Dictionary

All Word

59201 प्रलेप ना. ३. मुखमा वा शरीरमा घस्ने स्निग्ध एवं सुगन्धित पदार्थ, लेपन, लेप।
59202 प्रलेपन ना. लेपन गर्ने क्रिया एवं प्रक्रिया।
59203 प्रलेपन ना. २. प्रलेप, लेप।
59204 प्रलोभ ना. . धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ, ठुलो लोभ, लालच।
59205 प्रलोभ ना. २. कसैलाई लोभमा पार्ने क्रिया; प्रलोभन, आरिस्याइँ।
59206 प्रलोभक वि. अर्कालाई लोभ देखाउने, प्रलोभनमा पार्ने।
59207 प्रलोभन ना. ज्यादै लोभ एवं लालच गर्ने काम।
59208 प्रलोभन ना. २. लोभ्याउने प्रक्रिया।
59209 प्रलोभित वि. ज्यादै लोभिएको प्रलोभनमा परेको प्रलुब्ध।
59210 प्रलोभित वि. २. मक्खी स्वभावको।
59211 प्रलोभित वि. प्रलोभी- ज्यादै लोभी, प्रलोभनमा लाग्ने, मक्खीचुस, आहारिसे, लुब्धो।
59212 प्रवक्ता वि. कुनै विषयवस्तुलाई सबै श्रोताले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट प्रवचन गर्ने ना. २. सङ्घ संस्थाका तर्फबाट आधिकारिक रूपमा कुनै विषयमाथि बोल्ने वा प्रकाश पार्ने व्यक्ति।
59213 प्रवचन ना. कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा अलिखित भाषण।
59214 प्रवचन ना. २. वेद, पुराण आदिमा भएका उपयोगी विषयका उपदेशहरू बताउने काम।
59215 प्रवचन ना. 3. धार्मिक एवं नैतिक विषयमा गरिने भाषण।
59216 प्रवचनीय वि. प्रवचन दिन वा गर्न उचि।
59217 प्रवचनीय वि. २. प्रवचनसम्बन्धी।
59218 प्रवञ्चक वि. जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने, ठग; धूर्त, धोकेबाज।
59219 प्रवञ्चन/प्रवञ्चना ना. जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति, ठगी; धोकेबाजी; धूर्तता।
59220 प्रवञ्चित वि. कसैका जालसाजमा परेर आफ्नो धनमाल हराएको, ठगिएको, धोकामा परेको, प्रवञ्चनामा परेको।
59221 प्रवर वि. सबैभन्दा मुख्य प्रधान श्रेष्ठ।
59222 प्रवर वि. २. सबैभन्दा माथिल्ला तहको, मुली।
59223 प्रवर वि. ना. ३. गोत्र चलाउने ऋषिपछिका नाउँ चलेका ऋषि।
59224 प्रवर वृक्ष ना. सार्नका लागि मूल रुखका हाँगाहरूलाई कलमी बनाइएको असल र सप्रेको बोट वा बिरुवा।
59225 प्रवर समिति ना. कुनै विधेयक, प्रस्ताव आदिमा विचार र आवश्यक संशोधन आदि गरेर संसद्मा पेस गर्न संसद्वारा गठित प्रमुख समिति।
59226 प्रवर्ग ना. अनेक वर्ग वा श्रेणीहरूमा एक, कुनै वर्गका अन्तर्गतको सानो विभाग।
59227 प्रवर्ग ना. २. हवन गर्ने अग्नि होमाग्नि।
59228 प्रवर्तक वि. कुनै काममा लगाउने प्रवृत्त गर्ने।
59229 प्रवर्तक वि. २. सुरु गर्ने, आरम्भ गर्ने, थाल्ने।
59230 प्रवर्तक वि. ३. कुनै काम चलाइराख्ने, जारी राख्ने।
59231 प्रवर्तक वि. ४. नयाँ वस्तुको निर्माण गर्ने, आविष्कार गर्ने।
59232 प्रवर्तक वि. ना. ५. नाटकमा सूत्रधारद्वारा वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प प्रस्तावनाको एक भेद।
59233 प्रवर्तन ना. कसैलाई कुनै काममा लगाउने कार्य, प्रवृत्त गराउने कार्य।
59234 प्रवर्तन ना. २. थालनी।
59235 प्रवर्तन ना. ३. सञ्चालन, प्रचालन।
59236 प्रवर्तन ना. ४. कुनै नयाँ विषयवस्तु, सिद्धान्त वा प्रक्रियाको निर्माण, आविष्कार, अन्वेषण।
59237 प्रवर्तित वि. प्रवर्तन गरिएको, फेरिएको।
59238 प्रवर्द्धक वि. प्रवर्द्धन गर्ने (व्यक्ति)।
59239 प्रवर्द्धन ना. वृद्धि, प्रवर्धन।
59240 प्रवर्द्धित वि. है. प्रवर्धि।
59241 प्रवर्धक वि. बढाउने, वृद्धि गराउने, हुर्काउने।
59242 प्रवर्धक वि. २. परिवर्धित तुल्याउने।
59243 प्रवर्धन ना. सानु वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने क्रिया, प्रवर्द्धन, वृद्धि।
59244 प्रवर्धन ना. २. सानोबाट ठुलो गराउने वा थोरैबाट धेरै गराउने क्रिया; बढाउने कार्य वृद्धि।
59245 प्रवर्धित वि. सानोबाट ठुलो गराइएको।
59246 प्रवर्धित वि. २. थोरैबाट धेरै गराइएको, बढाइएको, प्रवर्द्धि।
59247 प्रवर्धित वि. ३. बढेको, ठुलो भएको, धेरै भएको।
59248 प्रवर्षण ना. सगरबाट हुने झरीको बसाइ, वर्षा, वृष्टि।
59249 प्रवर्षण ना. २. किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्व।
59250 प्रवसन ना. प्रवास वा विदेश जाने क्रिया; परदेशयात्रा।