Dictionary

All Word

58351 प्रतिनिधि ना. कुनै व्यक्तिले गर्नुपर्ने काम गर्न सो कामसँग सम्बन्धित व्यक्तिका तर्फबाट नियुक्त अर्को आधिकारिक व्यक्ति, अर्काले गर्नुपर्ने कामकुराको आधिकारिक अभिभारा लिने व्यक्ति; वारिस, वारेस गुमस्ता।
58352 प्रतिनिधि ना. २. कुनै वर्ग, समाज वा स्थानविशेषका जनताले आफ्ना सट्टामा काम गर्न वा राय दिन चुनेर वा विश्वास गरेर पठाएको व्यक्ति।
58353 प्रतिनिधितन्त्र ना. जनप्रतिनिधिमार्फत चल्ने राज्यव्यवस्था।
58354 प्रतिनिधितन्त्रात्मक/ तान्त्रिक वि. प्रतिनिधितन्त्रको प्रतिनिधितन्त्र भएको।
58355 प्रतिनिधित्व ना. प्रतिनिधिको कार्य, अधिकार वा कर्तव्य।
58356 प्रतिनिधि पत्र ना. कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर राय दिन वा काम गर्न लेखिदिएको अधिकारपत्र।
58357 प्रतिनिधि पत्र ना. २. कुनै कामकुरो गर्नाका निम्ति कुनै व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागत, वारिसनामा।
58358 प्रतिनिधि मण्डल ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थि भएर काम गर्न कसैका तर्फबाट पठाइएका प्रतिनिधिहरूको समूह।
58359 प्रतिनिधि सत्ता ना. प्रतिनिधितन्त्र।
58360 प्रतिनिधि सत्तात्मक ना. प्रतिनिधितन्त्रात्मक प्रतिनिधितान्त्रिक।
58361 प्रतिनिधि सभा ना. जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा, जनप्रतिनिधिहरूको सभा।
58362 प्रतिनिधि सभा ना. २. संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन, जनप्रतिनिधिहरूबाट बनेको सभा, निम्न सदन।
58363 प्रतिनियम- ना. सामान्य नियमलाई काट्ने विशेष नियम; अपवादको नियम।
58364 प्रतिनियम- ना. क्रि.वि. २. हरेक नियम; प्रत्येक नियम; हरेक नियममा नियमैपिच्छे।
58365 प्रतिनियुक्त वि. . प्रतिनिधि वा अधीनस्थ कर्मचारीका रूपमा नियुक्त गरिएको वा पठाइएको।
58366 प्रतिनियुक्त वि. २. एउटाका बदलामा अर्को नियुक्त भएको।
58367 प्रतिनियुक्ति ना. कसैलाई प्रतिनियुक्त गर्ने काम।
58368 प्रतिनियुक्ति ना. २. सट्टाभर्नाको नियुक्ति।
58369 प्रतिपक्ष ना. कसैसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने अर्को पक्ष विरोधी पक्ष, विपक्ष।
58370 प्रतिपक्ष ना. २. शत्रु।
58371 प्रतिपक्ष ना. ३. प्रतिवादी।
58372 प्रतिपक्षता ना. प्रतिपक्ष हुनाको भाव वा अवस्था, विरोध।
58373 प्रतिपक्ष नेता ना. दलगत शासनप्रणाली भएका देशमा प्रतिनिधिसभामा सरकारका नीति, कार्यक्रम आदिको विरोध गर्ने नेता प्रतिपक्षी नेता; विरोधी नेता।
58374 प्रतिपक्षी वि. आफूसँग शत्रुतापूर्ण सम्बन्ध राख्ने पक्षको विरोधी पक्षको शत्रुपक्षको विरोधी, प्रतिद्वन्द्वी।
58375 प्रतिपत्र ना. राष्ट्र ब्याङ्कले अर्को ब्याङ्कका नाममा लेखेको, फलानाको यति रुपियाँले खामेको चेक, ड्राफ्ट वा हुन्डी आदि स्वीकार गर्नू भनी लेखेको पत्र।
58376 प्रतिपत्रक ना. कसैलाई दिइएको वा पठाइएको (दोस्रो) टुक्राको प्रतिलिपि वा सङ्क्षिप्त विवरण भएको चेकको किताब, चलानबही, रसिद ही आदिमा नत्थी भएको टुक्रा।
58377 प्रतिपद क्रि.वि. पाइलापाइलामा हरेक पाइलामा, पाइलैपिच्छे।
58378 प्रतिपद क्रि.वि. २. पदपदमा हरेक पदमा।
58379 प्रतिपद क्रि.वि. ३. शब्दशब्दमा; शब्दै पिच्छे।
58380 प्रतिपदा ना. शुक्ल वा कृष्णपक्षको पहिलो तिथि, अमावास्या वा पूर्णिमापछि लगत्तै आउने तिथि, परेवा।
58381 प्रतिपरीक्षण ना. अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदि बयान दिँदा बयान साँचो, झुटो के कसो हो, र केही वास्तविक कुरा लुकाइएको छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बाङ्गाटिङ्गा प्रश्न गर्ने काम एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम।
58382 प्रतिपादक वि. कुनै विषय, सिद्धान्त आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने, राम्रोसित बुझाएर भन्ने सम्झाउने, खुलस्त पार्ने।
58383 प्रतिपादक वि. २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने वा पत्ता लगाउने; निरूपण गर्ने।
58384 प्रतिपादक वि. ना. ३. त्यसरी व्याख्या गर्ने, भन्ने, खुलस्त पार्ने, खोज्ने, पत्ता लगाउने वा निरूपण गर्ने व्यक्ति।
58385 प्रतिपादन ना. कुनै विषय, सिद्धान्त, नियम आदिलाई स्पष्टताका साथ व्याख्या गर्ने वा उपपत्तिसहित स्थापना गर्ने काम राम्रोसित बुझाएर भन्ने, सम्झाउने वा खुलस्त पार्ने काम।
58386 प्रतिपादन ना. २. नयाँ विषय वा सिद्धान्तलाई खोज्ने, पत्ता लगाउने काम, निरूपण गर्ने काम।
58387 प्रतिपादयिता वि. प्रतिपादन गर्ने प्रतिपादक।
58388 प्रतिपादित वि. प्रतिपादन गरिएको ( विषय, सिद्धान्त आदि)।
58389 प्रतिपाद्य वि. प्रतिपादन गर्नुपर्ने प्रतिपादन गर्न लायक, प्रतिपादन गर्न योग्य।
58390 प्रतिपालक वि. कसैको पालनपोषण गर्ने, हेरचाह गर्ने; प्रतिपालन गर्ने, पालक, रक्षक।
58391 प्रतिपालक वि. ना. २. पालन वा रक्षण गर्ने व्यक्ति।
58392 प्रतिपालक अधिकरण ना. अल्पवयस्क वा अयोग्य व्यक्तिका सम्पत्तिको प्रबन्ध र रक्षा गर्ने सरकारी विभाग।
58393 प्रतिपालन/प्रतिपालना ना. पालनपोषण गर्ने काम, हेरविचार गर्ने काम रक्षा गर्ने काम, पालनपोषण, संरक्षण, लालनपालन।
58394 प्रतिपालनीय वि. प्रतिपालन गर्न लायक प्रतिपालन गर्नुपर्ने, पाल्नुपर्ने, पालन गर्नुपर्ने, रक्षा गर्नुपर्ने।
58395 प्रतिपालित वि. प्रतिपालन गरिएको; पालनपोषण गरिएको; रक्षि।
58396 प्रतिपुरुष ना. कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति, नियमपूर्वक कसैको प्रतिनिधित्व गर्ने व्यक्ति।
58397 प्रतिपुरुष ना. २. वारेस गुमस्ता, एजेन्ट।
58398 प्रतिप्रभाव ना. एक देशको अर्कोमा वा एक व्यक्तिको अर्कोमा पर्ने पारस्परिक प्रभाव, एउटामा पर्ने अर्काको प्रभाव।
58399 प्रतिप्रभाव ना. २. पछिल्लो पुस्ताका व्यक्तिबाट अगिल्लो पुस्ताका व्यक्तिमा परेको प्रभाव वा असर।
58400 प्रतिप्रश्न ना. प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न, कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न, प्रश्न सोध्ने व्यक्तिलाई उल्टै प्रश्न सोध्ने काम।