Dictionary

All Word

57751 पौर्णमास वि. पूर्णिमासम्बन्धी, पूर्णिमाको।
57752 पौर्णमास वि. ना. २. अग्निहोत्रहरूद्वारा पूर्णिमाको दिन गरिने एक प्रकारको यज्ञ।
57753 पौर्णमास वि. ३. पूर्णिमा।
57754 पौर्णमासिक वि. पूर्णिमाको पूर्णिमासम्बन्धी।
57755 पौर्णमासिक वि. २. पूर्णिमाका दिनमा हुने (पूजा, व्रत आदि)।
57756 पौर्णमासी ना. पूर्णिमा।
57757 पौर्णमास्य ना. पौर्णमासिक यज्ञ।
57758 पौर्वात्य वि. पूर्व दिशाको पूर्वीय।
57759 पौर्वापर्य ना. पहिलेको अगाडि र पछिको पछाडि रहने क्रम।
57760 पौर्वापर्य ना. २. अगाडि र पछाडिकोमा हुने सम्बन्ध।
57761 पौर्वापर्य ना. ३. पूर्वापरको भाव वा अवस्था।
57762 पौरी ना. हे. पौडी।
57763 पौल / पौलो वि. छेलोखेलो प्रचुर मनग्य, प्रशस्।
57764 पौल / पौलो वि. ना. २. प्रशस्तता; प्रचुरता, पर्याप्तता।
57765 पौलो ना. ठेका, गाग्रा आदिमा प्वाल परेमा बन्द गर्न प्रयोग गरिने काठको टुक्रो वा बुजो भाँडाको मुख वा छिद्र थुन्ने ठेडी।
57766 पौवा ना. खाट, टौवा, ठाँटी, चौकी आदिको खुट्टा।
57767 पौवा ना. बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी, पानीयशाला पौशाला।
57768 पौवा ना. २. ठाँटी, टहरो धर्मशाला।
57769 पौवाली ना. पौवाको हेरविचार वा संरक्षण गर्ने व्यक्ति; पौशालाको रक्षक।
57770 पौवाली ना. २. पौवा वा त्यसका छेउछाउमा बास गर्ने व्यक्ति।
57771 पौशाला ना. पानीघर, पानीशाला; पंदेरे घर, छाप्रे कुवा।
57772 पौष ना. सौर मासअनुसार मङ्सिर र माघका बिचमा पर्ने महिना, पुस।
57773 पौषी वि. पौष महिनामा पर्ने।
57774 पौषी वि. २. पौषसम्बन्धी, पुसको।
57775 पौष्टिक वि. शरीरलाई मोटो, बलियो बनाउने; पुष्टिकारक, शक्तिवर्धक।
57776 पौष्टिक वि. ना. २. पुष्ट पार्ने काम, पुष्टिकारक कर्म।
57777 प्याँ क्रि.वि. सनही आदि बाजा बजाउँदाको झैं शब्द निस्कने गरी (प्राय केटा-केटीका रुवाइका अनुकरणमा प्रयोग हुने )।
57778 प्याँप्याँ ना. बाजा ( बालबोलीमा)।
57779 प्याँप्याँ ना. क्रि.वि. २. लगातार प्याँ ध्वनि उत्पन्न गरेर।
57780 प्याइ- ना. प्युने क्रिया वा प्रक्रिया, पिया।
57781 प्याइनु अ.क्रि. प्याउने होइन।
57782 प्याइनु अ.क्रि. क.क्रि. २. पियाइनु।
57783 प्याउनु प्रे. क्रि. पियाउनु।
57784 प्याउरी ना. प्याउप्याउ गरेर कराउने एक जातको पक्षी।
57785 प्याउली ना. साधारण, दाँती नपरेका पात हुने, पहेँलो फूल फुल्ने बुटो वा त्यसैको फूल।
57786 प्याउली ना. (उदा. एक्लो कोमल प्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ। - माधव घिमिरे, राजेश्वरी)।
57787 प्याउलो वि. पिलन्धरे।
57788 प्याउलो वि. २. लाडिने स्वभावको, पुलपुलिएको; लाडे।
57789 प्याउलो वि. ना. ३. पुलपुल्याउने नीति।
57790 प्याउलो वि. [ सं . पानगृह ] ४. गर्मीमा बटुवाहरूलाई पानी, सर्बत आदि सित्तैमा खुवाउने ठाउँ।
57791 प्याक ना. कुनै वस्तु वा मालताल आदिलाई अन्यत्र कहीं पठाउन वा सुरक्षासाथ राख्नका निम्ति भाँडोमा हाली बन्द गर्ने काम।
57792 प्याकप्याक क्रि.वि. मर्ने बेलामा मुख बाउने गरी।
57793 प्याकप्याक क्रि.वि. २. खान नपाएर मर्ने स्थितिमा पुग्ने किसिमले।
57794 प्याकप्याक क्रि.वि. ३. कुनै वस्तुको खाँचो भएर गाह्रो साँगुरो पैदा हुने गरी।
57795 प्याकप्याक क्रि.वि. वि. ४. त्यसरी मुख बाएको, मरेको वा खाँचो परेको।
57796 प्याकप्याक क्रि.वि. ना. ५. त्यसरी बाउने, मर्ने वा खाँचो पर्ने क्रियाप्रक्रिया।
57797 प्याकप्याकती/ प्याकप्याकी क्रि.वि. अझै प्याकप्याक हुने गरी।
57798 प्याकिस ना. कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम।
57799 प्याकिस ना. २. कुनै व्यक्तिलाई बाहिर निस्कन नदिई थुनामा राख्ने काम।
57800 प्याकिस ना. वि. ३ थुनामा राखिएको थन्क्याइएको जकड बन्द।