Dictionary

All Word

57601 पोलाइनु क.क्रि. पोलिने तुल्याइनु।
57602 पोलाउनु प्रे. क्रि. पोल्न लाउनु।
57603 पोलाहट ना. पोलाइ।
57604 पोलाहा वि. अर्काको पोल लाउने, चुक्ली लाउने, चुक्लीखोर, छुल्याहा।
57605 पोलाहा वि. २. भए-नभएको कसुरमा अर्कालाई मुछ्ने स्वभावको, अर्काको उजुर गर्ने वा पोल लगाउने।
57606 पोलिनु क.क्रि. पोल्ने काम गरिनु।
57607 पोलिस्टर ना. सिन्थेटिक वा रबरजस्तो पग्लने तत्त्वमिश्रित धागोबाट तयार गरिएको कोट, पाइन्ट, कमिज आदिका निम्ति उपयोगी कपडा।
57608 पोलो ना. तिहुन, तरकारी आदि मिठो पार्न चामलसमेत मिसाई पिँधिएको मसला।
57609 पोलो ना. कामकाजको पिर।
57610 पोलो ना. २. चटारो।
57611 पोलो ना. अरिङ्गाल, माहुरी आदिले बनाएको गुँड वा गोलो।
57612 पोलो ना. हात्ती वा घोडामा चढेर खेलिने खेलविशेष।
57613 पोल्टिनु अ.क्रि. केही वस्तु पोल्टामा पर्नु।
57614 पोल्ट्री फार्म ना. कुखुरा, हाँस आदि घरपाला चरा पाल्ने ठाउँ।
57615 पोल्टो ना. केही पोको पार्ने काममा प्रयोग गरिने दौरा, पटुका आदिको फेरो।
57616 पोल्ट्याइ- ना. पोल्टिने किसिम, क्रिया वा भाव।
57617 पोल्ट्याइनु क.क्रि. पोल्टोमा हालिनु पोल्टोमा कुनै वस्तु भरिनु पोल्टो भरिनु।
57618 पोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. पोल्टामा हाल्नु, पोल्टो भर्नु वा भर्न लगाउनु।
57619 पोश ना. हे. पोस।
57620 पोष ना. पालन-पोषण गर्ने काम; पोस्ने काम; पोसाइ।
57621 पोष ना. २. पुष्टि, पुस्ट्याइँ।
57622 पोष ना. ३. तागत बढाउने वा पुष्ट बनाउने औषधी।
57623 पोष ना. ४. ताग।
57624 पोषक वि. पालनपोषण गर्ने, मोटो, बलियो बनाउने, पुष्ट बनाउने।
57625 पोषक वि. २. सहायता पुऱ्याउने, सहायक।
57626 पोषक वि. ना ३. आफूमा आश्रि जीवलाई पोसिलो पदार्थ प्रदान गर्ने प्राणी वा वनस्पति।
57627 पोषक द्रव्य ना. शरीरलाई मोटोघाटो बनाउने पदार्थ, पोसिलो पदार्।
57628 पोषण ना. स्वास्थ्यप्रद भोजन र अन्य सुखसुविधा प्रदान गरेर आनन्दपूर्वक जीवन बिताउन कसैलाई सहायता पुऱ्याउने काम, पालन गर्ने काम पोस्ने काम।
57629 पोषणविज्ञान ना. पोषण वा पौष्टिक तत्त्व सम्बन्धी कुराको अध्ययन गर्ने विज्ञान।
57630 पोषणाभाव ना. शरीरलाई मोटो, बलियो बनाउने पौष्टिक तत्त्व वा पौष्टिक भोजनको कमी।
57631 पोषणाभाव ना. २. त्यस्तो कमीले हुने रोग, कुपोषण।
57632 पोषित वि. पोषण गरिएको; पालिएको।
57633 पोषित वि. ना. २. पराश्रयी जीवजन्तुलाई सहारा दिई बचाउने जीव वा वनस्पति।
57634 पोष्य वि. पोषण गर्नुपर्ने, पोषण गर्न योग्य, पोषण गर्न लायक।
57635 पोष्य वि. २. पोस्न सकिने।
57636 पोष्यपुत्र ना. आफूबाट जन्मेको छोरो नभए पनि छोरासमान गरी पालनपोषण गरिएको व्यक्ति, धर्मपुत्र।
57637 पोष्यवर्ग ना. आफूले पालनपोषण गर्नुपर्ने मानिसहरूको समूह ( नोकरचाकर, छोराछोरी आदि)।
57638 पोस्नु स.क्रि. मन परेका व्यक्तिलाई धनमाल आदि खुब दिनु।
57639 पोस्नु स.क्रि. २. पालनपोषण गर्नु, पाल्नु।
57640 पोस्नु स.क्रि. ३. हृष्टपुष्ट पार्नु, मोटो, बलियो पार्नु।
57641 पोस ना. कुनै कुरा ढाक्न वा छोप्नका लागि प्रयोग गरिने लुगा, छाला आदिबाट बनेको वस्तु।
57642 पोस ना. ( जस्तो- शिरपोस, पाउस आदि)।
57643 पोस ना. पोष, पोषण।
57644 पोस ना. २. ताग।
57645 पोसाइ ना. पोस्ने क्रिया वा प्रक्रिया।
57646 पोसाइनु क.क्रि. पोस्न लाइनु, पोसिलो पारिनु।
57647 पोसाउनु प्रे. क्रि. पोस्न लाउनु, पोसिलो पार्नु।
57648 पोसाक ना. लुगा, पहिरन।
57649 पोसाक खाना ना. सैनिक र प्रहरीहरूका पोसाक राख्ने घर वा ठाउँ, पोसाक राख्ने घर।
57650 पोसाक घर ना. पोसाकखाना।