Dictionary

All Word

58501 प्रतिलोम विवाह ना. गोत्र छलेर गरिएको विवाह।
58502 प्रतिलोम विवाह ना. २. चार वर्णमध्ये तल्लो वर्णको पुरुष र माथिल्लो वर्णकी स्त्रीका बिचको विवाह।
58503 प्रतिवचन ना. कसैले बोलेको वचनको उत्तरमा आएको वचन, जवाफका रूपमा निस्केको वचन, जवाफ, उत्तर।
58504 प्रतिवचन ना. २. प्रतिध्वनि।
58505 प्रतिवचन ना. ३. दच्किएर निकालिएको आवाज।
58506 प्रतिवस्तु ना. शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु।
58507 प्रतिवस्तु ना. २. कुनै वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को वस्तु, उपमान।
58508 प्रतिवस्तु ना. ३. एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु।
58509 प्रतिवस्तूपमा ना. दुई पृथक्-पृथक् वाक्यमा मिन्न शब्दद्वारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक अर्थालङ्कार।
58510 प्रतिवहन ना. विपरीत दिशाबाट बग्ने काम।
58511 प्रतिवहन ना. २. रगत, पानी आदिको असामान्य दिशातर्फको बगाइ।
58512 प्रतिवाद ना. कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ।
58513 प्रतिवाद ना. २. मुद्दामामिलामा वादीले भनेका कुरा वा लगाएको अभियोगलाई खण्डन गर्न दिइएको जवाफ।
58514 प्रतिवाद ना. ३. कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध, खण्डन।
58515 प्रतिवाद ना. ४. प्रतिवादीले दिएको नालिस वा नालिसको लिख।
58516 प्रतिवादिता ना. प्रतिवाद-धर्म, प्रतिवाद गर्ने गुण वा कार्य।
58517 प्रतिवादी ना. झुटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति।
58518 प्रतिवादी ना. २. मुद्दामामिलामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति, वादीको झगडिया।
58519 प्रतिवादी ना. ३. वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र, प्रत्युत्तरपत्र।
58520 प्रतिवादी खमाइ / पेसाइ ना. प्रतिवादीद्वारा अदालतमा वादीका फिरादका विपक्षमा प्रतिउत्तरपत्रको प्रस्तुति वा पेसाइ।
58521 प्रतिविम्ब - ना. हे प्रतिबिम्ब।
58522 प्रतिविष ना. विषले पार्ने असरभन्दा उल्टा असर पारेर विषको विरुद्ध काम गर्ने विष वा विषनिर्मित औषधी (एन्टिमेनम- भ्याक्सिन)।
58523 प्रतिवेदक वि. प्रतिवेदन पेस गर्ने।
58524 प्रतिवेदक वि. ना. २. प्रतिवेदन पेस गर्ने व्यक्ति।
58525 प्रतिवेदन ना. कुनै घटना, कार्य, योजना आदिका सम्बन्धमा छानबिन, पुछताछ आदि कार्य गरिसकेपछि सम्बन्धित अधिकारी वा सभा आदिका अगाडि प्रस्तुत गर्न तयार पारिएको विवरण।
58526 प्रतिवेदन ना. २. कुनै घटना वा कामका बारेमा कसैलाई दिइने कार्यविवरण, कुनै घटना वा कामका विषयमा तालुकवालाकहाँ जाहेर गर्ने जाहेरी टिपोट।
58527 प्रतिवेश ना. आसपासको ठाउँ वा बस्ती छिमेक।
58528 प्रतिवेशी वि. / ना. छिमेकी।
58529 प्रतिव्यक्ति क्रि.वि. प्रत्येक व्यक्तिमा; व्यक्तिपिच्छे।
58530 प्रतिव्यक्ति क्रि.वि. वि. २. प्रत्येक व्यक्तिमा लाग्ने।
58531 प्रतिव्यक्ति कर ना. कुनै कारणवश तोकिएको समयसम्म हरेक व्यक्तिमा लाग्ने कर।
58532 प्रतिशत क्रि.वि. हरेक सयको सङ्ख्यामा प्रत्येक सयमा, _सयकडा सयका सङ्ख्यैपिच्छे।
58533 प्रतिशत क्रि.वि. ना. २. प्रत्येक सयको खास अंश।
58534 प्रतिशब्द ना. प्रतिध्वनि।
58535 प्रतिशब्द ना. २. समान अर्थ बुझाउने अर्को शब्द पर्याय।
58536 प्रतिशब्द ना. क्रि.वि. ३. प्रत्येक शब्दमा, शब्दैपिच्छे।
58537 प्रतिशाप ना. कसैले दिएको शापको बदलामा दिइने शाप, सराप्नेलाई दिइने सराप।
58538 प्रतिशुल्क ना. आयात गरिएको वस्तु स्वदेशमा उत्पादित वस्तुभन्दा सस्तो नहोस् भन्ने उद्देश्यले लगाइने शुल्क।
58539 प्रतिशुल्क ना. २. विदेशद्वारा पहिले नै लगाइएको कुनै शुल्कको अनिष्टकारी प्रभाव व्यर्थ पार्न लगाइने कर।
58540 प्रतिशोध ना. कसैले गरेको कुनै अपकार वा हानिनोक्सानीमा बदला लिनाका निम्ति गरिने काम; साटो फेर्ने काम प्रतिकार; प्रतिहिंसा; बदला; साटोफेराइ।
58541 प्रतिश्रवण ना. राम्ररी सुन्ने क्रियाप्रक्रिया सुनाइ।
58542 प्रतिश्रवण ना. २. प्रतिज्ञा; अठोट, वाचाबन्धन।
58543 प्रतिश्रुत वि. राम्ररी सुनिएको।
58544 प्रतिश्रुत वि. २. प्रतिज्ञा गरिएको, वचन दिइएको।
58545 प्रतिश्रुति ना. प्रतिवचन।
58546 प्रतिश्रुति ना. २. प्रतिध्वनि।
58547 प्रतिश्रुति ना. ३. निश्चितता; ठोकुवा।
58548 प्रतिषेध ना. कुनै अड्डाअदालतबाट वा कुनै संस्था, व्यक्ति आदिबाट हुन लागेको कुनै कामकारबाई अधिकारभन्दा बाहिरको भएमा सो कामकारबाई रोक्न त्यस्ता अड्डाअदालत, संस्था वा व्यक्तिलाई सर्वोच्च अदालतले दिने आदेश।
58549 प्रतिषेध ना. २. कुनै कुरामा रोक लगाउने काम, निषेध, मनाही।
58550 प्रतिषेध ना. ३. कुनै कुरालाई हटाउने काम निवारण।