Dictionary

All Word

58851 प्रपितामह ना. आफ्ना बाबुका बाबुका बाबु, आफूभन्दा तीन पुस्तामाथिका पुर्खा, बाबुका बाजे, बुढा बाजे।
58852 प्रपितामह ना. २. ब्रह्मा।
58853 प्रपितामह ना. 3. परब्रह्म।
58854 प्रपितामह ना. ४. पूर्वज, जिजुबाजे।
58855 प्रपितामही ना. आफ्ना बाबुका बाबुकी आमा, बाबुको बज्यै, जिजुबज्यै, बुढीबज्यै।
58856 प्रपीडक वि. ज्यादै पीडा दिने, अत्यन्त दुःख दिने, हैरान पार्ने।
58857 प्रपीडन ना. ज्यादै पीडा वा दुःख दिने काम, कष्ट दिने काम; सताइ।
58858 प्रपीडन ना. २. अतिशय पीडा, अत्यन्त कष्ट।
58859 प्रपौत्र ना. छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो, छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति।
58860 प्रपौत्री ना. त्यस्तै स्त्री सन्तति; पनातिनी।
58861 प्रफुल्ल वि. राम्ररी फुलेको वा फक्रेको; विकसित भएको।
58862 प्रफुल्ल वि. २. हँसिलो प्रसन्न।
58863 प्रफुल्ल वदन- वि. उज्यालो अनुहारको प्रसन्न।
58864 प्रफुल्लित वि. प्रफुल्ल, प्रसन्न भएको।
58865 प्रबन्ध ना. कुनै कामकुरा राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था बन्दोबस्त इन्तिजाम चाँजोपाँजो।
58866 प्रबन्ध ना. २. आयोजना।
58867 प्रबन्ध ना. ३. कुनै विषय वा सिद्धान्तको युक्तियुक्त प्रतिपादन भएको, गद्यात्मक, विचारप्रधान लेख, एक प्रकारको विचारप्रधान निबन्ध।
58868 प्रबन्ध ना. ४. कुनै कल्पित कथाका आधारमा तयार गरिएको सुव्यवस्थित रचना।
58869 प्रबन्धक वि. प्रबन्ध मिलाउने, बन्दोबस्त गर्ने व्यवस्थापक।
58870 प्रबन्धकर्ता वि. प्रबन्ध मिलाउने; बन्दोबस्त गर्ने व्यवस्थापक।
58871 प्रबन्धकल्पना ना. केही सत्य र केही काल्पनिक कथाका आधारमा शृङ्खलाबद्ध रूपमा तयार पारिएको साहित्यिक रचना, कथात्मक रचना।
58872 प्रबन्धकारिणी ना. कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजन लागि आवश्यक प्रबन्ध मिलाउने समिति, प्रबन्ध समिति।
58873 प्रबन्धकाव्य ना. सत्य वा काल्पनिक कथाका आधारमा कुनै कविद्वारा रचना गरिएको, काव्योचित गुणले युक्त, सर्गबद्ध, पद्यात्मक काव्य; महाकाव्य।
58874 प्रबन्धकाव्य ना. २. कथा वा उपन्यास।
58875 प्रबन्धपत्र ना. कम्पनी ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र।
58876 प्रबन्धपत्र ना. २. कुनै कामकुराको व्यवस्था वा कार्यान्वयनका सम्बन्धमा लेखिएको पत्र।
58877 प्रबन्धविधान ना. कुनै काम वा वस्तु आदिको प्रबन्ध मिलाउने काम।
58878 प्रबन्ध सम्पादक ना. कुनै पत्रपत्रिका आदिमा प्रकाशन गरिने लेखरचना आदि सङ्कलित गर्ने र प्रकाशनसम्बन्धी अन्य आवश्यक व्यवस्था मिलाउने सम्पादक।
58879 प्रबन्ध समिति ना. कुनै सङ्घ, संस्था, सभा आदिका लागि आवश् प्रबन्ध मिलाउने समिति, प्रबन्धकारिणी, कार्यसमिति।
58880 प्रबन्धसार ना. कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश, प्रबन्धको निचोड।
58881 प्रबल ना. प्रशस्त बल भएको ज्यादै बलियो, बलवान्, बलिष्ठ, शक्तिशाली।
58882 प्रबल ना. २. उग्र किसिमको भयङ्कर प्रचण्ड।
58883 प्रबाल वि. पल्लव।
58884 प्रबाल वि. २. मुगा।
58885 प्रबाल वि. ३. पुवाँलो प्वाँलो।
58886 प्रबुद्ध वि. सचेत अवस्थामा रहेको, जागरूक, जाग्रत् जागा।
58887 प्रबुद्ध वि. २. बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको, जानेसुनेको।
58888 प्रबुद्ध वि. ३. विकसित मस्तिष्क भएको।
58889 प्रबुद्धता ना. प्रबुद्ध हुनाको भाव वा अवस्था।
58890 प्रबोध ना. जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था।
58891 प्रबोध ना. २. लौकिक वा पारलौकिक किसिमको ज्ञान, जीवनजगत्‌को वास्तविकताको ज्ञान, तत्त्व ज्ञान।
58892 प्रबोधक वि. होसमा ल्याउने, बिउँझाउने, जाग्रत् गराउने; सचेत पार्ने।
58893 प्रबोधक वि. २. ज्ञान दिने।
58894 प्रबोधन ना. जगाउने काम, सचेत गराउने काम होसमा ल्याउने काम बिउँझाउने काम।
58895 प्रबोधन ना. २. ज्ञान दिने काम।
58896 प्रबोधनी ना. प्रबोधिनी।
58897 प्रबोधित- वि. प्रबोध भएको प्रबुद्ध।
58898 प्रबोधिनी ना. कार्तिक शुक्ल एकादशी, हरिबोधिनी एकादशी, प्रबोधनी।
58899 प्रभव ना. उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म।
58900 प्रभव ना. २. उत्पत्तिको कारण।