Dictionary

All Word

59601 प्रस्तावन ना. २. कुनै पुस्तक वा ग्रन्थको भूमिका, उपोद्घात, प्राक्कथन।
59602 प्रस्तावन ना. ३. नाटकमा मुख्य कथाको अभिनय हुनुभन्दा पहिले सूत्रधार र नटीको कथोपकथनमार्फत वा अन्य कुनै उपायले नाटकबारे सङ्क्षिप्त वा सूक्ष्म रूपमा प्रकाश पारिने, नाटकको एक अवस्थाविशेष।
59603 प्रस्तावित वि. प्रस्तावका रूपमा आएको, प्रस्तुत गरिएको योजना गरिएको।
59604 प्रस्तावित वि. २. सुरु गरिएको आरम्भ गरिएको।
59605 प्रस्तावित वि. ३. भनिएको वर्णन गरिएको।
59606 प्रस्तुत वि. कुनै कार्यविशेषका निम्ति तयार रहेको उद्य।
59607 प्रस्तुत वि. २. कुनै विचार, विमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको, प्रस्तावि।
59608 प्रस्तुत वि. ३. कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको हाजिर गराइएको।
59609 प्रस्तुत वि. ४. तयार पारिएको, ठिक्क पारिएको; रिटिक्क।
59610 प्रस्तुत वि. ५. भनिएको कथित उक्।
59611 प्रस्तुत वि. ६. स्तुति गरिएको, प्रशंसा गरिएको, प्रशंसि।
59612 प्रस्तुत वि. ७. चर्चा उठाइएको वा चलाइएको, प्रासङ्गिक, सान्दर्भिक।
59613 प्रस्तुत वि. ८. सुरु गरिएको, थालिएको, आरब्ध।
59614 प्रस्तुताङ्कुर ना. एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा घट्ता हुने एक अर्थालङ्कार।
59615 प्रस्तुति ना. सभामा कुनै प्रस्ताव पेस गर्ने काम, कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया।
59616 प्रस्तुति ना. २. प्रशंसा, गुणगान स्तुति।
59617 प्रस्तुतिकर्ता वि. प्रस्तुति गर्ने।
59618 प्रस्तुतिकर्ता वि. २. प्रशंसा गर्ने।
59619 प्रस्तुतीकरण ना. कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य।
59620 प्रस्तुतीकरण ना. २. कुनै वस्तु वा विषय राम्ररी तयार गरेर प्रभावकारी ढङ्गबाट जनसमक्ष ल्याउने काम उपस्थित गराइ।
59621 प्रस्तुतीकरण ना. ३. कुनै लेख, रचना, प्रवचन आदिलाई प्रभावपूर्ण तरिकाले जनसमक्ष पेस गर्ने काम, पेसगराइ, दाखिला।
59622 प्रस्तोता ना. कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति प्रस्तुतिकर्ता।
59623 प्रस्तोता ना. २. प्रशंसा गर्ने व्यक्ति; प्रशंसक।
59624 प्रस्तोता ना. ३. सामवेदका गायक।
59625 प्रस्थ ना. . एक प्रकारको भर्ने साधन, पाथी।
59626 प्रस्थ ना. २. बस्ती; स्थल (जस्तो- इन्द्रप्रस्थ )।
59627 प्रस्थ ना. ३. बसाइ, आश्रम (जस्तो- वानप्रस्थ)।
59628 प्रस्थान ना. एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा।
59629 प्रस्थान ना. २. ठिक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने कारण परेमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम पाइतोसराइ।
59630 प्रस्थान ना. ३. युद्धका निम्ति यात्राको आरम्भ।
59631 प्रस्थापक वि. कसैलाई वा केही कुरालाई कतैतिर पठाउने।
59632 प्रस्थापक वि. २. राम्ररी स्थापना गर्ने वा युक्तिपूर्वक राख्ने।
59633 प्रस्थापन / प्रस्थापना ना. कुनै वस्तु वा व्यक्तिलाई पठाउने कार्य।
59634 प्रस्थापन / प्रस्थापना ना. २. स्थापना वा युक्तिपूर्वकको रखाइ।
59635 प्रस्थापन / प्रस्थापना ना. 3. कुनै पद, मत, व्यक्ति, वस्तु आदिको स्थायित्व प्राप्ति।
59636 प्रस्थापन / प्रस्थापना ना. ४. स्थापित हुने क्रियाप्रक्रिया।
59637 प्रस्थापन / प्रस्थापना ना. ५ कार्यसिद्धि सिद्धि।
59638 प्रस्थापन / प्रस्थापना ना. ६. सरकारको विधायिका अङ्गमा जनप्रतिनिधिसमक्ष विधेयकको प्रस्तुतीकरण।
59639 प्रस्थापित वि. पठाइएको प्रेषित गरिएको।
59640 प्रस्थापित वि. २. स्थापना गरिएको वा युक्तिपूर्वक राख्ने काम गरिएको।
59641 प्रस्थापित वि. ३. संसद्, राष्ट्रिय सभा आदि विधायक स्थलमा जनप्रतिनिधिका सामुन्ने प्रस्तावका रूपमा अग्रसर गरिएको।
59642 प्रस्थापित वि. ४. प्रस्तुत गरिएको पेस गरिएको।
59643 प्रस्थायी वि. एक ठाउँबाट अर्को ठाउँमा जाने; प्रस्थान गर्ने।
59644 प्रस्थित वि. एक ठाउँबाट अर्का ठाउँमा गएको प्रस्थान गरेको।
59645 प्रस्थित वि. २. प्रस्थानका निम्ति तयार भएको।
59646 प्रस्थित वि. ३. विशेष रूपले रहेको; दृढ भएर रहेको।
59647 प्रस्थिति ना. प्रस्थान; यात्रा; गमन।
59648 प्रस्थिति ना. २. वस्तुको विशेष स्थिति।
59649 प्रस्फुट वि. फूल आदि फुलेको वा फक्रिएको, प्रफुल्ल, विकसि।
59650 प्रस्फुट वि. २. निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट।