Dictionary

All Word

58301 प्रतिगामी वि. उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने, विपरीत दिशातिर जाने।
58302 प्रतिगामी वि. २. उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने प्रतिक्रियावादी।
58303 प्रतिगामी तत्त्व ना. प्रतिक्रियावादी तत्त्व।
58304 प्रतिग्रह / प्रतिग्रहण ना. कसैद्वारा धर्मार्थ दिइएको वस्तु दानस्वरूप दिइएको वस्तु।
58305 प्रतिग्रह / प्रतिग्रहण ना. २. अर्काले दिएको वस्तु ग्रहण गर्ने काम दान लिने काम।
58306 प्रतिग्रह / प्रतिग्रहण ना. ३. दान।
58307 प्रतिग्रही/ प्रतिग्राहक / प्रतिग्राही वि. / ना. प्रतिग्रहण गर्ने व्यक्ति।
58308 प्रतिघात ना. कसैले गरेको घातको बदलामा गरिने आघात, कसैले आफूलाई प्रहार गरेमा बदलामा गरिने प्रहार, प्रत्याघा।
58309 प्रतिघातक / प्रतिघाती वि. प्रतिघात गर्ने।
58310 प्रतिचालन ना. बदलामा कुनै कुराको परिचालन गर्ने काम।
58311 प्रतिचालन ना. २. कुनै कुराको बारबार परिचालन गर्ने काम।
58312 प्रतिचालित वि. बदलामा परिचालन गरिएको।
58313 प्रतिचालित वि. २. बारबार परिचालन गरिएको।
58314 प्रतिचिन्तन ना. बारबार गरिएको चिन्तन, बारबार सोच्ने काम।
58315 प्रतिचिन्तन ना. २. बदलामा गरिएको चिन्तन।
58316 प्रतिच्छवि ना. प्रतिबिम्ब, छाया।
58317 प्रतिच्छवि ना. २. चित्र, तस्बिर।
58318 प्रतिच्छाया ना. प्रतिबिम्ब।
58319 प्रतिच्छाया ना. २. प्रतिमा प्रतिकृति; मूर्ति।
58320 प्रतिजीवी ना. / वि. शरीरमा अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवाणु वा रोगाणुहरूलाई मार्न सक्ने गरी बनाइएको (औषधी) ; एन्टिबायोटिक।
58321 प्रतिज्ञा ना. कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट, कुनै काम कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प, कुनै काम कुरा गर्न वा नगर्न दिइएको वचन, दृढ निश्चय, बोलकबुल, कबुल, कसम, किरिया ; शपथ, प्रण।
58322 प्रतिज्ञापत्र ना. काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत, प्रतिज्ञापूर्ण कागत कबुलियतनामा।
58323 प्रतिज्ञापत्र मुद्रा ना. कुनै निश्चित व्यक्तिलाई वा पत्रवाहकलाई, तोकिएको तिथिमा तोकिएको रकम दिउँला भनी कुनै व्यक्ति वा संस्थाका तर्फबाट लेखिएको पत्र, वचनपत्र, कबुलपत्र।
58324 प्रतिज्ञापन ना. सोधिएपछि वा विशेष रूपले दिइएको जानकारी।
58325 प्रतिज्ञापालन ना. आफूले गरेको प्रतिज्ञा पालन गर्ने काम वचन पूरा गर्ने काम; बोलकबुलको पालना।
58326 प्रतिज्ञाभङ्ग ना. प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम।
58327 प्रतिज्ञाभङ्ग ना. वि. २. प्रतिज्ञाबाट झरेको, प्रतिज्ञा भङ्ग भएको, प्रतिज्ञाच्युत (व्यक्ति)।
58328 प्रतितुलना ना. कुनै दुई कुराका बिचमा फरक, असमानता वा अन्तर देखाई तिनलाई दाँज्ने काम, भिन्नतामूलक तुलना, व्यतिरेकी तुलना।
58329 प्रतिदान ना. आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम।
58330 प्रतिदान ना. २. कसैले राख्न दिएको वा कसैबाट ल्याइएको वस्तु बिग्रन भाँचिन गएमा त्यसको बदलामा अर्को वस्तु दिने काम सट्टाभर्ना दिने काम सट्टाभर्ना।
58331 प्रतिदाबी ना. कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुऱ्याएर फेरि अर्काले गरेको दाबी।
58332 प्रतिदिन क्रि.वि. हरेक दिन प्रत्येक दिन दिनदिनै दिनहुँ।
58333 प्रतिद्वन्द्व ना. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा।
58334 प्रतिद्वन्द्व ना. २. प्रतिद्वन्द्वीको पक्ष, विरोधी भाव।
58335 प्रतिद्वन्द्व ना. ३. सङ्घर्ष, टक्कर, विरोध भिडन्।
58336 प्रतिद्वन्द्विता ना. शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा।
58337 प्रतिद्वन्द्विता ना. २. कुनै काम कुरामा सफलता हासिल गर्न दुई व्यक्तिका बिचको होडबाजी, प्रतियोगिता।
58338 प्रतिद्वन्द्विता ना. ३. प्रतिद्वन्द्वी हुनाको भाव प्रतिद्वन्द्व।
58339 प्रतिद्वन्द्वी वि. आमुन्नेसामुन्ने भएर परस्पर मिडिने परस्पर मुकाबिला गर्ने, प्रतिस्पर्धी।
58340 प्रतिद्वन्द्वी वि. २. विपक्षी, विरोधी।
58341 प्रतिधारा ना. साहित्य, राजनीति, दर्शन आदिका क्षेत्रमा प्रचलित कुनै विचार, मान्यता आदिका बदलामा चलेको अर्को विचार वा मान्यता।
58342 प्रतिधारा ना. २. एउटा धाराको बदलामा चलेको अर्को धारा।
58343 प्रतिध्रुव ना. एउटा ध्रुवको विपरीत अर्को ध्रुव।
58344 प्रतिध्वनन ना. प्रतिध्वनित हुने क्रिया, गुँजाइ वा घन्काइ।
58345 प्रतिध्वनि ना. ध्वनि - उत्पत्तिस्थानबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज, टाढासम्म पुगी फर्केर आएको ध्वनि, प्रतिशब्द, गुञ्जन, गुँजाइ।
58346 प्रतिध्वनि ना. २. आवाज घन्कने किसिम, क्रिया वा भाव, घन्काइ।
58347 प्रतिनति ना. मोडदार पहाडको माथितिर मोडिएको भाग; अपन।
58348 प्रतिनाद ना. प्रतिध्वनि, गुँजाइ घन्काइ।
58349 प्रतिनादित वि. गुँजिएको घन्किएको।
58350 प्रतिनायक ना. नाटक वा काव्यमा मुख्य नायकको प्रतिद्वन्द्वी पात्र प्रतिद्वन्द्वी नायक, खलनायक।