Dictionary

All Word

58801 प्रदोष ना. ३. कृष्ण र शुक्ल दुवै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरिने एक व्र।
58802 प्रद्युम्न ना. पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा।
58803 प्रद्युम्न ना. २. कामदेव।
58804 प्रद्योत ना. चम्किला वस्तुबाट चारैतिर फिँजिएको देखिने प्रकाशरेखा; किरण, रश्मि।
58805 प्रद्योत ना. २. चम्किला वस्तुमा हुने चमक, दीप्ति।
58806 प्रद्योत ना. ३. उज्जैनका प्राचीन ऐतिहासिक राजा, महासेन।
58807 प्रधान वि. आफ्ना समूहमध्ये सबैभन्दा ठुलो, सर्वश्रेष्ठ, प्रमुख, मुख्य।
58808 प्रधान वि. २. गाउँ घरको प्रमुख प्रतिष्ठित (व्यक्ति); ठालु।
58809 प्रधान वि. ना. गाउँघरको प्रमुख, प्रतिष्ठित व्यक्ति, मुखिया, पञ्चायतकालीन प्रधानपञ्च।
58810 प्रधान वि. ४. कुनै संस्था वा विभागको मुख्य अधिकारी।
58811 प्रधान वि. ५. सचिव, मन्त्री।
58812 प्रधान वि. ६. नेवार जातिको एक थर।
58813 प्रधान वि. ७. लिच्छविकालमा गाउँको मुखियालाई बुझाउने शब्द।
58814 प्रधान कार्यालय ना. सरकारी र गैरसरकारी संस्थाहरूका शाखा- प्रशाखाको सञ्चालन गर्ने मुख्य कार्यालय, केन्द्रीय कार्यालय।
58815 प्रधानतः / तया- क्रि.वि. मुख्य रूपमा खास गरी।
58816 प्रधानता ना. सरकारी वा गैरसरकारी संस्थाको प्रधानको पद वा अधिकारी।
58817 प्रधानता ना. २. प्रधान हुनाको भाव वा प्रधान हुने गुण।
58818 प्रधान धातु ना. कुनै वाक्यको प्रमुख क्रियापदको धातुः समापिका धातु।
58819 प्रधानपञ्च ना. तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी रहेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा छानिएको मुख्य व्यक्ति, गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य।
58820 प्रधान परीक्षक ना. कुनै परीक्षामा सम्मिलित भएका छात्रहरूको उत्तरपुस्तिकाका परीक्षकहरूमध्ये मुख्य परीक्षक।
58821 प्रधान मध्याह्न रेखा ना. भूगोलका अनुसार बेलायतको 'ग्रिनविच' भन्ने ठाउँ छुने गरी खिचिएको ० ० को मध्याह्नरेखा।
58822 प्रधानमन्त्री ना. कुनै राष्ट्रको सबभन्दा ठुलो मन्त्री, मन्त्रीहरूमध्ये मुख्य मन्त्रिमण्डलको अध्यक्ष।
58823 प्रधान सेनापति- ना. प्रमुख सेनापति, कम्यान्डर इन चिफ।
58824 प्रधानाङ्ग ना. शरीर वा अन्य कुनै वस्तुको मुख्य अङ्ग।
58825 प्रधानाङ्ग ना. २. कुनै राज्यको प्रधान अधिकारी।
58826 प्रधानाङ्ग ना. ३. नेवारजातिको एक थर।
58827 प्रधानाध्यापक ना. कुनै स्कुल वा पाठशालाको मुख्य अध्यापक, हेडमास्टर।
58828 प्रधानामात्य ना. प्राचीन कालको प्रधानमन्त्री वा मुख्य सचिव, प्रधान अमात्य।
58829 प्रधानी ना. डोली अड्याउने काठ, पर्धानी।
58830 प्रपञ्च- ना. घरगृहस्थी आदिको झन्झट, जगत्‌को जञ्जाल, सांसारिक मायामोह, मायाजाल।
58831 प्रपञ्च- ना. २. कता कताबाट आइपरेको भोज वा झमेला, लबखेडा।
58832 प्रपञ्च- ना. ३. छल, कपट।
58833 प्रपञ्च- ना. ४. ढोंग, आडम्बर।
58834 प्रपञ्च- ना. ५. विस्तार, फैलावट।
58835 प्रपञ्च- ना. ६. कुनै कुराको प्रबन्ध, बन्दोबस्।
58836 प्रपञ्च- ना. ७. एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम।
58837 प्रपञ्ची वि. प्रपञ्चसँग सम्बन्धित प्रपञ्चमा रहेको।
58838 प्रपञ्ची वि. २ प्रपञ्च गर्ने, प्रपञ्च रच्ने, आडम्बरी, ढोंगी।
58839 प्रपञ्ची वि. ३. छलछाम गर्ने, कपटी।
58840 प्रपञ्ची वि. ४. धेरै भोज भएको।
58841 प्रपञ्जी ना. कुनै ब्याङ्क, व्यापारिक संस्था आदिको व्यापारसम्बन्धी आयव्यय, लेनदेन आदि लेखिएको मुख्य खाता, मूल रजिष्टर; बही (लेजर)।
58842 प्रपञ्जी पृष्ठ ना. कुनै ब्याङ्क, व्यापारिक संस्था आदिमा कसैको रुपियाँ जम्मा गर्ने वा झिक्ने किसिमको बेहोरा लेखिएका, प्रपञ्जीको अगाडि पछाडिका दुई पत्र।
58843 प्रपत्र ना. कुनै पद, परीक्षा, स्थान आदिका निम्ति विवरण प्रस्तुत गर्दा आवश्यक जानकारीको बेहोरा भरिने, रित्तो ठाउँ, कोठा आदि भएको मुद्रित वा टङ्कित पत्र फाराम।
58844 प्रपद ना. शरीरको प्रपदास्थिनेरको अवयव।
58845 प्रपदास्थि ना. गोलीगाँठाभन्दा मुनि र कुर्कुच्चाभन्दा अगाडिपट्टिको हाडका ससाना टुक्रा।
58846 प्रपन्न वि. कसैका शरणमा परेको, शरण पर्न आएको; शरणाग।
58847 प्रपन्न वि. २. आइपुगेको।
58848 प्रपात ना. अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया।
58849 प्रपात ना. २. कुनै ठाडै तलतिर खस्ने अग्लो ठाउँ, भिर - पहराको चुली, टाकुरो।
58850 प्रपात ना. ३ निर्भर, छाँगो, छहरो।