Dictionary

All Word

59151 प्रयोगशाला ना. २. जरीबुटी आदिका विभिन्न अङ्गप्रत्यङ्गका गुण-धर्म विवेचना एवं विश्लेषण गरिने ठाउँ, वेधशाला।
59152 प्रयोजक वि. कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने, काममा लगाउने, प्रेरक।
59153 प्रयोजक वि. ना. २. कुनै विषयवस्तुलाई प्रयोगमा वा व्यवहारमा लगाउने व्यक्ति प्रयोगकर्ता।
59154 प्रयोजक वि. ३. कसैलाई कुनै विषयमा प्रेरणा दिने व्यक्ति।
59155 प्रयोजक वि. ४. जोड्ने वा मिलाउने व्यक्ति।
59156 प्रयोजन ना. कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय, उद्देश्य आशय।
59157 प्रयोजन ना. २. अर्थ, मतलब, काम।
59158 प्रयोजन ना. ३. करणी, हेतु।
59159 प्रयोजन ना. ४. उपयोग, व्यवहार।
59160 प्रयोजनवती लक्षणा ना. साहित्यमा कुनै विशिष्ट प्रयोजनसिद्धिका निम्ति गरिएको, वाच्यार्थदेखि भिन्न अर्थ निस्कने लक्षणा, सारोपा लक्षणा।
59161 प्रयोजनीय / प्रयोज्य वि. प्रयोजन भएको, व्यवहारमा आउन सक्ने काममा लगाउन सकिने वा मिल्ने; उपयोगी जरुरत भएको; आवश्यक चाहिने; चाहिँदो।
59162 प्ररोचना ना. नाटककार र नाटकको प्रशंसा गरी प्रेक्षकलाई नाटक हेर्न प्रेरित गर्ने काम।
59163 प्रलम्ब वि. झुन्डिएको, लट्कएको।
59164 प्रलम्ब वि. २. अति लामो।
59165 प्रलम्ब वि. ना. ३. झुन्डिने काम लट्काइ, झुन्ड्याइ।
59166 प्रलम्ब वि. ४. हाँगो, शाखा।
59167 प्रलम्ब वि. ५. बलरामद्वारा मारिएको एक राक्षस।
59168 प्रलम्बन ना. . झुन्डिने क्रिया, लट्काइ।
59169 प्रलम्बन ना. २. ज्यादै लम्बिने क्रिया; तन्कने क्रिया; लम्काइ, तन्काइ।
59170 प्रलम्ब बाहु वि. लामालामा हात हुने, घुँडासम्म पुग्ने हात हुने, आजानुबाहु।
59171 प्रलम्बित वि. तन्किएको, झुन्डिएको लम्बिएको।
59172 प्रलम्बी वि. तन्किने, झुन्डिने।
59173 प्रलम्बी वि. २. आश्रय लिने।
59174 प्रलम्भ ना. लाभ; उपलब्धि प्राप्ति फाइदा।
59175 प्रलम्भ ना. २. छलकपट, धोका।
59176 प्रलम्भन ना. छलकपट, जालसाज ; धोका।
59177 प्रलय ना. संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया।
59178 प्रलय ना. २. सृष्टि, लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रिया, प्रकृतिमा लुप्त हुने क्रिया।
59179 प्रलय ना. ३. सर्वनाश, विध्वंस, संहार।
59180 प्रलय ना. ४. मृत्यु मरण।
59181 प्रलयकर / कारी वि. प्रलय गर्ने, प्रलयङ्कर।
59182 प्रलयकाल ना. प्रलयको समय।
59183 प्रलयकालीन वि. प्रलयका समयको।
59184 प्रलयङ्कर वि. प्रलयकारी।
59185 प्रलयधर्मी वि. नाश एवं विध्वंस हुने स्वभावको।
59186 प्रलाप ना. बहुलाको जस्तो व्यर्थको कुरो, सन्काहाको फलाकोजस्तो कथन निरर्थक आलाप, बकवाद।
59187 प्रलाप ना. २. दुःख प्रकट गरेर रुने प्रक्रिया, विलाप।
59188 प्रलाप ना. ३. ज्वरो आएका बेला वा आवेगमा आएका बेला जथाभावी बोल्ने प्रक्रिया; छाँटा; उन्मादको वचन।
59189 प्रलापक वि. प्रलाप गर्ने, बकवादी।
59190 प्रलापक वि. २. आलापविलाप गर्ने।
59191 प्रलापक वि. ३. प्रलाप गराउने; प्रलापकारी, प्रलापी।
59192 प्रलापी वि. प्रलापक।
59193 प्रलापी वि. २. प्रलापका।
59194 प्रलेख ना. . विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख ( डकुमेन्ट)।
59195 प्रलेख ना. २. कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने विशिष्ट किसिमको लिखित पत्र, प्रामाणिक लेख।
59196 प्रलेख ना. ३. अभिलेख।
59197 प्रलेखीय वि. प्रलेखसम्बन्धी।
59198 प्रलेखीय चलचित्र ना. कुनै महत्त्वपूर्ण कुरा, घटना, पुरातत्त्व, देशदर्शन, औद्योगिक प्रगति आदिको चित्र लिइएको चलचित्र, समाचार फिल्म सूचनाचित्र वृत्तचित्र; डकुमेन्टरी फिल्म।
59199 प्रलेप ना. घाउ, खटिरा आदिमा मलम लगाउने क्रिया; लेपन गर्ने काम।
59200 प्रलेप ना. २. घाउ, खटिरा आदिमा लगाउने मलम।