Dictionary

All Word

58651 प्रत्यक्षदर्शी वि. कुनै घटना, चित्र आदिलाई आफ्नै आँखाले देख्ने, खुद देख्ने।
58652 प्रत्यक्षदर्शी वि. ना. २. साक्षी गवाही।
58653 प्रत्यक्ष निर्वाचन ना. राष्ट्रपति वा सर्वोच्च विधायिकाका प्रतिनिधि आदिलाई जनताले सोझै चुन्ने काम।
58654 प्रत्यक्ष प्रमाण- ना. आफ्नै आँखाले देखेको प्रमाण प्रत्यक्षदर्शीद्वारा दिइएको प्रमाण।
58655 प्रत्यक्ष प्रमाण- ना. २. न्यायशास्त्रका चार प्रमाणमध्ये पहिलो प्रमाण।
58656 प्रत्यक्ष लिपि ना. आसामीले धनीका सामुन्ने बसेर गरिदिएको लिखत, तमसुक।
58657 प्रत्यक्षवाद ना. प्रत्यक्ष वा देखेका, सुनेका, भोगेका आदि कुरालाई मात्र प्रामाणिक वा वास्तविक मानी अदृश्य रूपमा रहेको त्यसको मूलकारण वा अन्तर्निहित कारणको वास्ता नगर्ने एक दार्शनिक सिद्धान्त, चार्वाकम।
58658 प्रत्यक्षवादी वि. प्रत्यक्षवादमा विश्वास गर्ने, प्रत्यक्षवादको अनुयायी।
58659 प्रत्यक्षवादी वि. २. नास्तिक।
58660 प्रत्यक्ष शासन ना. राजा वा राष्ट्रपति आदिद्वारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमद्वारा शासन नगरी सोझै शासन गर्ने काम।
58661 प्रत्यक्ष शासन ना. २. राजा, राष्ट्रपति वा केन्द्रीय सरकारले पूरै देशको वा देशका कुनै भागको सोझै शासन गर्ने प्रक्रिया।
58662 प्रत्यक्षीकरण कुनै विषयवस्तुलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव ज्ञान गर्ने काम साक्षात्कार।
58663 प्रत्यक्षीकरण २. प्रत्यक्षण।
58664 प्रत्यक्षीकृत वि. साक्षात्कार गरिएको।
58665 प्रत्यक्षीभूत वि. प्रत्यक्ष भइसकेको।
58666 प्रत्यङ्ग- ना. हात, खुट्टा आदि शरीरका एक-एक अङ्ग, शरीरका सानातिना अङ्ग, उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग हुने, जस्तै- अङ्गप्रत्यङ्ग)।
58667 प्रत्यङ्मुख वि. पश्चिमतिर मुख फर्केको, पश्चिमतिर फर्केको।
58668 प्रत्यञ्चा ना. बाण छोड्न सहायक हुने धनुको डोरी, ताँदो परिन्जो।
58669 प्रत्यपकार- ना. अपकार गर्नेसितको साटोफेराइ।
58670 प्रत्यभिज्ञा / प्रत्यभिज्ञान ना. पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अधिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान।
58671 प्रत्यभिज्ञा / प्रत्यभिज्ञान ना. २. चिनापर्ची, चिनारी, परिचय।
58672 प्रत्यय ना. विश्वास, पत्यार।
58673 प्रत्यय ना. २. कुनै धातु वा शब्दको अन्तमा जोडिएर कुनै विशेष अर्थ वा प्रकृतिकै अर्थ बुझाउने वर्ण वा वर्णसमूह, परसर्ग (उदा.- इलो, एलु, दार इ.)।
58674 प्रत्ययन ना. प्रत्यय वा सद्भावनालाई ग्रहण अथवा संश्लिष्ट गराउने प्रक्रिया; प्रतिभाशक्तिको कार्यव्यापार, भावन।
58675 प्रत्ययन पत्र ना. कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र विश्वासपत्र।
58676 प्रत्ययन पत्र ना. २. सरोकारवालाले जानून् भनी थर ठेगाना, नाम आदिसमेत खुलाई कुनै ठुलो व्यक्ति वा संस्थाले लेखिदिएको कसैका बारेको पत्र, परिचयपत्र।
58677 प्रत्यर्पण ना. कुनै वस्तु जसको हो त्यसैलाई गरिएको अर्पण, फिर्ता।
58678 प्रत्यवाय ना. सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्नाले लाग्ने दोष वा पाप।
58679 प्रत्यवायी वि. सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्ने, शास्त्रविहित नित्यकर्म नगर्नाले दोषी।
58680 प्रत्याक्रमण ना. कसैले गरेको आक्रमणका बदलामा गरिने आक्रमण; झिकीकटक।
58681 प्रत्याख्यान ना. कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन, निराकरण।
58682 प्रत्याख्यान ना. २. कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति, नामन्जुरी।
58683 प्रत्याख्यान ना. ३. विरोध।
58684 प्रत्याख्यान ना. ४. कथा, उपन्यास आदिमा कथातत्त्व को अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति, अकथा वा अउपन्यास।
58685 प्रत्यागमन ना. फर्केर आउने काम फर्कने काम फिर्ती यात्रा।
58686 प्रत्याघात ना. आघात गर्नेका विरुद्ध गरिने आघात, ढुङ्गाद्वारा दिइएको ईंटको जवाफ ( व्यङ्ग्यार्थमा)।
58687 प्रत्यादेश ना. भइरहेको कुनै आदेशका बदलामा आएको आदेश।
58688 प्रत्यादेश ना. २. कुनै कुराको प्रत्याख्यान, निराकरण।
58689 प्रत्यादेश ना. ३. कुनै कुराको अस्वीकृति नामन्जुरी।
58690 प्रत्यादेश ना. ४. माथिल्ला तहको अधिकारीले दिएको कुनै आदेशलाई मध्यवर्ती अधिकारीले तल्ला तहका कर्मचारीसमक्ष पुऱ्याउने काम माथिल्लो तहको कर्मचारीअनुसार तल्ला तहका कर्मचारीलाई आदेश दिने काम।
58691 प्रत्यायुक्त वि. कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको प्रतिनियुक्।
58692 प्रत्यायुक्त वि. ना. २. त्यसरी तैनाथ गरिएको व्यक्ति वा व्यक्ति - समुदाय।
58693 प्रत्यायोजन ना. कुनै सङ्घ, संस्था र कार्यालयले वा कुनै पदाधिकारीले केही समयका लागि आफ्नो सम्पूर्ण वा केही अधिकार कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने क्रिया।
58694 प्रत्यायोजन ना. २. आफ्ना मातहतको कुनै वस्तु अरूलाई हस्तान्तरण गर्ने वा सुम्पने काम।
58695 प्रत्यायोजित वि. अर्कालाई सुम्पिएको प्रत्यायोजन गरिएको।
58696 प्रत्यारोप ना. कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप।
58697 प्रत्यालोचना ना. कसैले गरेको आलोचनाका बदलामा गरिने आलोचना वा त्यस सन्दर्भमा दिइने स्पष्टीकरण।
58698 प्रत्यावर्तन ना. प्रत्यागमन।
58699 प्रत्यावर्तन ना. २. प्रकाश, ध्वनि आदिको कतै फर्केर पुनः उत्पत्तिस्थलतिरको आगमन (प्रतिध्वनन )।
58700 प्रत्यावर्तित वि. छोडेर गएको ठाउँमा फेरि फर्केको।