Dictionary

All Word

59501 प्रसवन्ती ना. प्रसव वेदनाले छोएकी स्त्री; प्रसव पीडा हुन थालेकी आइमाई, सुत्केरी हुने बेलाकी आइमाई।
59502 प्रसवपीडा ना. बच्चा पाउनुभन्दा केही अगाडिदेखि बच्चा जन्मिसक्तासम्म बच्चाकी आमालाई हुने कष्ट एवं दुखाइ, प्रसवव्यथा।
59503 प्रसव वेदना ना. प्रसव पीडा।
59504 प्रसव व्यथा ना. प्रसव पीडा।
59505 प्रसव स्थान ना. बालक जन्मिएको ठाउँ, (प्रसूति गृह, सुत्केरी कोठो इ.)।
59506 प्रसव स्थान ना. २. गुँड नीड।
59507 प्रसविता ना. जन्म दिने बाबु, जनक, पिता।
59508 प्रसवित्री ना. बालकको जन्म दिने आमा, जननी, माता।
59509 प्रसविनी वि. बालकको जन्म दिने, जन्माउने सुत्केरी।
59510 प्रसविनी वि. २. आमा।
59511 प्रसाद ना. मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था, स्वच्छता, निर्मलता।
59512 प्रसाद ना. २. मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति, प्रसन्नता।
59513 प्रसाद ना. ३. देउदेउतालाई चढाइएको वस्तु नैवेद।
59514 प्रसाद ना. ४. देवता वा पूज्य जनहरूले आफ्ना भक्तहरूलाई बाँड्ने खानेकुरो।
59515 प्रसाद ना. ५. काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण।
59516 प्रसाद ना. ६. कृपा, दया, अनुग्रह; निगाह।
59517 प्रसादी ना. देउदेउता वा पूज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्टान्न आदि।
59518 प्रसादी ना. २. पवित्र भोजन, नैवेद्य।
59519 प्रसादी ना. ३. आदरणीय व्यक्तिको जुठो - पुरो।
59520 प्रसाधक वि. रङरोगन, फूलमाला, लुगा कपडा आदि विविध सामग्रीद्वारा सिंगारपटार गर्ने, सजाउने, सिँगार्ने।
59521 प्रसाधक वि. २. कुनै काम परिश्रमका साथ सम्पन्न गर्ने, दुष्कर काम सिद्ध गर्ने।
59522 प्रसाधक वि. ना. ३. स्वामी वा राजालाई वस्त्र, आभूषण आदि पहिराइदिने व्यक्ति, पोसाके।
59523 प्रसाधन ना. राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार सजावट, शृङ्गार।
59524 प्रसाधन ना. २. कार्यसिद्धि गर्ने काम सम्पादन, प्रतिपादन, फत्ते; तामेली।
59525 प्रसाधन ना. ३. कपालकोराइ, केशविन्यास।
59526 प्रसाधन ना. ४. सिंगारपटार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु, शृङ्गारका सामग्री, शृगारसाधन।
59527 प्रसाधनी ना. केशप्रसाधनको साधन, काङ्गियो, पुष्पिका।
59528 प्रसाधिका ना. अर्काको प्रसाधनको काम गर्ने स्त्री सिँगारपटारको काम गरी जीविकोपार्जन गर्ने स्त्री।
59529 प्रसाधित वि. सिंगारपटार गरेर सजिसजाउ गरिएको, अलङ्कृत सिँगारिएको; सजाइएको।
59530 प्रसाधित वि. २ पूरा गरिएको सम्पादि।
59531 प्रसार ना. चारैतिर फैलिने वा फैलाउने काम, विस्तार, फैलावट।
59532 प्रसार ना. २. चारैतिर छरिने क्रिया; पसारो।
59533 प्रसार ना. 3. रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुयाउने वा फिँजाउने कार्य।
59534 प्रसार ना. ४. कुनै कुराको व्यापक प्रचार एवं चर्चा।
59535 प्रसारक वि. प्रसार गर्ने; चारैतिर फैलाउने वा फिँजाउने; पसारो पार्ने तन्काउने (व्यक्ति)।
59536 प्रसारण ना. व्यापक रूपमा फैलाउने वा फिँजाउने काम प्रचारप्रसार गर्ने क्रिया।
59537 प्रसारण ना. २. समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनद्वारा कतै पठाउने कार्य।
59538 प्रसारिणी वि. व्यापक रूपमा प्रसार गर्ने; चारैतिर फैलाउने कार्य गर्ने (स्त्री)।
59539 प्रसारित वि. प्रसार गरिएको चारैतिर फैलाइएको।
59540 प्रसारी वि. प्रसार गर्ने, चारैतिर फैलाउने।
59541 प्रसारी वि. २. निक्लने, उक्सने।
59542 प्रसार्य वि. प्रसार गर्न योग्य; चारैतिर फैलाउन लायक।
59543 प्रसिद्ध वि. असल वा खराब गुणमार्फत सबैजसोले थाहा कोठो इ.)।
59544 प्रसिद्ध वि. २. गुँड नीड।
59545 प्रसिद्ध वि. पाएको, सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्या।
59546 प्रसिद्ध वि. २. सिंगारपटार गरिएको; साजसज्जा गरिएको; अलङ्कृ।
59547 प्रसिद्ध वि. 3. नाउँ चलेको, नामुद।
59548 प्रसिद्ध वि. ४. सर्वपरिचि।
59549 प्रसिद्ध सेवापदक ना. दुई वर्ष अविच्छिन्न सेवा गर्ने शाही पार्श्ववतीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
59550 प्रसिद्धि ना. राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम, कीर्ति, ख्याति, सुयश, यश नामुदपन।