Dictionary

All Word

59351 प्रवेशित वि. पसेको प्रवेश गरेको प्रविष्ट।
59352 प्रवेशित वि. २. प्रवेश गराइएको; प्रवेश पाएको, हुलिएको।
59353 प्रव्रजन ना. कुनै कारणले अथवा ऋतुविशेषमा बसेको ठाउँ वा देशबाट सरिएको बसाइँ।
59354 प्रव्रजन ना. २. सन्न्यास प्रव्रज्या।
59355 प्रव्रजित वि. सन्न्यास ग्रहण गरेको; सन्न्यस्त; जोगी भएको।
59356 प्रव्रजित वि. २. विदेश गएको; परदेश लागेको।
59357 प्रव्रजित वि. ३. सन्न्यासी।
59358 प्रव्रज्या ना. घर छाडेर कहीँ टाढा जाने काम।
59359 प्रव्रज्या ना. २. घरबार छाडी टाढाको कुनै निर्जन स्थलमा गएर बस्ने काम एकान्तवास।
59360 प्रव्रज्या ना. ३. सांसारिक व्यवहार वा बन्धनलाई त्यागेर सन्न्यास ग्रहण गर्ने काम सन्न्यास।
59361 प्रव्रज्या ना. ४. जीविका, निवास आदिको सुविधाका दृष्टिले आफ्नो देश वा स्थल छाडेर कुनै अर्को देश वा स्थानमा गएर बस्ने काम।
59362 प्रव्रज्या व्रत ना. हिन्दुहरूका यज्ञोपवीतका किसिमको हुने नेपाली बौद्धहरूको एक संस्कार।
59363 प्रव्राजक ना. सन्न्यासी।
59364 प्रव्राजक ना. २. परिव्राजक, भिक्षु।
59365 प्रशंसक वि. प्रशंसा वा गुणगान गर्ने, राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति)।
59366 प्रशंसनीय वि. गुणगान गर्न लायक, प्रशंसा गर्न योग्य तारिफ गर्न लायक स्तुत्य।
59367 प्रशंसनीय पट्ट् ना. वीरतापूर्वक कार्य गर्ने नेपाली सेनाका अधिकृत तथा जवानलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
59368 प्रशंसा ना. केही राम्रा गुणहरूको आधारमा बढाईचढाई अथवा यथार्थ रूपमा गरिएको कसैको राम्रो बखान सहनी ; तारिफ।
59369 प्रशंसा ना. २. स्तुति स्तुतिगान।
59370 प्रशंसा ना. ३. झुटो तारिफ, चाप्लुसी, बेसारघसाइ।
59371 प्रशंसाघोष ना. कुनै वक्ताले भाषण गर्दा वा कविले कविता पाठ गर्दा मूलभूत तथ्यको अनुमोदनमा श्रोताहरूबाट भएको प्रशंसासूचक तालीको ध्वनि।
59372 प्रशंसापत्र ना. कुनै कामदारहरूले इमानदारीपूर्वक काम गरेबापत उच्च अधिकारीले अथवा कुनै संस्थाले दिने सराहनापत्र।
59373 प्रशंसापत्र ना. २. राम्रो कार्य गरेबापत संस्था, व्यक्ति वा संस्थाको प्रमुखले कतैबाट पाउने सराहनापत्र।
59374 प्रशंसित वि. प्रशंसा गरिएको, गुणगान गरिएको, तारिफ गरिएको।
59375 प्रशंस्य वि. प्रशंसा गर्न योग्य; गुणगान गरिने खालको तारिफ गर्न लायक, प्रशंसनीय।
59376 प्रशमन ना. मानसिक आनन्द, शान्ति।
59377 प्रशमन ना. २ सांसारिक उपभोगबाट पाइने मुक्ति, मोक्ष।
59378 प्रशमन ना. ३. अन्तःकरण र इन्द्रियहरूको संयम।
59379 प्रशमन ना. ४. क्षमा, सहनशीलता।
59380 प्रशमन ना. ५. तिरस्कार, निन्दा।
59381 प्रशमन ना. ६. नाश।
59382 प्रशमन ना. ७. अवसान; अन्।
59383 प्रशस्त वि. प्रशंसा गरिएको प्रशंसि।
59384 प्रशस्त वि. २. प्रशंसा गर्न लायक, प्रशंसनीय।
59385 प्रशस्त वि. ३. सबैमाको असल उत्तम।
59386 प्रशस्त वि. ४. सबैमाको ठुलो, विशाल, विस्तृ।
59387 प्रशस्त वि. ५. धेरै, ज्यादा, औधी, अधिक, मनग्य।
59388 प्रशस्त वि. क्रि.वि. ६. धेरै मात्रामा धेरै सङ्ख्यामा।
59389 प्रशस्त वि. ७. पर्याप्त हुने गरी पर्याप्त मात्रामा।
59390 प्रशस्ति ना. कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा, स्तुति।
59391 प्रशस्ति ना. २. राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य।
59392 प्रशस्ति ना. ३. ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको, आदि र अन्त्यको पङ्क्ति।
59393 प्रशाखा ना. रुखका हाँगामा पलाएको अर्को हाँगो।
59394 प्रशाखा ना. २. प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको, मुख्य विभागलाई सहयोग पुयाउने उपविभाग, विभागअन्तर्गतको अर्को विभाग।
59395 प्रशान्त वि. मनमा कुनै किसिमको विकार नभएको, शान्।
59396 प्रशान्त वि. २. चञ्चल स्वभाव नभएको, निश्चल, स्थिर।
59397 प्रशान्त वि. ३. इन्द्रियहरूलाई वशमा राखेको, इन्द्रियजि।
59398 प्रशान्त वि. ४. इहसंसारबाट मुक्ति पाएको, मरेको।
59399 प्रशान्त वि. ना ५. एसिया र अमेरिकाका बिचमा पर्ने महासागर।
59400 प्रशान्तचित्त वि. स्थिर चित्त भएको, शान्त मन भएको, निश्चल स्वभावको।