Dictionary

All Word

59651 प्रस्फुट वि. ३. बिरुवा आदि उम्रिएको।
59652 प्रस्फुट वि. ४. मनका क्रोध, हर्ष आदिको उदय भएको।
59653 प्रस्फुट वि. ना. ५. प्रस्फुटन।
59654 प्रस्फुटन ना. फूल आदि फुल्ने वा फक्रिने क्रिया, विकास।
59655 प्रस्फुटन ना. २. निस्कने वा प्रकट हुने क्रिया, प्रकट।
59656 प्रस्फुरण ना. निस्काइ, निक्लाइ।
59657 प्रस्फुरण ना. २. फुलाइ, फक्राइ।
59658 प्रस्फुरण ना. ३. फरफराइ फुराइ।
59659 प्रस्फुरण ना. ४ चम्काइ।
59660 प्रस्फुरण ना. ५. कँपाइ, कम्पन, प्रकम्पन।
59661 प्रस्फुरित वि. प्रस्फुरण भएको।
59662 प्रस्फोट/प्रस्फोटन ना. कुनै विस्फोटक पदार्थको फुटाइ वा पड्काइ।
59663 प्रस्फोट/प्रस्फोटन ना. २. फूल आदिको फुलाइ वा फक्राइ।
59664 प्रस्फोट/प्रस्फोटन ना. ३. निस्काइ वा निक्लाइ।
59665 प्रस्फोट/प्रस्फोटन ना. ४. चम्काइ वा प्रकाशन।
59666 प्रस्फोट/प्रस्फोटन ना. ५. निफनाइ छँटाइ।
59667 प्रसव/प्रसवण/प्रस्राव ना. निरन्तरको चुहाइ वा रसाइ तको।
59668 प्रसव/प्रसवण/प्रस्राव ना. २. निरन्तरको बहाइ वा बगाइ, प्रवाह, धारा।
59669 प्रसव/प्रसवण/प्रस्राव ना. ३. कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ।
59670 प्रसव/प्रसवण/प्रस्राव ना. ४. धारो।
59671 प्रसव/प्रसवण/प्रस्राव ना. ५. झर्ना, छाँगो, छहरो।
59672 प्रसव/प्रसवण/प्रस्राव ना. ६. वात्सल्य वा दुधको अधिकताले स्तनबाट चुहिरहने दुधको सिर्को।
59673 प्रसव/प्रसवण/प्रस्राव ना. ७. मूत्र; पिसाब।
59674 प्रसव/प्रसवण/प्रस्राव ना. ८. शरीरका भित्र रहने विभिन्न ग्रन्थिहरूबाट निस्कने रसिलो पदार्थ हर्मन (अ.)।
59675 प्रसुत वि. प्रसवका रूपमा आएको, चुहेको; रसाएको, टप्किएको।
59676 प्रसुत वि. २. झरेको; बगेको।
59677 प्रस्वेद ना. तरतरी चुहेको वा निस्केको पसिना।
59678 प्रस्वेद ना. २. स्वेद पसिना।
59679 प्रस्वेदन ना. पसिना तर्तरी चुहुने वा निस्कने क्रिया एवं प्रक्रिया, प्रस्वेदको राइ वा निस्काइ।
59680 प्रस्वेदित वि. तरतरती पसिना चुहेको वा निस्केको।
59681 प्रस्वेदी वि. पसिनाले तर भएको, तरतरी पसिना चुहेको वा निस्केको।
59682 प्रहर ना. दिनरातका आठ भागको एक भाग अहोरात्रको आठौं भाग तीन घण्टाको समय।
59683 प्रहर ना. २. पहर, याम।
59684 प्रहरक ना. पहरादार; पाले।
59685 प्रहरी ना. देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको सरकारी विभागको कर्मचारी, पुलिस।
59686 प्रहरी ना. २. उक्त विभाग।
59687 प्रहरी ना. ३. उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही।
59688 प्रहरी ना. ४. एक- एक पहरमा बदलिने पाले।
59689 प्रहरी ना. ५. पहरेदार; पाले।
59690 प्रहरी कर्मचारी ना. प्रहरी ऐनअन्तर्गत प्रहरीमा नियुक्त भएको वा दरिएको जवान।
59691 प्रहरी चौकी ना. शान्ति सुरक्षाका निम्ति आवश्यक परेका ठाउँमा राखिएको प्रहरीहरू रहने अड्डा।
59692 प्रहरी दीर्घसेवापट्ट ना. पच्चिस वर्षसम्म अविछिन्न रूपले प्रहरी- सेवामा काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
59693 प्रहरी नायब महानिरीक्षक ना. प्रहरी महानिरीक्षकपछिको पद वा दर्जा।
59694 प्रहरी निरीक्षक ना. प्रहरीतर्फको इन्स्पेक्टर।
59695 प्रहरी पराक्रम पदक ना. प्रहरी सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
59696 प्रहरी प्रतिवेदन ना. कुनै अशान्ति, अव्यवस्था, काटमार, लुटपिट आदिको राम्रो छानबिन गरी सम्बन्धित विभागमा प्रहरीले दिने प्रतिवेदन।
59697 प्रहरी फोर्स ना. देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपिट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न गराउनका निम्ति सरकारद्वारा गठन गरिएको वा शक्ति प्रदान गरिएको प्रहरीहरूको दल (पुलिसफोर्स)।
59698 प्रहरी महानिरीक्षक ना. प्रहरीतर्फका प्रमुख हाकिम (आई. जी. पी.)।
59699 प्रहरी रत्न ना. साहसी प्रहरीलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
59700 प्रहरी विभाग ना. प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग।