Dictionary

All Word

59751 प्राइममिनिस्टर ना. मन्त्रिमण्डल वा मन्त्रिपरिषद्को प्रमुख, प्रधानमन्त्री।
59752 प्राइमर ना. . कुनै पाठ्यवस्तु वा विषयको प्रारम्भ गर्नका लागि लेखिएको पुस्तक।
59753 प्राइमर ना. २. प्राथमिक तहको पाठ्यपुस्तक।
59754 प्राइमरी वि. प्रारम्भिक, प्राथमिक, सुरुको।
59755 प्राइमरी वि. ना. २. प्राथमिक पाठशाला।
59756 प्राइमरी स्कुल ना. प्राथमिक पाठशाला; प्राथमिक विद्यालय।
59757 प्राक् वि. सबैभन्दा पहिलेको, सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै- प्राक्कथन, प्राक्कल्पना, प्राङ्मुख, प्रागैतिहासिक इ.)।
59758 प्राक् वि. २. अगिल्तिरको सामुन्नेको।
59759 प्राक् वि. ३. पूर्वको पूर्वीय।
59760 प्राकार ना. सहर वा किल्ला आदिको सुरक्षाका चारैतिर लगाइएको अग्लो पर्खाल, प्राचीर।
59761 प्राकृत वि. प्रकृतिसम्बन्धी, प्रकृतिको प्राकृतिक।
59762 प्राकृत वि. २. संस्कार नगरिएको वा नभएको, असंस्कृत, कोरा।
59763 प्राकृत वि. ३. अकृत्रिम, सहज; स्वाभाविक; सहजसाध्य।
59764 प्राकृत वि. ४. सामान्य, साधारण; नैसर्गिक।
59765 प्राकृत वि. ना. ५. संस्कृत भाषाको प्रचलनपछाडि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा।
59766 प्राकृत वि. ६. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाका रूपमा चलेको भाषा; कथ्यसंस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा आएका प्राकृत भाषाका मुख्य भेदहरू सात छन् - मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य )।
59767 प्राकृत पोखरा ना. डाँडैडाँडा, नदीनाला, वनबगैँचा आदि प्रकृतिले रमाइलो रहेको ताल।
59768 प्राकृत पोखरा ना. २. गण्डकी अञ्चलको कास्की जिल्ला वा पश्चिमाञ्चल क्षेत्रको सदर मुकाम पोखरालाई दिइएको एक संज्ञा।
59769 प्राकृत पोखरा ना. ३. सोही नामको एउटा काव्य।
59770 प्राकृतिक वि. प्रकृतिसम्बन्धी, प्रकृतिको।
59771 प्राकृतिक वि. २. सहज स्वाभाविक नैसर्गिक अकृत्रिम।
59772 प्राकृतिक वि. 3. प्रकृतिबाट उत्पन्न।
59773 प्राकृतिक वि. ४. भौतिक, सांसारिक।
59774 प्राकृतिक चिकित्सा ना. प्राकृतिक साधन, कसरत, व्यायाम आदिबाट गरिने उपचार वा विधि।
59775 प्राकृतिक चुनाउ ना. डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य, एक जातिबाट भिन्न प्रजातिको विकास हुने एक कारण।
59776 प्राकृतिक विकास ना. प्रकृतिसँग सम्बन्धित विभिन्न सम्पदाको वृद्धि वा विस्तार गरिने वा हुने क्रिया।
59777 प्राकृतिक विकास ना. २. डार्बिनका अनुसार प्राकृतिक चुनाउले गर्दा प्राणीमा आउने प्रजातीय परिवर्तन।
59778 प्राकृतिक विज्ञान ना. प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र।
59779 प्राकृतिक विज्ञान ना. २. विशुद्ध विज्ञान (भौतिकी, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र आदि)।
59780 प्राकृतिक सन्तुलन ना. जीवजन्तु र वनस्पतिका बिच सबैको सहअस्तित्वका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत र साधनक समुचित उपभोगको अवस्था।
59781 प्राक्कथन ना. कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका प्रस्तावना, उपोद्घात; लेखकीय।
59782 प्राक्कर्म ना. कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म।
59783 प्राक्कर्म ना. २. बिहानै गरिने नित्यकर्म।
59784 प्राक्कर्म ना. ३. पूर्वजन्ममा गरिएको कार्य।
59785 प्राक्कलन ना. पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल।
59786 प्राक्कलन ना. २. आयव्ययको प्रारूप।
59787 प्राक्कल्पना ना. कुनै खासखास तथ्यहरूको सङ्कलनद्वारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान; अनुकल्पना शोधको सैद्धान्तिक आधार।
59788 प्राक्कल्पना ना. हाइपोथेसिस (अ.)।
59789 प्राक्काल ना. धेरै पहिलेको समय पूर्वकाल।
59790 प्राक्काल ना. २. प्राचीन समय।
59791 प्राक्काल ना. ३. सभ्यताको जन्म हुनुभन्दा पहिलेको समय, पुरातनकाल।
59792 प्राक्काल ना. ४. प्रागैतिहासिक समय।
59793 प्राक्कालिक वि. धेरै वर्षअगिको पहिले भएको, प्राचीन, पुरानो, प्राक्कालीन।
59794 प्राक्कालीन वि. प्राक्कालिक।
59795 प्राक्टिस ना. कुनै विषयमा गरिने अभ्यास, प्रयोग, रफ।
59796 प्राक्टिस ना. २. डाक्टरले डिग्री हासिल गरिसिध्याएपछि गरिने प्रायोगिक उपचार।
59797 प्राक्टिस ना. ३. वकिल आदिले न्यायिक छलफल आदिमा वादी र प्रतिवादीको पक्ष लिएर अदालतमा बहस आदिमा भाग लिने पेसा।
59798 प्राक्तन वि. पहिलेको, उहिले, आदिम प्राचीन।
59799 प्राक्तन वि. २. पुरानो समयको पुरानो।
59800 प्रागैतिहासिक वि. इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको, इतिहास लेखिनुभन्दा पहिलेको क्रमबद्ध इतिहासभन्दा पूर्वकालको।