Dictionary

All Word

58201 प्रणयकलह ना. २. मित्र एकअर्कामा प्रेम हुँदाहुँदै पनि बाहिरबाट गरिने झगडा।
58202 प्रणयकोप ना. प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा देखा पर्ने बनावटी रिस, बाहिरी रिस।
58203 प्रणयन वि. कुनै कुराको रचना, निर्माण।
58204 प्रणयन वि. २. कुनै कुरा लैजाने क्रिया।
58205 प्रणयन वि. 3. साहित्यिक ग्रन्थ, काव्य, लेख आदिको प्रस्तुति वा लेखन।
58206 प्रणयपुतली ना. प्रेमले गर्दा पुतली जस्तै व्यवहार गरिएकी नारी, प्रेमकी पुतली।
58207 प्रणयपुतली ना. २. प्रेमिका, मायालु।
58208 प्रणयभङ्ग ना. नायक र नायिकाको प्रेमको टुटाइ प्रीतिभङ्ग।
58209 प्रणयभङ्ग ना. २. विश्वासघा।
58210 प्रणयभिक्षा ना. नायक वा नायिकामध्ये कुनै एकले अर्कासँग प्रेम गर्न गरेको अनुरोध।
58211 प्रणयसुख ना. प्रेमी र प्रेमिकाबिचको प्रेमको सुख, प्रेमबाट पाइने सुख, प्रणयानन्द।
58212 प्रणयिता ना. बिहे गरेर लाने पति प्रेमी, प्रणयी।
58213 प्रणयिता ना. २. प्रणय।
58214 प्रणयिनी वि. / ना. कसैलाई प्रेम गर्ने (स्त्री); प्रेमिका; कान्ता प्यारी।
58215 प्रणयिनी वि. / ना. २. प्रेमको चाहना गर्ने (स्त्री); प्रेमका लागि निवेदन गर्ने (स्त्री)।
58216 प्रणयी वि. प्रेम गर्ने प्रेमी; अनुरागी।
58217 प्रणयी वि. २. प्रेमको चाहना गर्ने, प्रेमाकाङ्क्षी।
58218 प्रणयी वि. ३. प्रणययुक्त, प्रणयशील।
58219 प्रणयी वि. ना. ४. प्रेम गर्ने व्यक्ति; प्रेमी।
58220 प्रणयी वि. ५. लोग्ने पति।
58221 प्रणव ना. ॐ कार, अध्वनि।
58222 प्रणव ना. २. परमेश्वर।
58223 प्रणाम ना. निहुरेर वा झुकेर नमस्कार गर्ने क्रिया, नमस्ते गर्ने काम नमस्कार।
58224 प्रणामाञ्जलि ना. प्रणाम गर्नका निम्ति दुई हातका पन्जा जोडेर गरिने प्रणाम करबद्ध प्रणाम।
58225 प्रणामी ना. सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय।
58226 प्रणामी ना. वि. २. प्रणाम गर्ने।
58227 प्रणाली ना. ठुलठुला दुई जलमार्गलाई जोड्ने सानो जलस्रो।
58228 प्रणाली ना. २. कुनै काम गर्ने विधि, पद्धति, रीति, तरिका।
58229 प्रणाली ना. ३. परम्परा; प्रथा।
58230 प्रणीत वि. बनाइएको वा रचिएको रचित; निर्मि।
58231 प्रणेता ना. पुस्तक लेख्ने व्यक्ति, ग्रन्थको रचना गर्ने व्यक्ति, लेखक, रचयिता।
58232 प्रणेता ना. २. कुनै वस्तु वा कुरा बनाउने व्यक्ति, निर्माता।
58233 प्रणेता ना. ३. कुनै सिद्धान्त वा मतको प्रवर्तक, आविष्कारक।
58234 प्रताडक वि. ताडना दिने वा ठटाउने, पिट्ने (व्यक्ति)।
58235 प्रताडक वि. ना. २. ताडना दिने व्यक्ति पिट्ने व्यक्ति।
58236 प्रताडक वि. ३. कष्ट वा पीडा दिने व्यक्ति, वस्तु वा घटना।
58237 प्रताडन / प्रताडना ना. पिटाइ, ताडना।
58238 प्रताडन / प्रताडना ना. २. कष्ट, पीडा।
58239 प्रताडित वि. पिटिएको, चुटिएको।
58240 प्रताडित वि. २. गोता पाएको।
58241 प्रतान ना. कुनै लहरा आदिमा निस्कने नङ्ग्रा।
58242 प्रताप ना. आफ्ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता।
58243 प्रताप ना. २. राजा वा शक्तिशाली व्यक्तिको प्रभुत्व वा सामर्थ्यबाट उत्पन्न तेज।
58244 प्रताप ना. ३. पुरुषार्थ, पौरख, वीरता।
58245 प्रताप मल्ल ना. . विक्रमको सत्रौं शताब्दीमा काठमाडौँमा शासन गर्ने विद्या र कलाप्रेमी एक प्रसिद्ध कवि राजा।
58246 प्रताप मल्ल ना. (काठमाडौंको प्रसिद्ध रानीपोखरी यिनैले बनाएका हुन्)।
58247 प्रतापवान् वि. प्रतापी।
58248 प्रतापसिंह शाह ना. वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बस्ने र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय दोसा राजा।
58249 प्रतापी वि. प्रशस्त शक्ति र सामर्थ्य भएको, ठुलो प्रताप भएको, प्रतापवान्।
58250 प्रतारक ना. ठग्ने व्यक्ति ठग।