Dictionary

All Word

59801 प्राग्भाषिक वि. भाषाको उत्पत्ति हुनुभन्दा अघिको, भाषाको जन्म नहुँदैको; भाषाको उद्‍गमभन्दा पहिलेको।
59802 प्राङ्गण ना. आँगन।
59803 प्राङ्गण ना. २. सानो खालको ढोल वा ढोलकी।
59804 प्राङ्गार ना. पत्थर कोइला, हीरा आदि अँगारधर्मी वस्तु कार्बन।
59805 प्राङ्गार ना. २. पातपतिङ्गरको सडेको रूप।
59806 प्राङ्गार युग ना. प्राङ्गारको सृष्टि भएको युग आजभन्दा ति करोड वर्षपहिले चलेको युग।
59807 प्राङ्गारिक वि. प्राङ्गारसम्बन्धी।
59808 प्राङ्गारिक वि. २. प्रागार भइसकेपछिको।
59809 प्राङ्गारिक मल ना. पातपतिङ्गर खाडलमा कुहाएर गाउँघरमै तयार गरिएको मल, घरेलु मल।
59810 प्राङ्गारिक मल ना. २. मलका रूपमा प्रयोग गरिएको प्राङ्गार।
59811 प्राङ्न्याय ना. कुनै वादीप्रतिवादीका बिचमा परेका मुद्दाको निर्णय भइसकेपछि सोही अदालतमा तिनै वादीप्रतिवादीका बिचमा पुनः नयाँ मुद्दा पर्न गएमा अदालतले दिएको पहिलो निर्णय।
59812 प्राचार्य ना. महाविद्यालय, विश्वविद्यालय आदिका प्रधान प्राध्यापक, कलेजका प्रशासक, प्रमुख प्राध्यापक प्रिन्सिपल।
59813 प्राची ना. पूर्व दिशा, पूर्व।
59814 प्राचीन वि. धेरै दिन पहिलेको; पूर्वीय, पौरस्त्य।
59815 प्राचीन वि. २. धेरै पुरानो पुरातन।
59816 प्राचीन वि. ३ धेरै पहिलेको समयमा बनेको, भएको वा रहेको।
59817 प्राचीन आर्य शाखा ना. भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य- इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो।
59818 प्राचीन आर्य शाखा ना. २. भारतवर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह, बाह्य आर्य।
59819 प्राचीनता ना. प्राचीन हुनाको भाव, गुण वा अवस्था, पुरानोपन, पुरातनता।
59820 प्राचीन स्मारक ना. ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्व का देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ, हस्तिहाड आदि तथा ताम्रपत्र, शिलापत्र, कनकपत्र, रजतपत्र, भोजपत्र, ताडपत्र आदि वस्तु र यस्ता वस्तुहरू रहेको ठाउँ।
59821 प्राचीन स्मारक ना. २. कलात्मक पुराना वस्तु वा सामग्री।
59822 प्राचीन स्मारक संरक्षण ऐन ना. पुरातात्त्विक वस्तुहरूको संरक्षण एवं संवर्द्धन गर्न र तिनलाई नियमित गर्नाका निम्ति तत्कालीन सरकारले २०१३ सालमा तयार गरेको ऐन।
59823 प्राचीर ना. सहर, किल्ला आदि स्थलको सुरक्षाका निम्ति चारैतर्फ बनाइएको अग्लो पर्खाल, प्राकार।
59824 प्राचुर्य ना. प्रचुर हुनाको भाव वा अवस्था प्रचुरता।
59825 प्राच्य वि. पूर्वको; पूर्वसम्बन्धी, पूर्वतिर रहेको वा भएको, पूर्वीय, पुर्बेली।
59826 प्राच्य वि. २. पहिलेको, पुरानो, पुरातन।
59827 प्राच्य वि. ३. सामुन्नेको अगिल्लो।
59828 प्राच्य वि. ना. ४. संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप, मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप।
59829 प्राच्य संस्कृत ना. प्राच्य (भाषा)।
59830 प्राजापत्य वि. प्रजापतिसम्बन्धी प्रजापतिको।
59831 प्राजापत्य वि. २. प्रजापतिद्वारा उत्पन्न।
59832 प्राजापत्य वि. ना. २. बाह्र दिनमा सम्पन्न हुने एक व्र।
59833 प्राजापत्य वि. ३. धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक।
59834 प्राजापत्य वि. ४. प्रजापतिको पद, अधिकार वा अधिकार क्षेत्र।
59835 प्राजापत्य विवाह ना. बाबु वा अभिभावकले कन्यादान गरी शास्त्रोक्त विधिले गरिदिने विवाह आठ प्रकारका विवाहमध्ये एक, ब्राह्मणविवाह।
59836 प्राजापत्य हस्त ना. पच्चिस अड्गुल बराबरको नाप।
59837 प्राज्ञ वि. प्रखर वा परिपक्व बुद्धि भएको, बुद्धिमान्।
59838 प्राज्ञ वि. २. अत्यन्त सिप भएको, ज्यादै सिपालु, दक्ष।
59839 प्राज्ञ वि. 3. अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति); विशिष्ट विद्वान्, पण्डित, विज्ञ।
59840 प्राज्ञ वि. ना. ४. नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य।
59841 प्राज्ञत्व ना. प्राज्ञ हुनाको भाव वा अवस्था; विद्वत्ता, पाण्डित्य।
59842 प्राज्ञत्व ना. २. कौशल, चातुर्य।
59843 प्राज्ञत्व ना. ३. बुद्धिमत्ता।
59844 प्राज्ञ परिषद् ना. प्राज्ञ व्यक्ति वा विशिष्ट विद्वान्हरूको समूह वा मण्डली।
59845 प्राज्ञ परिषद् ना. २. प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद्।
59846 प्राज्ञमन्य वि. आफूलाई विद्वान् वा धेरै बुद्धिमान् ठान्ने।
59847 प्राज्ञसभा ना. विद्वान्हरूको सभा।
59848 प्राज्ञसभा ना. २. नेपाल प्रज्ञाप्रतिष्ठानको सभा।
59849 प्राज्ञिक वि. प्राज्ञसम्बन्धी कौशल वा दक्षतायुक्।
59850 प्राज्ञिक वि. २. प्राज्ञद्वारा सम्पन्न हुने वा गरिने।