Dictionary

All Word

59001 प्रमदा वि. ना. २. सुन्दरी स्त्री रूपवती स्त्री।
59002 प्रमदा वि. ३. पट्टी आइमाई, मस्त तरुनी।
59003 प्रमर्दन ना. राम्ररी माड्ने वा दल्ने काम माडमुड।
59004 प्रमर्दन ना. २. कुल्चेर थिलीपतिली पार्ने काम खाँदबुँद।
59005 प्रमाङ्गी ना. हे. परमाङ्गी।
59006 प्रमाण ना. कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन ( प्रमाण चार प्रकारका हुन्छन्- प्रत्यक्ष प्रमाण, अनुमानसिद्ध प्रमाण, शब्दसम्बन्धी प्रमाण तथा उपमान वा उदाहरणसम्बन्धी प्रमाण)।
59007 प्रमाण ना. २. कुनै वस्तुको यथार्थ ज्ञान गराउने साधन।
59008 प्रमाण ना. ३. परिमाण मात्रा।
59009 प्रमाण ना. ४. सत्यता, सच्चाइ।
59010 प्रमाण ना. ५. निश्चय, प्रतीति।
59011 प्रमाण ना. ६. मर्यादा, मान, आदर।
59012 प्रमाण ना. ७. प्रमाणद्वारा कुनै कुरो प्रत्यक्ष सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
59013 प्रमाण ना. ८. प्रमाण पत्र।
59014 प्रमाणक ना. कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको कच्चावारी फाँट खोलेको कागज, पुर्जा।
59015 प्रमाणतः क्रि.वि. प्रमाणअनुसार, प्रमाणका निम्ति, प्रमाणलाई।
59016 प्रमाणतः क्रि.वि. २. प्रमाणका रूपमा; प्रमाणस्वरूप।
59017 प्रमाणन ना. कुनै लेख, कथन आदि ठिकसँग प्रमाणित हुने क्रिया; प्रमाणको पर्याप्तता।
59018 प्रमाणन ना. २. प्रमाणितगराइ।
59019 प्रमाणपत्र ना. आफूले गरेका काम, अध्ययन आदिको प्रमाणका निम्ति सरकारी विभाग, गैरसरकारी सङ्घ-संस्था वा विश्वविद्यालयले दिने लिखित प्रमाण वा निस्साको कागज (सर्टिफिकेट)।
59020 प्रमाणपत्र ना. २. कुनै कामकुराका निम्ति प्रमाण वा निस्सा मानिने पत्र वा लेख आदि।
59021 प्रमाणपत्र ना. ३. नयाँ शिक्षा योजनाका अनुसार इन्टरमिडिएट वा प्रवीणता तहका पर्यायका रूपमा चलेको शब्द।
59022 प्रमाणपत्र तह/स्तर ना. पुरानो प्रणाली अनुसार प्रवेशिका वा एस्. एल्. सी. परीक्षा पास गरिसकेपछि पढिने महाविद्यालय वा क्याम्पसका पढाइको पहिलो तह इन्टरमिडिएट तह, प्रवीणता तह।
59023 प्रमाणपत्र तह/स्तर ना. हाल उच्च माध्यमिक तहबाट प्रतिस्थापि।
59024 प्रमाण पुरुष ना. पक्ष एवं विपक्ष दुवैले स्वीकार गर्ने खालको निर्णय दिने व्यक्ति प्रमाणका निम्ति सबैले मानेको व्यक्ति (पञ्च, साक्षी आदि)।
59025 प्रमाणिक वि. प्रमाण हुन सक्ने, प्रमाण प्रदान गर्न सक्ने तथ्यपूर्ण सत्य।
59026 प्रमाणित वि. प्रमाणद्वारा सिद्ध भएको वा गरिएको प्रमाणसिद्ध साबित; निश्चि।
59027 प्रमाणीकरण ना. कुनै कुरो सत्य हो भनी प्रमाणित गर्ने काम; कसैको विश्वसनीयताको पुष्टि गर्ने कार्य।
59028 प्रमाणीकरण ना. २. कुनै तथ्यको आधार लिएर कुनै कुरालाई ठिकसँग जँचाउने क्रिया।
59029 प्रमातामह ना. आमाका हजुरबाबु वा बाजे।
59030 प्रमातामही ना. आमाकी हजुरआमा, आमाकी बज्यै।
59031 प्रमाद ना. असावधान रहने क्रिया, बेहोसी हुने स्थिति।
59032 प्रमाद ना. २. कर्तव्यलाई अकर्तव्य र अकर्तव्यलाई कर्तव्य सम्झने प्रवृत्ति।
59033 प्रमाद ना. ३. भुलचुक।
59034 प्रमाद ना. ४. भ्रम भ्रान्ति।
59035 प्रमाद ना. ५ उन्माद, नशा, बहुलट्टीपना।
59036 प्रमाद ना. ६. घमन्ड, अहमत्याइँ।
59037 प्रमाद ना. ७. लापर्बाही, हेलचेक्र्याइँ, असावधानी।
59038 प्रमाद ना. ८. समाधिका साधनहरूलाई ठिकसँग नसम्झने प्रवृत्ति।
59039 प्रमादवान् वि. प्रमाद गर्ने प्रमत्।
59040 प्रमादवान् वि. २. उन्मत्त स्वभावको बहुलट्टी स्वभावको।
59041 प्रमादवान् वि. ३. भुलचुक गर्ने, असावधानीका साथमा काम गर्ने।
59042 प्रमादी वि. प्रमादवान्।
59043 प्रमान ना. मल्लकालीन नेपालको प्रशासन प्रमुख वा प्रमुख प्रशासनिक अधिकारी।
59044 प्रमाप ना. निश्चित आधारमा स्थिर गरिएको, तोकिएको वा सबैले मानेको माप वा मान।
59045 प्रमाप ना. २. योग्यता, श्रेष्ठता आदि जाँच्ने - नाप्ने आदि निर्धारित स्तर वा क्रम स्तरीय नापो; सरकारी मान्यताप्राप्त नापजोख।
59046 प्रमाप ना. ३. नापो।
59047 प्रमाप ना. ४. नापी।
59048 प्रमापक वि. कुनै विषयलाई निश्चित रूपमा प्रमाणित गर्ने।
59049 प्रमापक वि. २. नाप्ने जोख्ने, नापतौल गर्ने।
59050 प्रमित वि. वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको, सत्यज्ञानले युक्।