलकि।
59712 प्रहसन ना. ज्यादै ठुलो हाँसो, गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया।
59713 प्रहसन ना. २. ठट्टा; दिल्लगी; ख्याल।
59714 प्रहसन ना. ३. हास्यरस प्रधान भएको रूपकको एक भेद।
59715 प्रहसित वि. खुबसित हाँसेको, ज्यादै हाँसेको।
59716 प्रहसित वि. २. हाँसो गरिएको, परिहास गरिएको।
59717 प्रहसित वि. ३. ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको।
59718 प्रहार ना. लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघा।
59719 प्रहार ना. २. मार्ने काम हत्या; वध।
59720 प्रहारक वि. लट्ठी, हतियार आदिले हान्ने, प्रहार गर्ने, मार्ने (व्यक्ति)।
59721 प्रहारक वि. ना. २. त्यस्तो प्रहार गर्ने साधन (लट्ठी, हतियार आदि)।
59722 प्रहारकर्ता वि. प्रहार गर्ने वा मार्ने काम गर्ने।
59723 प्रहारकर्ता वि. ना. २. हानमार गर्ने व्यक्ति।
59724 प्रहारी वि. प्रहार गर्ने, हानमारको काम गर्ने, प्रहारक।
59725 प्रहारी वि. २. आक्रमणकारी।
59726 प्रहारी वि. ३. योद्धा, लडाकु।
59727 प्रहार्य वि. हतियार आदिले प्रहार गर्न योग्य मार्न लायक।
59728 प्रहार्य वि. २. हरण गर्न योग्य, अपहरण गर्न लायक।
59729 प्रहास ना. खित्का छाडेर हाँसिएको हाँसो, खितखिती।
59730 प्रहास ना. २. उपहास, हेलाँ।
59731 प्रहास ना. ३. निन्दा, तिरस्कार।
59732 प्रहासक वि. ज्यादै हँसाउने, खित्का छोडीछोडी हाँस्नुपर्ने स्थिति उत्पन्न गर्ने।
59733 प्रहासी वि. हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने।
59734 प्रहासी वि. २. ठट्टा गर्ने, ख्याल गर्ने।
59735 प्रहासी वि. ना. ३. नाटकमा हाँसो उत्पन्न गर्ने पात्र विदूषक।
59736 प्रहासी वि. ४. पुडे, ढँटुवारे।
59737 प्रहृत वि. कसैमाथि हतियार आदिले हानिएको आह।
59738 प्रहृत वि. २. हतियार आदि फ्याँकेर हानिएको हतियार आदि हातबाट छोडेर हानिएको।
59739 प्रहृष्ट वि. अति प्रसन्न, ज्यादै प्रफुल्ल, प्रमुदित रमाएको, खुसी भएको (चित्त)।
59740 प्रहेलिका ना. पहेली, अड्को।
59741 प्रह्लाद ना. दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो।
59742 प्रह्लाद ना. २. ठुलो आनन्द वा प्रसन्नता।
59743 प्रह्लाद ना. ३. प्रमोद, हर्ष, खुसी।
59744 प्रह्लादन ना. खुसी पार्ने क्रिया वा प्रक्रिया, प्रसन्न तुल्याउने क्रिया वा प्रक्रिया, हर्षोल्लास गराउने क्रिया वा प्रक्रिया।
59745 प्रह्लादन ना. वि. २. मनलाई प्रफुल्लित गराउने, खुसी दिलाउने, आनन्दित पार्ने; हर्षित गराउने।
59746 प्रह्लादित वि. प्रसन्न तुल्याइएको, खुसी गराइएको, हर्षित तुल्याइएको, आनन्दित गराइएको।
59747 प्राइभेट वि. सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको निजी व्यक्तिगत भित्रिया।
59748 प्राइभेट कम्पनी ना. कुनै सरकारी वा अर्धसरकारी सङ्घ एवं संस्थासँग सम्बन्ध नरहेको निजी वा व्यक्तिगत उद्यम स्वकीय कारोबारसम्बन्धी स्थापना।
59749 प्राइभेट फर्म ना. सरकार वा कुनै सङ्घ-संस्थासँग सम्बन्धित व्यक्ति वा व्यक्ति समूहसँग सम्बन्ध रहेको उद्योगशाला, निजी उद्योगशाला।
59750 प्राइभेट सेक्रेटरी ना. निजी सचिव पी. ए.।