Dictionary

All Word

59301 प्रविधि ना. कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया, कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सिप, ढङ्ग वा कौशल, तकनिकी।
59302 प्रविधि ना. २. खासखास शिल्पको हतौडी।
59303 प्रविधि ना. (उदा.- बुढा मरेपछि त्यो घरका मान्छेले जजमानी छोडे, किनभने छोराहरूलाई पुरेत्याइँको प्रविधि थाहा थिएन।)।
59304 प्रविधि शास्त्र ना. वैज्ञानिक तरिकाले जीवनका निम्ति आवश्यक तथा निर्माणात्मक कार्य सञ्चालित गर्ने शास्त्र।
59305 प्रविष्ट वि. प्रवेश गरेको वा घुसेको; पसेको छिरेको।
59306 प्रविष्ट वि. २. प्रवेश पाएको प्रवेश गराइएको।
59307 प्रविष्टि ना. प्रवेश गराउने कार्य, मुख्य स्थानमा रहन दिने अनुमति।
59308 प्रविष्टि ना. २. खर्च वा आम्दानी खातामा लेखिने काम।
59309 प्रविष्टि ना. ३. नाम दर्ता गराउनाका निम्ति दिइने सामान्य निवेदन।
59310 प्रविष्टि ना. ४. दर्ता, समावेश।
59311 प्रविष्टि ना. (उदा.- कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ।)।
59312 प्रवीण ना. कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको, सिपालु, निपुण, कुशल।
59313 प्रवीण ना. २. वीणा बजाउन जान्ने।
59314 प्रवीणता ना. कुनै काम गर्नका निम्ति रहेको कुशलता, निपुणता, सिप।
59315 प्रवीणता ना. २. इन्टरमिडिएट तह, प्रमाणपत्र तह।
59316 प्रवीणता प्रमाण पत्र ना. . प्रमाणपत्र तहको अध्ययन पूरा गरी प्राप्त हुने प्रमाणपत्र (आई. ए., आई. एस. सी., आई. कम्., आइ. एड. का परीक्षाहरूको नयाँ शिक्षा योजनाअनुसारको नाम। )।
59317 प्रवृत्त वि. कुनै काममा कुशलतापूर्वक लागेको, रत तल्लीन लीन।
59318 प्रवृत्त वि. २. कुनै कार्यका निम्ति तयार, उद्य।
59319 प्रवृत्त वि. ३. कुनै कार्य सुरु गरिएको आरब्ध।
59320 प्रवृत्त वि. ४. तत्पर।
59321 प्रवृत्ति ना. कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ।
59322 प्रवृत्ति ना. २. मनको लगन।
59323 प्रवृत्ति ना. ३. इन्द्रियहरूको आआफ्ना विषयभोगतर्फको आकर्षण, सांसारिक विषयप्रतिको मोह।
59324 प्रवृत्ति ना. ४. वार्ता, वृत्तान्।
59325 प्रवृत्ति ना. ५. चालचलन; आचारविचार।
59326 प्रवृत्ति ना. ६. आनीबानी।
59327 प्रवृत्तिगत वि. प्रवृत्तिसँग सम्बन्धित; प्रवृत्तिको।
59328 प्रवृत्तिमूलक- वि. खास गरी प्रवृत्तिमा आधारित प्रवृत्तिबाट प्रेरि।
59329 प्रवेश ना. बाहिरबाट भित्र जाने वा पस्ने क्रिया।
59330 प्रवेश ना. २. कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली।
59331 प्रवेश ना. ३. कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान।
59332 प्रवेश ना. ४. कुनै कार्यविशेषको सहभागिता।
59333 प्रवेश ना. ५. संस्था आदिमा होइने वा गरिने भर्ना।
59334 प्रवेश ना. ६. समावेश; प्रविष्टि।
59335 प्रवेश ना. वि. ७. प्रविष्ट।
59336 प्रवेशक ना. प्रवेश दिने वा मिलाउने व्यक्ति।
59337 प्रवेशक ना. २. कुराकानीबाटै घटना वा कथाको परिचय गराइने, नाटकको मध्यभागको एक शिल्प।
59338 प्रवेशक ना. वि. ३. प्रवेश गराउने।
59339 प्रवेश पत्र ना. कुनै कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अधिकार लेखिएको पत्र, टिकट।
59340 प्रवेश पत्रक ना. सिनेमा हल, नाट्यशाला, सङ्गीत - सम्मेलन आदि समारोहमा पस्ने बेलामा टिकट खिच्ने व्यक्ति (गेटकिपर)।
59341 प्रवेश परीक्षा- ना. प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य अयोग्य छुट्ट्याउन लिइने परीक्षा, एक तह पार गरेर अर्को तहमा जाने सम्बन्धमा योग्य छ-छैन भनी लिइने परीक्षा।
59342 प्रवेश रोधन ना. उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट\ रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि अडेर बस्ने काम; पिकेटिङ्।
59343 प्रवेश शुल्क ना. कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको द्रव्य वा रकम।
59344 प्रवेश शुल्क ना. २. प्रवेशपत्र लिंदा लाग्ने शुल्क।
59345 प्रवेशार्थी वि. कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने।
59346 प्रवेशार्थी वि. ना. २. प्रवेशको उम्मेदवार।
59347 प्रवेशिका ना. उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा, एस. एल. सी., म्याट्रिक।
59348 प्रवेशिका ना. २. उक्त परीक्षासम्बन्धी पठनपाठन।
59349 प्रवेशिका ना. ३. उक्त पठनपाठनको तह।
59350 प्रवेशिका परीक्षा ना. उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने अन्तिम परीक्षा, म्याट्रिक जाँच, एस्. एल. सी. को परीक्षा।