Dictionary

All Word

59251 प्रवसन ना. २. मृत्युः मरण।
59252 प्रवह ना. पानीको ठुलो प्रवाह वा धारा, जलस्रो।
59253 प्रवह ना. २. हावाको प्रवाह।
59254 प्रवह ना. ३. सात प्रकारका वायुमध्ये एक।
59255 प्रवहण ना. बहने क्रिया एवं प्रक्रिया।
59256 प्रवहण ना. २. गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी, पर्दावाल सवारी।
59257 प्रवहण ना. ३ छोरीको विवाह गरी वरका हातमा सुम्पने काम कन्यादान।
59258 प्रवहली ना. प्रहेलिका; अड्को।
59259 प्रवात ना. खुला, सफा र ताजा हावा, स्वस्थ हावा।
59260 प्रवात ना. २. आँधी हुरी, हुन्डरी।
59261 प्रवाद ना. परस्परमा बोल्ने काम वार्तालाप, कुराकानी।
59262 प्रवाद ना. २. व्यक्त गर्ने क्रिया, प्रकट गराइ।
59263 प्रवाद ना. ३ किंवदन्ती, जनश्रुति।
59264 प्रवाद ना. ४. मानिसहरूको होहल्ला वा गाइँगुइँ जनरव।
59265 प्रवाद ना. ५. बाजाको ध्वनि, वाद्यझङ्कार।
59266 प्रवादक वि. बाजा बजाउने काम गर्ने, वाद्यवादक।
59267 प्रवादी वि. प्रवादसम्बन्धी।
59268 प्रवादी वि. २. प्रवाद गर्ने।
59269 प्रवाल ना. एक प्रकारको रत्न, मुगा, विद्रुम।
59270 प्रवाल ना. २. नक्कली मुगा, पुवाँलो।
59271 प्रवाल ना. ३. पालुवा, पाउलो, पल्लव।
59272 प्रवाल युग ना. भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग आजभन्दा चवालिस करोड वर्ष पहिले प्रारम्भ भएको युग पुराजीवकभित्र पर्ने तेस्रो युग।
59273 प्रवास ना. परदेशको बसाइ विदेशको वास।
59274 प्रवास ना. २. परदेश जाने क्रिया; बिदेसिने काम।
59275 प्रवासन ना. विदेशमा जाने वा रहने काम स्वदेशबाट बाहिरको प्रस्थान।
59276 प्रवासन ना. २. देशनिकाला, देशनिष्कासन।
59277 प्रवासन ना. ३. वध हत्या।
59278 प्रवासित वि. देशनिकाला गरिएको; देशनिष्कासि।
59279 प्रवासित वि. २. विदेशमा गएर बसोबास गरेको; परदेशमा रहेको; पर्देसिएको।
59280 प्रवासी वि. परदेशमा रहने विदेशमा बस्ने; प्रवासमा रहने।
59281 प्रवासी वि. स्त्री. प्रवासिनी।
59282 प्रवाह ना. पानीको बगाइ, जलधार।
59283 प्रवाह ना. २. हावाको बहाइ वायुप्रवाह।
59284 प्रवाह ना. ३. पानीसँगै कुनै वस्तुको बगाइ वा हावासँगै कुनै वस्तुको बहाइ।
59285 प्रवाह ना. ४. बगुवा पानी वा बहँदो हावा।
59286 प्रवाह ना. ५. भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला।
59287 प्रवाहक वि. प्रवाहित पार्ने, प्रवाहमा लैजाने, बहाउने; बगाउने।
59288 प्रवाहक वि. ना. २. मोटर, रेल, हवाईजहाज आदि गाडी।
59289 प्रवाहपूर्ण वि. प्रवाहका साथमा भएको वा गरिएको।
59290 प्रवाहपूर्ण वि. २. प्रवाहले युक्त वा भरिपूर्ण।
59291 प्रवाहमय वि. प्रवाह भएको, बेगिलो, फुर्तिलो, छिटो।
59292 प्रवाहित वि. राम्ररी बगेको वा बगाइएको।
59293 प्रवाहित वि. २. ओसारिएको, लगिएको।
59294 प्रवाहित वि. ३. बहेको वा बहाइएको।
59295 प्रवाहिनी ना. नदी।
59296 प्रवाही वि. राम्ररी बग्ने, प्रवाहयुक्।
59297 प्रवाही वि. २. ओसार्ने काम गर्ने, लैजाने।
59298 प्रवाही वि. ३. चलाउने, सञ्चालन गर्ने।
59299 प्रवाही वि. ४. बहाउने, उडाउने।
59300 प्रवाही वि. ५. प्रवाहमय; छिटो।