Dictionary

All Word

59401 प्रशान्त महासागर ना. संसारको सबैभन्दा ठुलो महासागर।
59402 प्रशासक ना. राज्य सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक, राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति।
59403 प्रशासक ना. वि. २. शासन गर्ने शासन चलाउने, शासनकर्ता।
59404 प्रशासकीय वि. प्रशासनसम्बन्धी।
59405 प्रशासकीय वि. २. प्रशासकसम्बन्धी।
59406 प्रशासकीय वि. ना. ३. प्रशासक वा प्रशासनसम्बन्धी कार्य वा दायित्व।
59407 प्रशासकीय कार्यविधि ना. प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका, प्रशासनिक व्यवस्था मिलाउने कार्यप्रणाली, प्रशासनका कामकारबाईको ढाँचा।
59408 प्रशासकीय नियन्त्रण ना. शासनप्रबन्धको नियन्त्रण गर्ने काम प्रशासनलाई आफ्नो अधीनमा राख्ने कार्य।
59409 प्रशासकीय परिषद् ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति गठित विशिष्ट व्यक्तिहरूको समूह।
59410 प्रशासकीय सहायक ना. मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुयाउने व्यक्ति।
59411 प्रशासकीय सहायक ना. २. कुनै कार्यालयका मुख्य प्रशासकभन्दा तल्लो तहको प्रशासक।
59412 प्रशासकीय सङ्गठन ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह।
59413 प्रशासन ना. कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध।
59414 प्रशासन ना. २. राज्य, जिल्ला, अञ्चल आदिको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य।
59415 प्रशासन कार्य ना. प्रशासन।
59416 प्रशासन कार्य क्षमता ना. प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउनका निम्ति आवश्यक योग्यता वा निपुणता, प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य।
59417 प्रशासन पत्र ना. इच्छापत्रहीन सम्पत्तिको प्रबन्ध गर्नका निम्ति प्रशासकलाई नियुक्त गरिएको, सर्वोच्च अदालत वा उच्च अदालतद्वारा जारी गरिएको आदेशपत्र।
59418 प्रशासन भङ्ग ना. आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासन व्यवस्था भङ्ग हुने स्थिति प्रशासनिक गडबडी।
59419 प्रशासनिक वि. प्रशासनसँग सम्बन्धित प्रशासनको।
59420 प्रशासन अङ्ग ना. . देशको मुख्य प्रशासनका अधीनमा रही त्यसलाई चारैतिरबाट सहयोग पुयाउन स्थापना गरिएका साना-साना प्रशासनिक निकाय वा कार्यालय।
59421 प्रशासन नगर ना. धेरैजसो प्रशासनका निकायहरू रहेको सहर, देश, जिल्ला आदिको सदर मुकाम।
59422 प्रशासन नगर ना. २. प्रशासनका अधीनमा बसाइएको वा व्यवस्था गरिएको सहर।
59423 प्रशासनीय वि. प्रशासन गर्नुपर्ने, प्रशासन गर्न लायक।
59424 प्रशासनीय वि. २. प्रशासनसँग सम्बन्ध राख्ने, राजकाजसित सम्बन्धित ( कार्य )।
59425 प्रशासित वि. प्रशासन गरिएको।
59426 प्रशासित वि. २. प्रशासकद्वारा अदपमा राखिएको।
59427 प्रशिक्षक ना. कुनै प्राविधिक विषयहरूको क्रियात्मक वा व्यावहारिक शिक्षा दिने व्यक्ति; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने शिक्षक, प्रशिक्षण दिने व्यक्ति; तालिमको पथप्रदर्शक।
59428 प्रशिक्षण ना. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने काम।
59429 प्रशिक्षण ना. २. प्राविधिक वा शिल्पगत शिक्षण।
59430 प्रशिक्षण ना. ३. प्रशासनिक कार्यविधि एवं अन्य व्यावहारिक विषयहरूको विशेष किसिमको शिक्षा।
59431 प्रशिक्षण केन्द्र ना. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ, प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको तालिम दिने ठाउँ।
59432 प्रशिक्षण क्याम्पस / महाविद्यालय ना. सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने महाविद्यालय (ट्रेनिङ कलेज)।
59433 प्रशिक्षण विद्यालय ना. सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने विद्यालय; प्राविधिक विद्यालय; तालिम स्कुल।
59434 प्रशिक्षणार्थी ना. प्राविधिक विषयमा तालिम लिइरहेका छात्र - छात्रा।
59435 प्रशिक्षा ना. प्रशिक्षण।
59436 प्रशिक्षा ना. २. तालिम, प्राविधिक शिक्षण।
59437 प्रशिक्षार्थी ना. प्रशिक्षण प्राप्त गर्न चाहने व्यक्ति; प्रशिक्षण प्राप्त गरिरहेका छात्र - छात्रा।
59438 प्रशिक्षित वि. प्रशिक्षा वा तालिम प्राप्त गरेको वा प्राप्त गराइएको।
59439 प्रशोधन ना. कच्चा, अशुद्ध एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम।
59440 प्रशोधित वि. शुद्ध, चोखो एवं परिष्कृत पारिएको, खारिएको; पखालिएको, प्रशोधन गरिएको।
59441 प्रश्न ना. कुनै कुराको उत्सुकता मेट्नका लागि अथवा उचित जवाफ पाउनका लागि कसैलाई सुनाइने शब्द, वाक्य वा वाक्य-समूह; सवाल।
59442 प्रश्न ना. २. त्यसै उद्देश्यले गरिने मुद्रा, हाउभाउ, साउती आदिको प्रदर्शनी।
59443 प्रश्न ना. ३. छात्रको योग्यता जाँच्नका लागि शिक्षणसंस्थाले तयार पारेको लिखित वा मौखिक सवाल।
59444 प्रश्न ना. ४. प्रश्नपत्र।
59445 प्रश्न ना. ५. अन्तर्वार्ता दिने वा कुनै पदको उम्मेदवार हुनेको योग्यता जाँच्न सोधिने लिखित वा मौखिक सवालपत्र।
59446 प्रश्नचिह्न ना. प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)।
59447 प्रश्नचिह्न ना. २. प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न।
59448 प्रश्नचिह्न ना. 3. समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न, प्रश्नवाचक चिह्न।
59449 प्रश्नपत्र ना. परीक्षा, अन्तर्वार्ता आदिमा सोधिने, लेखेर वा छपाएर तयार गरिएको प्रश्नावलीको पत्र।
59450 प्रश्नवाचक चिह्न ना. प्रश्नचिह्न, सवाल गर्ने चिह्न (?)।