Dictionary

All Word

58051 प्रगल्भा ना. प्रगल्भ स्वभावकी नारी।
58052 प्रगल्भा ना. २. नायकसँग नधकाउने प्रौढा नायिका साहित्यका अनुसार नायिकाको एक भेद।
58053 प्रगल्भत वि. मौकाअनुसार गरिएको।
58054 प्रगल्भत वि. २. धक नराखी बोलिएको।
58055 प्रगल्भत वि. ३. अवसरवादी वा बोलक्कडमा परिण।
58056 प्रगल्भत वि. ४. चखे।
58057 प्रगाढ वि. ज्यादै गहिरो; गहन; गम्भीर।
58058 प्रगाढ वि. २. अतिशय धेरै, निकै।
58059 प्रगाढ वि. ३. कसिएको; मसक्क पारिएको (आलिङ्गन)।
58060 प्रगीत ना. मूलतः भावनानुकूल लयमा निजी अनुभूतिको अभिव्यक्ति रहने तथा गीतकारको विशिष्ट व्यक्तित्व प्रकट हुने गी।
58061 प्रगीत ना. २. गीत गाना।
58062 प्रगीतकाव्य ना. कविको आत्मानुभूतिले पूर्ण, सङ्गीतात्मक वा गेयात्मक तत्त्व ले युक्त, उक्त प्रकारको काव्य, गेय काव्य।
58063 प्रगुण ना. राम्रो गुण भएको, गुणवान् गुणी।
58064 प्रगुण ना. २. राम्रो र लाभदायक।
58065 प्रगुण ना. ३. होसियार, चतुर।
58066 प्रगुण ना. ना. ४. परिश्रम तथा प्रयत्नपूर्वक आर्जिने कुनै गुण वा विशिष्टता, निपुणता, दक्षता।
58067 प्रगुण अर्गल ना. नियमानुसार कुनै सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि पराकाष्ठामा पुग्ने प्रणाली, दक्षता - अर्गल (एफिसियन्सी- बार )।
58068 प्रगुणता ना. राम्रो गुण हुने स्थिति, अवस्था वा क्षमता।
58069 प्रघटक ना. निया वा सिद्धान्।
58070 प्रघटक ना. २. आदेश।
58071 प्रघटक ना. ३. घटक।
58072 प्रघट्टक ना. अनुच्छेद।
58073 प्रघट्टक ना. २. प्रघटक।
58074 प्रघर्षण ना. विशेष प्रकारको घर्षण।
58075 प्रघर्षण ना. २. रगेडाइ, घोटाइ।
58076 प्रघर्षण ना. ३. घँगारुको बोट।
58077 प्रघर्षित वि. घर्षण भएको घोटिएको।
58078 प्रचण्ड वि. ज्यादै चर्को स्वभावको ज्यादै मापाको ज्यादै खरो।
58079 प्रचण्ड वि. २. कसैदेखि नदब्ने; नडराउने, साहसी, आँटिलो।
58080 प्रचण्ड वि. ३. सहन मुस्किल पर्ने, असत्य, दुःसह।
58081 प्रचलन ना. चलाइ गति; हिँडाइ।
58082 प्रचलन ना. २. चालचलन, चलन।
58083 प्रचलित वि. प्रचलनमा रहेको वा आएको चलनचल्तीको ( नाप, तौल, नियम, मान्यता इ.)।
58084 प्रचलित नेपाल कानुन ना. नेपालमा हाल चलनचल्तीमा रहेको ऐनकानुन।
58085 प्रचार- ना. कुनै वस्तु वा कुरालाई कुनै उपायले निरन्तर वा व्यापक रूपमा फैलाउने क्रिया, कुनै कुरालाई बराबर उपयोग वा व्यवहारमा ल्याउने काम।
58086 प्रचार- ना. २. कुनै विचार, सिद्धान्त वा उल्लेखनीय समाचार आदिबारे विज्ञापन, पोस्टर, लेख आदिका माध्यमले सर्वसाधारणलाई जानकारी दिन गरिने कार्य।
58087 प्रचार- ना. 3. उपर्युक्त आधारमा लोकप्रिय बनाउनका निम्ति प्रचारित गरिने कुनै पनि कुरो।
58088 प्रचार- ना. ४. प्रसिद्धि।
58089 प्रचारक वि. प्रचार गर्ने, फैलाउने।
58090 प्रचारण ना. कुनै वस्तु वा कुराको प्रचार गर्ने क्रिया वा भाव।
58091 प्रचारणीय वि. प्रचार गर्नुपर्ने, प्रचार गर्न लायक।
58092 प्रचारिणी वि. कुनै कुरा वा भाषा, संस्कृति आदिको प्रचार गर्ने ( आदि)।
58093 प्रचारित वि. प्रचार गरिएको, कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको।
58094 प्रचारी वि. प्रचारक।
58095 प्रचालक वि. १. प्रचलनमा ल्याउने (व्यक्ति)।
58096 प्रचालक वि. २. चलाउने, चालित गर्ने।
58097 प्रचालक वि. ना. ३. चालक (ड्राइभर, बैलवान, सारथि आदि)।
58098 प्रचुर वि. प्रशस्त, पर्याप्त पौल, मनग्य थुप्रो, औलदौल।
58099 प्रचुरता ना. प्रचुर हुनाको भाव; पर्याप्तता; पौल।
58100 प्रचेष्टा ना. कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा विशेष प्रयास।