Dictionary

All Word

57901 प्रकार ना. २. ढग, काइदा, किसिम।
57902 प्रकारान्तर ना. एक प्रकारको अर्कोद्वारा स्थानान्तरण, प्रकारको हालसाबिकी, अर्को किसिम।
57903 प्रकारार्थी वि. भिन्न-भिन्न किसिमका विजातीय कुरालाई बुझाउने, अनेक विजातीय कुरालाई बुझाउन प्रयोग गरिने किसिम वा प्रकारको अर्थ दिने (शब्द)।
57904 प्रकाश ना. बलेको वा उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु आँखासामुन्ने प्रत्यक्ष गराउने, उज्यालो वस्तुबाट निस्कने तेज, आलोक, ज्योति, उज्यालो।
57905 प्रकाश ना. २. घाम, जून।
57906 प्रकाश ना. 3. लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया; निस्कने वा देखिने क्रिया।
57907 प्रकाश ना. ४. सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य।
57908 प्रकाश ऊर्जा ना. प्रकाशबाट प्राप्त हुने शक्ति, प्रकाशबाट निस्कने शक्ति।
57909 प्रकाश एकाइ ना. प्रकाशको नापका निम्ति निर्धारित गरिएको न्यूनतम पूर्ण खण्ड, प्रकाशको सानो अंश।
57910 प्रकाशक वि. उज्यालो बनाउने; प्रकाश दिने।
57911 प्रकाशक वि. २. लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने।
57912 प्रकाशक वि. ३. पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने प्रकाशित गर्ने ना. ४. पुस्तक छाप्ने व्यक्ति वा संस्था।
57913 प्रकाशकीय वि. प्रकाशकसम्बन्धी, प्रकाशकको प्रकाशकमा हुने।
57914 प्रकाशकीय वि. ना. २. कुनै पुस्तक वा पत्रपत्रिका आदिमा प्रकाशकका तर्फबाट दिइएको वक्तव्य, लेख वा भूमिका, प्रकाशकको मन्तव्य।
57915 प्रकाश चित्रण ना. प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशको सहायता लिएर गरिने चित्रण।
57916 प्रकाशन ना. बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम।
57917 प्रकाशन ना. २. गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम।
57918 प्रकाशन ना. ३. पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम, छपाउने काम छपाइ।
57919 प्रकाशन ना. ४. कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि।
57920 प्रकाशन ना. ५. सर्वसाधारणलाई जानकारी दिने काम, सूचना, विज्ञापन।
57921 प्रकाश वर्ष ना. कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष, किताब आदि छपाइएको वर्ष।
57922 प्रकाश स्वतन्त्रता ना. यो यस्तो कुरा प्रकाशित गर्न वा छाप्न हुँदैन भन्ने बन्देजव्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने अधिकार प्रकाशनका निम्तिको स्वाधीनता।
57923 प्रकाशोन्मुख वि. प्रकाशन गर्न लागिएको, प्रकाशनका क्रममा समावेश भएको, छपाउन खोजिएको ( पुस्तक, पत्रपत्रिका आदि)।
57924 प्रकाशमान वि. चम्किरहेको, प्रकाशले युक्त भएको, प्रकाशवान्।
57925 प्रकाशमान वि. २. चारैतिर नाम फैलिएको, प्रसिद्ध, विख्या।
57926 प्रकाश मापक ना. प्रकाशको परिमाण नाप्ने साधन, प्रकाश नाप्ने उपकरण।
57927 प्रकाश मापक ना. २. प्रकाश नाप्ने तत्त्व (समय, दुरी इ.)।
57928 प्रकाश वर्ष ना. . एक सेकेन्डमा तीन लाख किलोमिटर दुरी दगुर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दुरी, प्रकाशले १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै समय लगाएर हिँड्ने दुरी।
57929 प्रकाश वर्ष ना. २. १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै लामो समयावधि।
57930 प्रकाश स्तम्भ ना. सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो आलोकस्तम्भ (ल्याम्पपोस्ट)।
57931 प्रकाशात्मक वि. प्रकाश भएको; चहकिलो; तेजिलो।
57932 प्रकाशार्थी वि. प्रकाश चाहने, उज्यालो खोज्ने।
57933 प्रकाशार्थी वि. २. प्रकाशन गराउन चाहने, छपाउन चाहने।
57934 प्रकाशित- वि. उज्यालो पारिएको, प्रकाशयुक्त बनाइएको।
57935 प्रकाशित- वि. २. प्रकाशयुक्त; चहकिलो।
57936 प्रकाशित- वि. ३. लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको, प्रकट गरिएको।
57937 प्रकाशित- वि. ४. छपाएर जनताका सामु ल्याइएको, छपाइएको (पुस्तक - पुस्तिका, पत्रिका आदि)।
57938 प्रकाश्य वि. प्रकाशित गर्न योग्य नरहेको, उदाङ्गो।
57939 प्रकाश्य वि. पत्र- प्रकाशन- योग्य।
57940 प्रकाश्य वि. २. गोप्य।
57941 प्रकीर्ण वि. यताउता छरिएको, छिरोलिएको; व्यवस्थित नभएको; सिलसिला नमिलेको।
57942 प्रकीर्ण वि. २. यताउतिबाट ल्याएर नमिलाईकन थुपारिएको।
57943 प्रकीर्णक ना. साना-साना वस्तुहरूको सङ्ग्रह, फुटकर वस्तुहरूको सङ्ग्रह।
57944 प्रकीर्ण लेख ना. सानातिना आम्दानीखर्चको हिसाब, फुटकर आयव्ययको हिसाब; मुख्य स्याहासेस्तामा नचढाइएको वा टिपिएको फुटकर हिसाब।
57945 प्रकुपित वि. ज्यादै रिसाएको; अति कुपित; क्रुद्ध।
57946 प्रकृत वि. आरम्भ गरिएको, सुरु गरिएको, थालिएको।
57947 प्रकृत वि. २. प्रसङ्गमा आएको चर्चा भइरहेको प्रस्तु।
57948 प्रकृत वि. ३. नैसर्गिक, स्वाभाविक।
57949 प्रकृतवाद ना. उन्नाइसौं शताब्दीको उत्तरार्धपछि युरोपको साहित्यमा चलेको यथार्थवादी आन्दोलनको एक शाखा।
57950 प्रकृतवादी वि. प्रकृतवादको अनुयायी।